अबको कांग्रेस नेतृत्व कोइराला परिवारले गर्छ : डा. शशांक कोइराला

बुटवल अशोज ७ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबी गरेका छन् । कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् ।

रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने- ‘शेखर दा, म र सुजाता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।’ देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफुले देश दौडाहामा पाएको समेत सुनाए ।

कोइरालाले अब हुने महासमितिमा बैठकमा नया बिधान पारित गरिने समेत बताए । कम्तिमा आउदो ३० बर्षका लागि बिधान बनाउने उनले प्रष्ट पारे । ४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको बिश्वासा छ । ‘कांग्रेस बिबादमा अल्झने अबस्था छैन, अब नयाँ रणनीति बनाएर अघि बढ्नुपर्छ ’ उनले भने ।

बर्तमान सरकार संघीयताको मर्म बिपरित चलिरहेको उनले आरोप लगाएका छन् ।  ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन, केन्द्रिकृत शासन चलाइरहेको छ, संघीयताको मर्म बुझेको छैन ।’ उनले भने । कांग्रेसका २ चुनौती रहेको भन्दै डा कोइरालाले अहिलेको सरकारमा दुई तिहाइको दम्भ छ भने अर्काेतिर कांग्रेसभित्रैकै संगठन  गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनको भनाइ छ ।

कांग्रेसकै कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय, २० मेडिकल कलेज छ, ८४ हजार किलोमिटर सडक बनेको बताए । सरकारले प्रेस जगतलाई हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने र हस्तक्षेप बिरुद्ध खबरदारी गर्न पत्रकारलाई आग्रह समेत गरे । ‘२०१५ सालमा बिपीले प्रेस स्वतन्त्रताको थालनी गर्नुभएको हो । पत्रकारलाई ४०० रुपैंयाँ दिएर बिपीले आफ्नो विरुद्ध लेख्न आग्रह गर्नुभएको थियो ।’ उनले भने ।

‘सभापतिको अधिकार पनि बिकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ, तल्लो तहलाई पनि बलियो बनाउनुपर्छ, गाउँ र प्रदेशमा अधिकार दिनुपर्छ ।’ कांग्रेस अधिबेशन समयमै अधिबेशन हुनुपर्ने कोइरालाको धारणा छ । सदनमा कम किन बोल्नुहुन्छ भन्ने प्रश्नमा उनले भने -‘इस्यु बेश राजनीति गर्नपर्छ, धेरै सम्हालिएर बोल्नुपर्ने भएकाले हो’ उनको जवाफ छ । यो बेला दलहरुका केन्द्रिय नेताहरु संघीयता स्थापित गर्नका लागि लाग्नुपर्ने बताउँदै देश बिदेश घुम्ने बेला नभएको उनले बताए ।

‘सरकारले कर बढाउने, मुल्य बृद्धि गर्ने मात्रै गरेको छ, एमालेलाई जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता भेटें ,‘मलाइ थाहा छैन, सरकारको योजना भए मलाइ भन्नुस्’, उनले भने । कांग्रेसले जितेका ठाउँमा कर बढेको छैन, भएपनि फिर्ता गर्नूस् उनले निर्देशन दिए । क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्बाचित कार्यसमिति ,केन्द्रिय पार्षद, प्रदेश पार्षदहरुलाई सम्मान गरिएको थियो ।

Advertisement

निर्मला पन्तको बलात्कार र हत्याको बिरोधमा नेपाल महिला संघ अर्घाखाँची द्धारा सन्धिखर्कमा प्रर्दशन

श्याम घिमिरे असोज ७ अर्घाखाँची :

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा आईतबार नेपाल महिला संघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन ।

नेपाली काँगे्रस निकट नेपाल महिला संघ जिल्ला समिति अर्घाखाँचीको आयोजनामा निकालिएको जुलुसले सन्धिखर्क बजार परिक्रमा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । दुईमहिना बितिसक्दापनी हत्यारालाई पत्ता लगाउन नसक्ने सरकारले राज्य सञ्चालन गर्न नसक्ने भन्दै उनीहरुले सरकारको राजीनामाको माग समेत गरेका थिए ।

जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे संघकी जिल्ला अध्यक्ष एवं नेपाली काँग्रेस जिल्ला उपसभापति शान्ता भण्डारीले राज्यले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन नसक्दा मुलुकमा सुशासन, न्याय र कानुनी राज्यकै उपहास भएको बताइन् । दुई तिहाई बहुमतको सरकार आइसकेपछि देशमा अमन चयन हुने विश्वास लिएका सर्वसाधारणले श्रंखलावद्धरुपमा बढ्दै गएको महिला हिंसाका घटनाले लोकतन्त्रकै उपहास भएको उनको भनाई रहेको थियो ।