श्याम घिमिरे असौज १३ अर्घाखाँची :कपिलबस्तु जिल्ला क्षेत्रनम्बर एकका प्रदेशसभा सदस्य विष्णु पन्थीले विकास र आर्थिक सम्बृद्धिकालागि एकता बद्ध भएर अघिबढ्न सबै पक्षलाई आग्रह गरेका छन । गौलि पंन्थी अध्ययन अनुसन्धान सेवा समाज अर्घाखाँचीको प्रथम बार्षिक साधारणसभालाई सनिबार सन्धिखर्कमा सम्बोधन गर्दे पन्थीले उक्तकुरा बताएका हुन । प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै पन्थीले नेपाल बहुजाति बहुभाषी बहुसाँस्कृतिक भएको बताउदै समाज रुपान्तरणमा पन्थी समाजले पु¥याएको योगदानको मूक्त कण्ठले प्रंशाश समेत गरेका हुन ।
नेपाल प्राकृतिक साधन र स्रोतको धनि हुँदा पनि नेपाली जनता गरिबीकोे रेखामुनी बस्नुपर्ने बाध्यता भएको बताउँदै पन्थीले स्थानीय साधन र स्रोतको परिचालन गरि मुलुकलाई सम्बृद्ध पार्नु पर्ने बताए । कार्यक्रममा मन्तब्य राख्दै ५ नम्बर प्रदेश सभा सदस्य विमला पन्थीले मानब जातिको सुख र सम्बृद्धिको लागि एकजुट भएर अघि बढ्न पन्थी बन्धुहरुलाई आग्रह गरीन । गौली पंन्थी अध्ययन अनुसन्धान सेवा समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त पन्थीले आफ्नो जाति भाषा धर्म र संस्कृतिको पक्षमा ढृढताका साथ उभिन सम्पूर्ण पन्थीहरुलाई आग्रह गरे ।
गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका जिल्ला अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षता र कमल पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक गोपाल पंन्थी, मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अघिकृत जनकराज पंन्थी, जनस्वास्थ्य निरिक्षक हरि पन्थी पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी ,प्रदेश सभा सदस्य शोभाखर पन्थी गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका जिल्ला उपाध्यक्ष बाबुराम पन्थी लगायतका बक्ताहरुले मन्तब्य राख्दै समाज रुपान्तरणमा पन्थीहरुले पु¥याएको योगदानको प्रसंसा गरेका थिए । कार्यक्रममा जिल्लाका बिभिन्न ठाउबाट सयौ संङ्ख्यामा पन्थीहरुको सहभागिता रहेको थियो ।