श्याम घिमिरे कात्तिक १४ अर्घाखाँची :
मालारानी गाउँपालीकामा रहेका शिक्षकका पेसागत संगठनहरुको संयन्त्रको बैठक मंगलबार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्क्ष मानबहादुर पाण्डेको प्रमुख आतिथ्यता र आदर्श माबि खनदहका प्रअ भेषराज खनालको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल शिक्षक महासंघ द्धारा घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत यही कात्तिक १६ गते स्थानिय निकाय घेराउ कार्यक्रमलाई प्रभाबकारी ढंगले सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा मनतब्य राख्दै उपाध्यक्ष पाण्डेले महासंघ केन्द्रबाट घोषणा भएका संघर्षका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको हो । त्यस्तै पाण्डेले देशको शैक्षीक बिकासको पक्षमा रहेका शिक्षकहरुका मागहरु,बर्तमान शिक्षा निति र शिक्षकहरुको अबस्थाको बारेमा प्रकाश पार्नु भएको हो । बैठकमा नेपाल शिक्षक संघका शोभाखर खनाल,नेपाल राष्ट्रिय शिक्षक संगठनका बिष्णु प्रसाद मिश्र,अखिल नेपाल शिक्षक संघका रामकृष्ण घिमिरे लगायतको सहभागीता रहेको थियो । बैठकले घेराउ कार्यक्रमलाई प्रभाबकारी बनाउन प्रत्येक बिद्यालयबाट ब्यापक उपस्थिति गराउन समेत निर्देशन दिएको जनाईएको छ ।