राष्ट्रिय वृक्षारोपण दिवस अर्घाखाँचीमा पनी बृक्षा रोपण गरी मनाईयो ।

गोपाल प्रसाद भट्टराई सन्धिखर्क एफएम असार १४ अर्घाखाँची –

जानकारी दिनुभएको छ देश ५ का सांसद चेतनारायण आचार्यले वातावरण जोगाउन वन संरक्षण र वृक्षारोपण आवश्यक रहेको बताएका छन् । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज सन्धिखर्क २ भलायडांडामा तेजपत्ताका बिरुवा रोप्दै सांसद आचार्यले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका हुन् । तीन वर्षभित्र फलफूलका ३ करोड करोड सहित देशभर ५ करोड विरुवा रोप्ने सरकारको लक्ष्य रहेको उहांले जानकारी दिनुभएको छ ।

प्रदेशकै अर्का सांसद रामजी प्रसाद घिमिरेले अर्घाखाँची जस्तो पहाडी जिल्लामा अत्यधिक सडकका कारण जमिन खुकुलो भएको भन्दै सचेत हुनुपर्ने बताउनुभएको छ । वातावरण विनाशबाट मानव जिवन संकटमा पर्ने भन्दै उहांले वातावरण जोगाउन वृक्षारोपणमा सरिक हुन सबैलाई आह्वान समेत गर्नुभएको छ ।

कार्यक्रममा सन्धिखर्क नगर उप–प्रमुख ठाकुर कुमार वि.क.ले शहरमा हरियाली बढाउन र वाताबरणलाई स्वच्छ बनाउन बृक्षारोपण अभियान थालिएको बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव प्रसाद शर्माले कार्यालयको तर्फबाट मन्तव्य राख्दै वनजंगल विनाशबाट खानेपानीको मुहान सुक्ने,खडेरी पर्ने जस्ता समस्याले मानवीय संकट उत्पन्न हुने भन्दै उनले वातावरण जोगाउन एक व्यक्ति एक विरुवा हुर्काउन आह्वान गर्नुभएको छ ।

सहायक वन अधिकृत शिला पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधि,विभिन्न तहका जनप्रतिनिधि,सरकारी एवम् ग्रैह सरकारी कार्यालयका कर्मचारी,नेपाली सेना,प्रहरी सहित सुरक्षा निकाय,सामुदायिक वनका उपभोक्ताहरु,स्थानिय वासिन्दा लगायतको उल्लेख्य सहभागितामा भलायडांडा पार पाखो सामुदायिक वनमा १७ सय ५० तेज पत्ताका विरुवा रोपिएको हाे । सरकारले हरेक बर्ष असार १४ लाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गर्दै वृक्षारोपण अभियान सुरु गरेको हो ।

सामुदायिक बिद्यालय तर्फ एसइइमा ज्ञान प्रकाश माबि जिल्ला प्रथम

बसन्त श्रेष्ठ ‘छापेली’ १४ असार २०७६ – सामुदायिक बिद्यालय तर्फ एसइइमा ज्ञान प्रकाश माबि डिभर्ना सल्लिकोट जिल्ला प्रथम भएको छ । २०७५ मा लिइएको एस.इ.इ परीक्षा मा जिल्लाका सामुदायिक बिद्यालय तर्फबाट जिल्ला प्रथम हुन सफल भएको हो । सो बिद्यालयका बिकाश बस्यालले ३.८५ जिपिए ल्याई जिल्ला प्रथम भएका छन ।

बस्यालसँगै अन्य पाँच जनाले “ए“ प्लस ग्रेड ल्याउन सफल भएको बिद्यालय प्रधानध्यापक सुर्यबहादुर खनालले जानकारी दिनुभयो । जसमा स्मृती खनाल, सन्ध्या श्रेष्ठ र अशोक श्रेष्ठले ३.७० र तारा कुवरले ३.६५ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै ३ जनाले “ए“ ग्रेडमा पास प्राचार्य खनालको भनाई छ ।

बिद्यार्थीहरुको उत्कृष्ट नतिजाले बिद्यालयको गरिमा अझ बढेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम बस्यालले बताउनुभयो । उहाँले बिद्यालको उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने बिद्यार्थी, बिद्यार्थी अभिभावक, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफ, बिद्यालय व्यवस्थापन समिति लगायत सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिद्धारा वडाअध्यक्ष र सचिवको सपथग्रहण, सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको नेकपा प्रदेश सदस्य आचार्यको भनाई

