श्याम घिमिरे असोज २८ अर्घाखाँची :
अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले चाडपर्वको समयलाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षालाई कडा र मजबुत बनाईएको हुनाले ढुक्क भएर चाडपर्व मनाउन सबै जिल्ला बासिलाई आग्रह गर्नुभएको छ । सन्धिखर्क एफएमको कार्यक्रम बिचारबिश्लेषणमा आईतबार बिहान कुराकानी गर्दै प्रजिअ भुसालले यस्तो बताउनु भएको हो । जिल्लामा सबै पक्षको सहयोगले सबै खाले अपराधीक गतिविधिहरूलाई निरूत्साहित गर्न प्रशासन सफल भएको बताउदै भुसालले आगामि दिनमा पनि सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको हो ।