अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने

गोपाल भट्टराई, असोज ९ अर्घाखाँची

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको जिल्ला सम्मेलन आसन्न मंसिर २८ र २९ गते सन्धिखर्कमा हुने भएको छ । सन्धिखर्कमा सम्पन्न महासंघ जिल्ला समितिको बैठकले मुलुकमा भइरहेको महङ्गी,भंष्टचार,कर बृद्धि,विउपल तथा मलखाद अभाव तथा संघियताको बिरुद्ध जिल्लाका ६ वटै पालिकामा ज्ञापनपत्र बुझाउने,असौज–कार्तिकमा सांगठानिक अभियान संचालन गर्ने र मसिंरको अन्तिम हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

किसान महासंघ अर्घाखाँची अध्यक्ष जिवनारायण खनालको अध्यक्षता,राजमो प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,नेता सागर के.सी.को बिशेष उपस्थिति र सचिव भिमलाल आचार्यको संचालनमा सम्पन्न बैठकले मधु के.सी.को संयोजकत्वमा तरकारी,राम चन्द्र भुसालको संयोजकत्वमा पशुपालन,गोपाल खनालको संयोजकत्वमा बाख्रापालन र गणेश बन्जाडेको संयोजकत्वमा बिउ विजन उत्पादन बिषयगत समितिको समेत गठन गरेको महासंघले जनाएको छ । यस्तै बैठकले पालिका स्तरमा ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई व्यबस्थित बनाउन जिवनारायण खनाल,गणेश बन्जाडे,भिमलाल आचार्य,तिलकराम भुसाल र पशुपति ढकाल सदस्य रहेको ५ सदस्यिय ज्ञापनपत्र ब्यबस्थापन समितिको गठन गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति प्रश्न गरेका छन् । मंगलबार आफ्नै निवास खुमलटारमा सम्पादकहरूसँग भेट गर्दै अध्यक्ष प्रचण्डले सरकारका कामकारवाहीले जनताले कतिको सुविधा पाए भन्ने प्रश्न ज्वलन्त रहेको बताए । ‘दुई तिहाइको सरकार बनेको छ ,तर जनताका समस्या समाधान हुन्छन् कि हुदैनन् भन्ने प्रश्न यथावत छ’, प्रचण्डले भने ।

संविधानको मर्मअनुसार राजनीतिक समझदारीमा मुलुक अघि बढाउनुपर्ने उनले बताए । संसद समस्या समाधानको वैधानिक निकाय बनेको समेत उनले स्पष्ट पारे । उनले सरकार बनेपछि आफू धेरै ठाउँ पुगेको बताउँदै आफूहरूको काम गराइमै समस्या छ कि भन्ने प्रश्न उठेको बताए । यस्तै, भारत भ्रमणको क्रममा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामो छलफल गरेको खुलासा गरे । उनले मोदी अब एसियामा सबै मिलेर अघि बढ्ने योजनामा रहेको बताए ।

Advertisement