श्याम घिमिरे असोज १० अर्घाखाँची :
असोज ११, १२ र १३ मा हुने शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु हिँडेपछि जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन । शिक्षकहरु परीक्षा दिन हिडेपछि विद्यालयहरु तिन देखि पाँच दिन सम्मको लागी बन्द भएका हुन । लामो समयसम्म अस्थायी दरबन्दीमा काम गरिरहेका शिक्षकहरुका लागि यसपटक समेत अवसर भएकाले, स्थानीय बिदा गर्न पाउने अधिकार प्रयोग गरी हिँउदे बिदा बाट कट्टिहुनेगरी परीक्षाबाट प्रभाबित हुने विद्यालयहरु बन्द गरेको हुन सक्ने जिल्ला शिक्षा समन्वय ईकाइ अर्घाखाँचीका प्रमुख मणीराम पराजुलीले बताउनुभयो । साथै आईतबार देखी नियमित पठनपाठन सन्चालन हुनेपनी प्रमुख पराजुलीले जानकारी दिनुभयो ।
कतिपय विद्यालयका शिक्षकहरु आफुले पाउने बिदाबाट कटाएर परीक्षा दिन हिँडेको र केही शिक्षकहरु बिद्यालयले गरेको बिदा पछी हिडेका कारण बिद्यालयहरु बन्द भएको सन्धिखर्क नगरका श्रोतब्यक्ति युबराज भुसालले बताउनुभयो । भुसालका अनुसार ३२ जना शिक्षक मध्ये २२ जनासम्म परीक्षार्थी भएकाले स्थानीय बिदा गरिएको हुनसक्ने समेत जानकारी दिनुभयो ।