बसन्त श्रेष्ठ ‘छापेली’ १४ असार २०७६- नेपाल कम्युनिष्ट पार्टी ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्यले सरकारका रचनात्मक काम देखेर प्रतिपक्षी दलहरु अत्तालिएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगरकमिटिले आयोजना गएको वडा अध्यक्ष तथा वडासचिवलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गदै ५ नम्बर प्रदेश सभा सदस्य समेत रहनुभएका आचार्यले सरकारले जतैसुकै राम्रा काम गरेपनि बिरोध गर्ने गलत परिपाटी नेपाली कांग्रेसमा हाबी भएको बताउनुभयो ।

सन्धिखर्क नगरकमिटिका १२ वटै वडाका वडाध्यक्ष तथा १, २ र ३ का वडा सदस्यहरुलाई सपथग्रहण गराउदै उहाँले नेकपाको एकताले विश्वको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपिएको पनि बताउनुभयो ।

नेकपा ५ नम्बर प्रदेश कमिटि सदस्य तथा जिल्ला सचिव ठाकुर कुमार बि.क किशोरले टोल टोलमा संगठन निर्माण गरी संगठनका गतिबिधीलाई तिब्र पार्न नवनिर्वाचित वडाअध्यक्ष तथा वडा सचिवहरुलाई आग्रह गर्नुभयो । सन्धिखर्क नगर उप–प्रमुख समेत रहेका उहाँले नगरपालिकामा हुने विकास निर्माण र त्यसको प्रभावकारीतामा कार्यकर्ताले रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सभा सदस्यहरु पिताम्बर भुसाल, तोजबहादुर रायमाझी बिधान र सबै वडाअध्यक्षको तर्फबाट लक्ष्मण पराजुली लगायतले मन्तब्य राख्दै पाटीको नीति, बिधी र आचरणमा रहेर काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रम नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिबहरी अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बाँकी रहेका वडासदस्यहरुको सपथग्रहण आगामी असार १८ गते भित्र सम्पन्न गरिसक्ने नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालले जानकारी दिनुभयो ।


कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास

असार १३, काठमाण्डौ – दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन् । कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् । गएको जेठ २५ र २६ गते भाषा परीक्षा भएको थियो । परीक्षाको नतिजा http://epsnepal.gov.np/ मा गएर हेर्न सकिन्छ । 

परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको थियो । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् । 

परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् । source:ujyaaloonline

आर्थिक समृद्धिको लागी कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनु पर्छ –प्रदेश सांसद आचार्य


श्याम घिमिरे
असार १३ अर्घाखाँची-

५ नं.प्रदेश सांसद चेतनारायण आचार्यले जिल्लाको आर्थिक समृद्धिकोलागी कृषि क्षेत्रको बिकासलाई पहीलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । केन्द्रयि दुग्ध सहकारी संघ लिमिटेड नेपाल काठमाडौंको आयोजना र नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना बुटबलको आर्थिक तथा प्राबिधिक सहगोगमा सन्धिखर्कमा सन्चालित दुग्ध व्यवसायको प्रवर्द्धन तथा बजारीकरणका लागि समूह समिति र सहकारी गठन तथा परिचालन विषयक तालीमको बिहिबार उद्घाटन गर्दे आचार्यले यस्तो बताउनु भएको हो ।

आचार्यले अनुदान भन्दा पनी उत्पादनलाई बढवादिनुपर्ने भन्दै कृषि र पशुपालनको क्षेत्रमा पकेट एरीया निर्माण गरी काम गर्न सबैलाई आग्रह गर्नु भयो । यस्तै आचार्यले सहकारीको माध्यमबाट व्यवसायीक रुपमा कृषि पेसालाई अंगाली अघी बढेमा जस्तो सुकै व्यवसाय पनि फस्टाउने बताउनु भयो । संस्थाले सबै कृषकलाई धनि बनाउने योजनाका साथ काम गरीरहेकोले संस्थाबाट फाईदा लिन समेत जिल्ला बासीलाई आग्रह गर्नु भयो ।

अर्घाखाँची दुग्ध उत्पादन सहकारीका अध्यक्ष चन्द्र प्रसाद बन्जाडेको अध्यक्षतामा सन्चालीत कार्यक्रममा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना सहयोग ईकाइ बुटबलका प्रमुख डा.पुरषोत्तम त्रिपाठी, पशुचिकित्सक अनुगमन तथा सुचना अधिकारी लोकराज भुसाल लगायतले सहजीकरण गर्नु भएको थियो । यसैबिच तालीमकै क्रममा जिल्ला स्तरीय दुग्ध व्यवसायको प्रवर्द्धन तथा बजारीकरणका लागि समिति समेत गठन गरीने आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लाका बिभिन्न ३० भन्दा बढी दुग्ध व्यवसाय कृषकहरुको सहभागीता रहेको थियो ।

This image has an empty alt attribute; its file name is 65179852_2345373099079695_2585204329438773248_n.jpg