श्याम घिमिरे,१४ असोज :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं दाङको १५ औ जिल्ला सम्मेलन सनिबार सम्पन्न भएको छ । सम्मेलनले धुब्र बेल्वासेको अध्यक्षतामा १७ पूर्ण र ४ बैकल्पिक गरी २१ जनाको जिल्ला समिति निर्बिरोध निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन, सचिब राजकुमार बिक, सहसचिव राजकुमारी चौधरी र कोषाध्यक्ष सृजना पन्थी रहेका छन ।
यस्तै सदस्यहरुमा सर्मिला चौधरी ,सीता बिक , शुष्मा चौधरी , सपना बेल्बासे, लक्ष्मण बिक, दिनेश रैदास, अनिसा पोख्रेल , युजना आचार्य , मधुकर पुन, पुरुषोत्तम शर्मा , बिजय जिएम , मिरन पौडेल , गौतम चौधरी , आशा पौडेल , बबिता पोख्रेल र तृसन केसी रहेका छन । सम्मेलनले वसन्त आचार्य र राजेन्द्र चौधरीलाई सल्लाहकार समितिमा चयन समेत गरेको छ ।
सम्मेलनको अखिल छैठौंका केन्द्रीय सदस्य गोपाल प्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै भट्टराईले समाजमा हुने अवाञ्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा दिनप्रतिदिन बलत्कार,लैङ्गिकहिंसा,चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा बेरोजगारीले पनि साथ दिएको भन्दै यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्ने भट्टराईले बताउनु भयो ।
सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष काशिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा प्रदेश समिती सदस्य रेशम बिसी, प्रगतिशील लेखक संघका केन्द्रिय सदस्य यज्ञ बहादुर डागी, अखिल नेपाल युबक संघका जिल्ला अध्यक्ष चित्र एमसी, घोराही नगर अध्यक्ष डोर बहादुर केसी, अखिल छैठौं केन्द्रिय सदस्य राजेन्द्र चौधरी, प्रदेश समिति सहसचिब खगेन्द्रा बिष्ट लगायतले सुभकामना मनतब्य राख्नुभएको हो । उद्घाटन कार्यक्रम वसन्त आचार्यको अध्यक्षता सरिता पुनको स्वागत मन्तब्य र धुब्र बेल्बासेको संन्चालनमा सम्पन्न भएको हो ।