न्यू नेपाल रेमिटको साखा अर्घाखाँचीमा सुरु

नबिन के.सी असोज १२ अर्घाखाँची :न्यू नेपाल रेमिट बुटवलको पहिलो शाखाको रुपमा सन्धिखर्कमा शुक्रबार उद्घाटन भएको छ । सन्धिखर्क नगरपालिकाका उप–प्रमुख ठाकुर कुमार बि.कले रिबन काटेर उद्धघाटन गदै बुटवलमा सेबा दिदै आएको रेमिट अर्घाखाँचीमा सेबा बिस्तार गरेकोमा सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । अहिले जिल्लामा आम्दानीको स्रोत भनेको बैदेशीक रेमिट्यान्स भएको भन्दै सेबाग्राहीलाई सरल तरीकाबाट भुक्तानी दिनको लागी आग्रह गर्नु भएको थियो ।

शाखाले देश तथा बिदेशबाट आएका सबै रेमिटलाई सहज तरीकाबाट भुक्तानी दिने तथा रकम आए नआएको फोन गरेर जानकारी समेत लिन सकिने न्यूनेपाल रेमिटका प्रमुख बिजय भुसाललले प्रतिबद्धता जनाउनु भएको छ । ‘सेबाग्राहिलाई सहज होस भनेर रकम आए नआएको हामीलाई फोन गरेर वा एसएमसबाट समेत हामीले जानकारी गराउनेछौ । जसबाट समयको समेत बचत हुन्छ । आएको रेमिटलाई तत्काल सहज रुपमा भुक्तानी समेत गर्ने छौ । ’

Advertisement

देउराली यातायातले दिल्लीको लागी गाडि छुटाउने

sahamati

नबिन के.सी असोज १२ अर्घाखाँची  :
जिल्लाको ग्रामीण तथा देशका बिभिन्न सहरमा यातायात क्षेत्रबाट सेबा दिएको देउराली यातायात व्यबसायी समितीले अब देखी दिल्लीमा पनि आफनो सेबा बिस्तार गर्ने भएको छ । नेपालिहरुको महान चाड लाई लक्षित गरि अब देखी प्रत्येक हप्ताको सोमबार ,बुधबार र शुक्रबार सन्धिखर्क देखी दिल्लीको लागी एसी तथा नन एसी बस सञ्चालन गर्ने देउराली यातायात व्यबसायी समितीका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिनु भयो । सुपादेउराली टुर एण्ड ट्राभलस र देउराली यातायात बिच शुक्रबार एक कार्यक्रमका बिच समझौता भएको छ ।

जिल्लाका यात्रुहरुलाई सहज होस भनेर यो सेबा सुरु गरेको सुपादेउराली टुर एण्ड ट्राभलसका नेपाल प्रमुख तुलसी पौडेलले जानकारी दिए । ‘हामीले बुटवलबाट पहिला देखीनै सेबा दिई रहेका थियौ । जिल्लाका यात्रुहरुले दु.ख पाए पछि उनिहरुलाई सहज होस भनेर यो सेबा सुरु गरेका छौ । ’ पछिल्लो समय नेपाल सरकारले दश प्रतिशत भाडा दर बृद्धि गर्ने बताए पनि देउराली यातायातले कालोपत्रे रुटमा बाहेक अन्यत्र पुरानै भाडा कायम राखेको समितीका अध्यक्ष योगेन्द्र खड्काले बताए । ‘हाम्रा गाडिहरु जिल्लाका ६१ वटा वडामानै पुग्ने गरेका छन । ग्रामीण क्षेत्रमा चलने गाडिहरुरुको पुरानै रेट कायम गरेका छौ । ’

पछिल्लो समय यात्रुहरुको मागलाई मध्यनजर गरेर सेबाहरु थप गर्ने पक्षमा रहेको देउरालीयातायत व्यबसायी समितीका महासचिब प्रेमप्रकाश पाण्डेले जानकारी दिए ।‘हामी जिल्लाबासीहरुको मागलाई र आव्यसकतालाई मध्यनजर गर्दैै एसी बसहरु दिल्लीको लागी सञ्चालन गर्ने गरि अगाडि बढेका छौ । आगामी बुधबार देखी हाम्रो सेबा सुरु हुन्छ । ’

