सन्धिखर्क एफएम असोज ८ अर्घाखाँची :
जिल्लामा हिन्दु बिरोधी गतिविधी बढ्न थालेको भन्दै हिन्दुहरु पनि संगठित हुन थालेका छन् । विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरु सक्रिय हुन थालेको भन्दै सनातन धर्मको रक्षाको लागि हिन्दुहरुले सक्रियता देखाएका हुन् । नेपालको कानुन अनुसार धर्म प्रचार गर्न नहुने प्रष्ट व्यवस्था रहेको भएपनि विभिन्न प्रलोभनमा धर्म परिवर्तनकारीहरु सक्रिय रहेको भन्दै आईतबार सन्धिखर्कमा बसेको भेलाले १०५ सदस्यीय हिन्दु जागरण नेपाल अर्घाखाँची शाखा गठन गरेको हो ।
नारायण खड्का संयोजक र आतिष किरण बि.क. सहसंयोजक रहेको तदर्थ समितिले जिल्लामा रहेका हिन्दु धर्मावलम्वीहरुलाई एकताबद्ध गर्नुका साथै गाउँगाउँमा संगठन बिस्तार गर्ने बताईएको छ । त्यस्तै भेलाले राजु पन्थी संयोजक र युवराज थापा सहसंयोजक रहेको २५ सदस्यिय युवा स्वयंसेवक दस्ता समेत गठन गरेको छ ।