नेपाल प्रेस युनियन अर्घाखाँचीको साताैं जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा केसी चयन

Image may contain: Birendra Kc, smiling, standing and outdoor
श्याम घिमिरे असोज ८ अर्घाखाँची :नेपाल प्रेस युनियन अर्घाखाँचीको सातौं जिल्ला अधिवेशन तथा बाह्रौं साधरण सभा आईतबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले कान्तीपुर दैनिकमा कार्यरत उपसम्पादक बरिष्ठ पत्रकार विरेन्द्र केसीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध चयन गरेको छ ।

जसको उपाध्यक्षमा सरिता भुसाल, समाबेसी उपाध्यक्ष शान्ता खासुमगर, सचिव विष्णु खनाल, सहसचिव तेजेन्द्र पाण्डे र कोषाध्यक्ष मेलिना सिंह ठकुरी रहनुभएको छ । त्यस्तै समितिको सदस्यहरूमा बिक्रम पाण्डे, सागर महत, रेखा विक, कमला घिमिरे, भुवनेश्वर अधिकारी, गिता भण्डारी र भावना मगर चयन भएको युनियन अर्घाखाँचीले जनाएको छ । यसअघि अधिबेशनको युनियनका केन्द्रीय अध्यक्ष बद्री सिक्देलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

Advertisement

हिन्दु बिरोधी गतिविधी बढ्न थालेको भन्दै हिन्दुहरु संगठित

सन्धिखर्क एफएम असोज ८ अर्घाखाँची :

जिल्लामा हिन्दु बिरोधी गतिविधी बढ्न थालेको भन्दै हिन्दुहरु पनि संगठित हुन थालेका छन् । विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउनेहरु सक्रिय हुन थालेको भन्दै सनातन धर्मको रक्षाको लागि हिन्दुहरुले सक्रियता देखाएका हुन् । नेपालको कानुन अनुसार धर्म प्रचार गर्न नहुने प्रष्ट व्यवस्था रहेको भएपनि विभिन्न प्रलोभनमा धर्म परिवर्तनकारीहरु सक्रिय रहेको भन्दै आईतबार सन्धिखर्कमा बसेको भेलाले १०५ सदस्यीय हिन्दु जागरण नेपाल अर्घाखाँची शाखा गठन गरेको हो ।

नारायण खड्का संयोजक र आतिष किरण बि.क. सहसंयोजक रहेको तदर्थ समितिले जिल्लामा रहेका हिन्दु धर्मावलम्वीहरुलाई एकताबद्ध गर्नुका साथै गाउँगाउँमा संगठन बिस्तार गर्ने बताईएको छ । त्यस्तै भेलाले राजु पन्थी संयोजक र युवराज थापा सहसंयोजक रहेको २५ सदस्यिय युवा स्वयंसेवक दस्ता समेत गठन गरेको छ ।

दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद -अध्यक्ष नेपाली

सन्धिखर्क एफएम असोज ८ अर्घाखाँची :

जातिय समता समाज अर्घाखाँचीका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीले मुलुकमा गणतन्त्र स्थापनाको एक दशक पुगि सक्दा समेत दलित समुदाय माथिको भेदभाव नहट्नु दुःखद भएको बताउनुभएको छ । भुमिकास्थान १ ढाकावाङ्गमा आइतबार सम्पन्न समता समाजको वार्ड भेलालाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो ।

कानुन र ब्यबस्था फेरिएपनि मुलुकको राजनीतिक तथा आर्थिक परिवर्तनमा ठुलो योगदान दिंदै आएको दलित समुदायमाथी छुवाछूत,ज्यादती,उत्पीडन र शोषणको ब्यबहार परिवर्तन हुन नसकेको भन्दै उहांले यसका निम्ती एक जुट हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

भेलाले गोपाल नेपालीको अध्यक्षतामा ९ सदस्यिय वार्ड समितिको गठन गरेको छ । जसको सचिवमा दिपक नेपाली र कोषाध्यक्षमा चमकला नेपाली चयन हुनुभएको छ ।यस्तै नव गठित वडा समितिको सदस्यमा देव बहादुर वि.क.,सुर्य नेपाली,उर्मिला नेपाली,राम बहादुर नेपाली,राजेन्द्र नेपाली र शुसिल नेपाली रहनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।