सन्धिखर्कमा भोली देखी सुरु हने दोस्रो एपिएल क्रिकेटको तयारी पुरा

श्याम घिमिरे असोज ११ अर्घाखाँची :
अर्घाखाँची जिल्लाको इतिहाँसमै पहिलोपटक सर्वाधीक पुरस्कार राशीको टि ट्वायन्टी क्रिकेट टुनामेन्ट आयोजनाको सम्पुर्ण तगारी पुराभएको छ । असोज १२ देखी सन्धिखर्कमा सुरुहुने प्रतियोगीताको सबै तयारी पुरा भएको संस्थाका अध्यक्ष रीषिकेश भट्टराईले रेडियो सन्धिखर्कलाई जानकारी दिनुभयो । स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची सामुदायीक बिकास क्लबको मातहतमा संन्चालीत अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा भोली देखी सन्धिखर्कको टुडीखेल मैदानमा दोस्रो अर्घाखाँची प्रिमियर लिग ब्एी क्रिकेट टुर्नामेन्ट प्रतियोगीता सन्चालन हुदैछ ।

सन्धिखर्क एफएम संग कुरागर्दे अध्यक्ष रिषीकेश भट्टराईले जिल्लामा क्रिकेट खेलको बिकास गर्न , खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्नको साथै अर्घाखाँची जिल्ला र देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउन सकिने भन्दै खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउने आफ्नो संस्थाको मुख्य उद्धेश्य रहेको जानकारी दिनु भयो । यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न भट्टराईले आग्रह पनी गर्नु भएको थियो ।

कुल ४ टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख ५ हजार र उप बिजेतालाई ५५ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल को ब्यबस्था गरीएको भट्टराईले जानकारी दिनु भयोे । खेलमा बिभिन्न १३ वटा बिधाहरुमा आर्कषक पुरस्कार,सिल्ड,मेडल र प्रमाणपत्रकोे ब्यबस्था पनी गरीएको अध्यक्ष भट्टराईले बताउनु भयो । यसैबिच खेलको प्रचारप्रसारको लागी संस्थाको आयोजनामा बिहिबार साँझ सन्धिखर्कका बिभिन्न भागहरुमा मोटरसाईकल ¥याली समेत सम्पन्न गरीएको छ ।

Advertisement

अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा राउत चयन

Image may contain: 6 people, including Rirday Bhusal and Lekali Him, people standing and people sitting

श्याम घिमिरे असोज ११ अर्घाखाँची : नेपाल कम्युनिष्ट पार्टी विप्लब नेतृत्वको भातृ संगठन अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीको २६औ जिल्ला सम्मेलन बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ । सम्मेलनले विष्णु राउतको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटिको निर्बिरोध चयन गरेको छ ।

Image may contain: 6 people, people standing

जसको उपाध्यक्षमा सुरज विक, सचिब आरएन विक, सहसचिब धर्मराज नेपाली र कोषाध्यक्षमा हिमा कुँबर रहेका छन । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै अनेरास्वियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टाराईले नेपालको शिक्षा निति शासक दलाल र कमीसनखोरका कारणले दुई प्रकारको भएको बताउदै यसलाई बदल्नका लागि सरकारले स्पष्ट निति ल्याउनपर्ने बताउनु भयो ।

Image may contain: one or more people
शिक्षामा हुने भ्रष्टाचार र कमिसनखोरलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै भट्टाराईले त्यस्ता कमिसनखोरलाई जनताको सत्ताले कारबाही गर्ने बताउनुभयो । सरकारले लोकतन्त्र र गणतनत्रको धन्जी उडाउदै अधिनायकबाद लादेकाले त्यसका बिरुद्ध सशक्त भएर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कमल के.सी, अनेरास्वियु क्रान्तिकारीका केन्द्रिय सदस्य कुलराज बन्जाडे, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले मन्तब्य राख्दै सरकारले शिक्षाको क्षेत्रमा आमुल परीबर्तनगरी ब्यबहारीक शिक्षालाई जोड दिनुपर्ने बताउनु भएको हो ।

Image may contain: 6 people, people standing
कार्यक्रममा क्षितिज सामना साँस्कृतिक परिबारले गित तथा नृत्य समेत प्रस्तुत गरेको थियो । सम्मेलनमा जिल्लाभरबाट करिब ४ सय प्रतिनिधि र पर्यबेक्षक बिद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक विष्णु राउतको अध्यक्षता नगर अध्यक्ष आरएन विकको स्वागत मन्तब्य र सुरज विकको सञ्चालनमा सम्पन्न भएको हो ।

अर्घाखाँचीमा एसीड बिक्रिबितरणलाई कडाई गरीने ,चार्डपर्बको समयमा जिल्लामा शान्तीसुरक्षा मजबुत बनाउने सुरक्षा समितिको निर्णय

श्याम घिमिरे असोज,११ अर्घाखाँची : जिल्ला सुरक्षा समिति अर्घाखाँचीले देसका विभिन्न ठाउहरुमा घटिरहेका घटनाहरुलाई मध्य नजर गर्दै एसिट बिक्रीवितरण लाई कडाइ गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा बुधबार बसेको सुरक्षा समितिको बैठकले एसिट बिक्रीवितरण गर्दा खरिद कर्ता र बिक्री कर्ताको नाम ठेगाना वतन तथा खरिद र बिक्री कर्ताले आफन्त बा कसैको रोहबर बिना खरिद बिक्री गर्न नदिने निणर्य गरेको हो । बैठकले जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउने र चार्ड पर्बको बेला कुनै घटना घटन् नदिने भन्दै सुरक्षा कडा बनाउने समेत निर्णय गरेको प्रजिअ भुसालले जानकारी दिनु भयो ।