हिन्दु राष्ट्र माग गर्दै अर्घाखाँचीमा प्रदर्शन

 

श्याम घिमिरे असौज १३ अर्घाखाँची : हिन्दुत्व संरक्षणको माग गर्दे अर्घाखाँचीका जनताहरु सनिबार सड्कमा उत्रिएका छन । हिन्दु जागरण नेपाल अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा नारा जुलुस सहित हिन्दुहरु सडकमा उत्रीएका हुन । शान्ती बगैचाबाट सुरु भएको ¥याली मिडियाचोक, चुत्रावेशी बजार, शिद्धेश्वर शिवालय मन्दिर, पुरानो बसपार्क, बैंकरोड हुदै पुनःशान्तीबगैँचामा आई प्रवचनमा परिणत भएको हो । देशका विभिन्न स्थानमा भइरहेको गौहत्याको बन्द गर, हिन्दुराष्ट्र कायम गर, हिन्दु धर्मको रक्षा गरौ, हिन्दु धर्म विरोधीहरु सावधान, धर्म परिवर्तन बन्द गर लगायतका नाराहरु, पर्चापम्पलेट सहित शङ्ख बजाएर प्रदर्शन गरेका थिए ।

¥याली पछी प्रबचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष पंण्डीत रामकृष्ण उपाध्यायले ९४ प्रतिशत ऊँकार परिवारको वसोवास रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्नेे बताए । उनले हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै धर्मको रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे । धर्ममा राजनीति मिसियो भने सबै सखाप हुने भन्दै उनले राजनीतिक स्वार्थका लागि नेपाल र नेपालीको पहिचान र मुलुकको रक्षाको लागि हिन्दूधर्म जोगाउनु पर्ने तर्क गरे ।

कार्यक्रममा बाबा योगीराज, शंकर गिरी, हिन्दु जागरण नेपालका अभियान्ता नारायण खनाल लगायतले मनतब्य राख्दै विभिन्न प्रभोलन देखाई धर्म परिवर्तन गराउँने सडयन्त्र भएको भन्दै सचेत रहन जिल्ला बासीलाई आग्रह गरे । कार्यक्रम हिन्दु जागरण नेपाल अर्घाखाँचीका अध्यक्ष नारायण खड्काको अध्यक्षता, हरिप्रसाद भुसालको स्वागत मनतब्य र भेषराज चुदाँलीको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

आर्थिक सम्बृद्धिको लागि एकताबद्ध भएर अघिबढ्नु पर्छ – प्रदेश सांसद पन्थी

श्याम घिमिरे असौज १३ अर्घाखाँची :कपिलबस्तु जिल्ला क्षेत्रनम्बर एकका प्रदेशसभा सदस्य विष्णु पन्थीले विकास र आर्थिक सम्बृद्धिकालागि एकता बद्ध भएर अघिबढ्न सबै पक्षलाई आग्रह गरेका छन । गौलि पंन्थी अध्ययन अनुसन्धान सेवा समाज अर्घाखाँचीको प्रथम बार्षिक साधारणसभालाई सनिबार सन्धिखर्कमा सम्बोधन गर्दे पन्थीले उक्तकुरा बताएका हुन । प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै पन्थीले नेपाल बहुजाति बहुभाषी बहुसाँस्कृतिक भएको बताउदै समाज रुपान्तरणमा पन्थी समाजले पु¥याएको योगदानको मूक्त कण्ठले प्रंशाश समेत गरेका हुन ।

नेपाल प्राकृतिक साधन र स्रोतको धनि हुँदा पनि नेपाली जनता गरिबीकोे रेखामुनी बस्नुपर्ने बाध्यता भएको बताउँदै पन्थीले स्थानीय साधन र स्रोतको परिचालन गरि मुलुकलाई सम्बृद्ध पार्नु पर्ने बताए । कार्यक्रममा मन्तब्य राख्दै ५ नम्बर प्रदेश सभा सदस्य विमला पन्थीले मानब जातिको सुख र सम्बृद्धिको लागि एकजुट भएर अघि बढ्न पन्थी बन्धुहरुलाई आग्रह गरीन । गौली पंन्थी अध्ययन अनुसन्धान सेवा समाजका केन्द्रिय अध्यक्ष चन्द्रकान्त पन्थीले आफ्नो जाति भाषा धर्म र संस्कृतिको पक्षमा ढृढताका साथ उभिन सम्पूर्ण पन्थीहरुलाई आग्रह गरे ।

गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका जिल्ला अध्यक्ष राम प्रसाद पन्थीको अध्यक्षता र कमल पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक गोपाल पंन्थी, मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अघिकृत जनकराज पंन्थी, जनस्वास्थ्य निरिक्षक हरि पन्थी पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी ,प्रदेश सभा सदस्य शोभाखर पन्थी गौली पन्थी अध्ययन अनुसन्धान सेवा समाजका जिल्ला उपाध्यक्ष बाबुराम पन्थी लगायतका बक्ताहरुले मन्तब्य राख्दै समाज रुपान्तरणमा पन्थीहरुले पु¥याएको योगदानको प्रसंसा गरेका थिए । कार्यक्रममा जिल्लाका बिभिन्न ठाउबाट सयौ संङ्ख्यामा पन्थीहरुको सहभागिता रहेको थियो ।

जातिय समता समाज भुमिकास्थान नगरपालीकाले सम्मेलन गर्ने

श्याम घिमिरे असोज १३ अर्घाखाँची :

राष्ट्रीय जनमोर्चा निकट जातिय समता समाज भुमिकास्थान नगरपालीका अर्घाखाँचीको भेला सनिबार धारापानीमा सम्पन्न भएको छ । भेलाले चेत बहादुर बिकको अध्यक्षतामा १९ सदस्यीय नगर सम्मेलन तयारी समितिको गठन समेत गरेको छ । जसको सदस्यहरुमा क्रमशःकृष्णसुनार हुमबहादुर नेपाली,लक्ष्मी बिक,राजु बिक,रामबहादुर नेपाली,बिरबहादुर सुनार,डिलबहादुर बिक,गिता परीयार,मुमबहादुर सुनार,निमबहादुर सुनार, रामबहादुर नेपाली,निर्मला नेपाली र नबिन बिक रहेका छन । भेला समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अर्घाखाँची प्रिमियर लिग अन्तरगत सनिबारको खेलमा रोयल सन्धिखर्क र एम्स स्टार बिजयी

श्याम घिमिरे असोज १३ अर्घाखाँची:अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा सन्चालीत दोस्रो अर्घाखाँची प्रिमियर लिग एपिएल क्रिकेट खेल प्रतियोगिता अन्र्तरगत सनिबार भएको खेलमा रोयल सन्धिखर्कले नमस्ते अर्घाखाँचीलाई ७४ रनले पराजीत गरेको छ । यो खेलमा म्यान अफ द म्याचमा सुबाष थापा घोषित भएका छन । त्यस्तै आजै सम्पन्न एम्स स्टार र सुपर सुपा बिच भएको दोस्रो खेलमा एम्स स्टार ९ रनले बिजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच बिजय बन्जाडे भएका थिए । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले सुक्रबार व्याटिङ्ग गरेर उद्घाटन गरेका थिए ।