अर्घाखाँचीको सुपा देउराली मन्दीर नजिकै जिप दुर्घटना ३ को मृत्यु, ४ गम्भीर घाईते ।

Image may contain: one or more people, outdoor and nature


श्याम घिमिरे
असार १९ अर्घाखाँची –

अर्घाखाँचीमा बिहिबार बिहान जिप दुर्घटना हँुदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । मृत्युहुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ३ धारापानि घरभई हाल कृष्णनगर शिवपुर बस्ने वर्ष ५२ का सवारी चालक सुमन्त भुसाल र मालारानी गाउँपालीका ३ का ३७ वर्षीय रुद्रप्रसाद भुसाल रहेका छन् । यस्तै मृतक एकजनाको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

No photo description available.


कपिलबस्तुको कृष्णनगरबाट सन्धिखर्क आउदै गरेको कृष्णनगर यातायात द्धारा सन्चालीत लु १ ज १३२९ नम्बरको यात्रुबहाक सभारी जिप सड्कबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी खिमबहादुर घमले जानकारी दिए । उकालो बाटोमा गाडिको कन्डिसन खराब भई ब्याक हुँदा ब्रेक नलाग्दा दुर्घटना भएको घमले बताए । गाडिमा सबार ९ जना मध्ये ४ जना गम्भीर घाईतेलाई थप उपचारका लागि बुटवल पठाईएको सुचना अधिकारी घम जानकारी दिए ।

Image may contain: one or more people, plant, outdoor and nature