हिन्दु जागरण नेपाल अर्घाखाँची द्धारा मोटरसाईकल ¥याली सम्पन्न ,भोली सन्धिखर्कमा बृहत ¥याली तथा प्रर्दशन गर्ने

Image may contain: one or more people, people standing, motorcycle and outdoor

लक्ष्मण घिमिरे,असोज १२ अर्घाखाँची :

जिल्लामा पछिल्लो समय तिब्र गतिमा धर्म परिवर्तन गराउने जस्ता सनातन धर्म विरोधि गतिबिधिहरु बढेको भन्दै बिरोधमा आज दिउसो २ बजे शान्ति बगैंचाबाट बृहत बाईक र्याली आयोजना गरिएको हो । हिन्दु जागरण नेपालले भोली सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा आयोजना गर्नेे बृहत आम धार्मिक भेलाको पूर्वसन्ध्यामा आज बाइक र्याली निकालिने भएको हो ।

भोलीको बृहत धार्मिक भेलाको सम्पूर्ण तयारि पुरा भैसकेको हिन्दु जागरण नेपाल अर्घाखाँचीका संयोजक नारायण खड्काले पत्रकार सम्मेलन मार्फत जानाकारी दिनुभयो । जिल्लाका सम्पूर्ण सनातन धर्मावलम्बीहरुलाई भोली ११ बजे हुने बृहत धार्मिक जनभेलामा हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष पण्डित शिरोमणि श्री राम कृष्ण उपाध्याय आउनुहुने भएकाले हिन्दु जागरण नेपाल अर्घाखाँचीले सम्पूर्ण जिल्लावासिलाई सहभागी हुन आग्रह गरेको छ ।

Image may contain: one or more people, people standing, motorcycle and outdoor
हिन्दु जागरण नेपाल अर्घाखाँचीले विज्ञप्ती जारी गर्दै धर्म परिवर्तन गर्न ठुलै गिरोह सक्रिय भएको भन्दै समयमै सचेतना अपनाउन पनी आम नागरिकमा अपिल गरेको छ । पत्रकार सम्मेलनमा हिन्दुजागरण अभियान्ता नारायण खनालले सहजीकरण गर्नुभएको हो । कार्यक्रम सहसंयोजक आतिष किरण बिकको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 4 people, including Aatish Kiran BK and Naren Rijal, people sitting and indoor

Image may contain: one or more people, people standing, motorcycle and outdoor

अर्घाखाँचीमा एपिएल क्रिकेट प्रतियोगिता सुरु ।। खेलको बिकासमा सहगोग गर्ने नगरउपप्रमुख बिकको उद्घोष

अर्जुन भुसाल असोज १२ अर्घाखाँची :अर्घाखाँची सामुदायिक विकास क्लवको आयोजनामा दोस्रो अर्घाखाँची प्रिमियर लिग एपिएल त्रिकेट प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले व्याटिङ्ग गरेर उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै उपप्रमुख विकले खेलकुद क्षेत्रको विकासका लागि सन्धिखर्क नगरपालिकाको कार्यालयले आवश्यक सहयोग गर्ने बताए । उनले त्रिकेट लगायत सबै खेलको आ–आफ्नै खालको महत्व रहेको भन्दै सबै खेलको विकासमा जोड दिए । ‘प्रत्येक वडामा खेल मैदान निर्माण हुन लागिरहेका छन’ उनले भने, ‘सबै स्थानीय तहले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्छ ।’ प्रदेश र केन्द्रबाट समेत खेलकुदका लागि जिल्लामा वजेट ल्याउनु पर्ने बताए ।


सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले खेलकुदले देशलाई अन्र्तराष्ट्रियकरण गर्नमा निकै ठूलो मद्दत गर्ने हुँदा खेलाडीको विकासमा राज्यले उचित ध्यान पु¥याउनु पर्ने बताए । ‘स्थानीय स्तरमा हुने यस्तै प्रतियोगिताबाटै खेलाडी राष्ट्रिय स्तर सम्म पुग्ने हुन उनले भने, ‘खेलाडीको क्षमता वृद्धि गर्न प्रतियोगिताहरुको निकै आवश्यकता छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी (लेकाली) लगायतले मनतब्य राख्दै खेलकुदले शारिरीक स्वस्थता सँगै मनोरञ्जन प्रदान गर्ने हुँदा यसको महत्व उजागर गर्नुपर्ने बताए ।


