श्याम घिमिरे असोज,११ अर्घाखाँची : जिल्ला सुरक्षा समिति अर्घाखाँचीले देसका विभिन्न ठाउहरुमा घटिरहेका घटनाहरुलाई मध्य नजर गर्दै एसिट बिक्रीवितरण लाई कडाइ गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले एसिट बिक्रीवितरण गर्दा खरिद कर्ता र बिक्री कर्ताको नाम ठेगाना वतन तथा खरिद र बिक्री कर्ताले आफन्त बा कसैको रोहबर बिना खरिद बिक्री गर्न नदिने निणर्य गरेको हो । बैठकले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउने र चार्ड पर्बको बेला कुनै घटना घटन् नदिने भन्दै सुरक्षा कडा बनाउने समेत निर्णय गरेको प्रजिअ भुसालले जानकारी दिनु भयो ।