यस्तै प्रतियोगितामा चार टिमले सहभागिता जनाएको क्लवका अध्यक्ष तथा कार्यक्रम संयोजक ऋषिकेश भट्टराईले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ५ हजार र उपविजेताले ५५ हजार रुपैयाँ हात पार्ने उनले बताए । यो पुरस्कार जिल्लामा भएका सबै खेल प्रतियोगिता मध्येको अहिले सम्मकै सर्वा्धिक हो । चार समुह मध्ये रोयल सन्धिखर्कको कप्तानमा जगत क्षेत्री (सञ्जु),नमस्ते अर्घाखाँचीमा जीवन भट्टराई कप्तान रहेका छन् ।

यस्तै सुपर सुपा च्यालेनजर्समा त्रिभुज कार्की र यम्स स्टारको कप्तानमा विक्रम भुसाल रहेका छन् । प्रतियोगिता २२ गते सम्म चल्ने छ । कार्यक्रम संस्थाका अध्यक्ष रिषीकेश भट्टराईको अध्यक्षता र पत्रकार कमल विष्टको सन्चालनमा सम्पन्न भएको हो । यसैबिच आज भएको नमस्ते अर्घाखाँची र रोयल सन्धिखक बिचको पहीलो खेल समय अभाबको कारण स्थगन गरीएको छ । पछील्लो परीणाम अनुसार रोयल सन्धीखर्कको खातामा १४५ रन रहेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

निकै चर्चामा अर्घाखाचीका लोक गायक प्रकाश परियार ।।

सुमन अर्याल : असोज १२, २०७५ शुक्रवार:

 सन्धिखर्क नगरपालिका वाड न ०९ अर्घा अर्घाखाँचीमा २०४६ साल मङ्सिर १२ गते सुक्रबार माता(पिता कमला परियार र अमर बहादुर परियारको कोखबाट जन्मनु भयका लोक गायक प्रकाश परियार धेरै लामो संघर्स पछी निकै चर्चामा आउनु भयको छ । सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा रुची , मिठो बोलि र नरम स्वभाब भयका प्रकाश परियार पछिल्लो दुई वर्ष देखि निकै चर्चा कमाउन सफल हुनुभयको हो ।

उहाका लोक गीतका दर्जनौ एल्बम बजारमा आईसकेका छन् । पहिलो एल्बम पिरतीमा पर्यो ओझेल बाट गीत संगीतमा पर्बेश गर्नु भयका प्रकाश परियारले क्रमशस् “भमरा झुल्नदेउ ,तिमीले अन्तै सम्बन्ध जोड्यौ भने सानु ,चिता माथि हुदा , अर्घा दरबार , आखा भरि आसु भो , माइती घरको माया , ईख अनी अहिले दशैँका गीतहरु रातो टिका जमरा र परदेशी “ लगायत अन्य गीतहरु बजारमा आई सकेका छन् ।

गुरुहरु बिमल परियार र क्षेत्र बि.क. मार्फत सिक्नु भयका प्रकाश परियारलाई बुद्धि गोर्खाली र प्रकाश क्षेत्रिले विभिन्न कामहरुमा साथ् दिदै आउनु भयको गायक प्रकाश परियारको भनाई रहेको छ । संगीत पारखी परियारले जनताको माया र ममताले अहिले सफलताको सिखर चुमेको बताउदै आउदा दिनमा स्रोताहरुलाइ छुट्टै किसिमका मनोरंजन दिलाउने र मन जित्ने खालका गीतहरु बजारमा ल्याउने बताउनु हुन्छ ।

अहिले पछिल्लो समयमा गीत संगीतमा नै निकै ब्यस्त हुनुभयका प्रकाश परियार आउदा दिनहरुमा सफलता चुम्दै जानुहोला धेरै धेरै सुभकामना ।।।