सिद्धारामा भालुकाे अाक्रमणमा परी ७० वर्षीय  वृद्ध गम्भिर घाईते

world news

२०७५ आश्विन ५,अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको सिद्धारामा सुक्रबार विहान जंगली भालुकाे अाक्रमणमा ७० वर्षीय  वृद्ध गम्भिर घाईते भएका छन् । शितगंगा नगरपालिका वडा नं. १० काठेखाेला सिद्धाराका मान बहादुर नेपाली गम्भिर घाइते भएका हुन । विहानकाे करिब ४ बजे तिर अाफ्नै काेदाे बारीमा काेदाे खान लागी रहेकाे भालुलाई अाफ्नै गाेरु सम्झी धपाउन जाँदा भालुले अाक्रमण गरेकाे हाे । भालुकाे अाक्रमणबाट उनलाई टाउकाे, तिघ्रा, पेट र गुप्ताङमा समेत गहिराे चाेट लागेकाे बताईएको छ । उनलाई थप उपचारका लागी बुटवल पठाइएको  शिनपा १० का वडाअध्यक्ष हिम्मत पाेख्रेलले जानकारी दिनु भयो । 

Advertisement

मेलम्ची खानेपानी आयोजनाको लागि ल्याएको सिमेन्ट बजारमा बिक्री

unn.prixa.net

सिन्धुपाल्चोक असोज ६, – मेलम्ची खानेपानी आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि ल्याएको ३ सय ४० बोरा अर्घाखाँची सिमेन्ट पसलमा बिक्री भएको खुलासा भएको छ । 

गएको असोज २ गते राति ११ बजे ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रक काठमाडौं गोदामबाट सिमेन्ट लोड गरी अम्बाथान स्टोरसम्म पुगेर सिमेन्ट अनलोड नगरी फर्किएको स्रोतको भनाई छ । 

तर सीएमसी कम्पनीका अम्बाथान स्टोर किपर छिरीङ दोर्जे लामाले ३ सय ४० बोरा सिमेन्ट बुझिलिएको लेखि बिलमा छाप लगाएर ३ सय ४० सिमेन्ट नै नझारी ट्रक फर्किएको बताइएको छ । करिब ११ किलोमिटर तल तालामाराङ बजारमा ३ पसलमा सिमेन्ट बिक्री गर्दैगर्दा प्रहरीले पक्राउ गर्न खोज्दा चालक ट्रकसहित फरार भएको प्रहरीले जानकारी दिएको छ । 

बाहुनेपाटीमा रहेको वायर हाउसका म्यानेजर दामोदर बस्यालको संलग्नतामा त्यो सिमेन्ट अन्यत्र बिक्री गर्ने सेटिङ मिलाएको स्थानीयले आरोप लगाएका छन् । इलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुख पर्शुराम मल्लका अनुसार अम्बाथान हेलम्बु सुरुङको बाँध निमार्णको लागि लगिएको सिमेन्ट बजारमा बिक्री गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

अहिले ट्रक धनी सम्पर्कमा आइसकेकाले सिमेन्ट कहाँ कति बिक्री भएको र क—कसलाई बिक्री गरिएको हो भन्नेबारेमा अनुसन्धान गर्न सहज हुने उहाँको भनाई छ । तर आयोजनाको ठेगेदार कम्पनी सीएमसीका कर्मचारीले प्रहरी अनुसन्धानले तीव्रता नदिएको गुनासो गरेका छन् । source:ujyaaloonline

अमेरिकाको मेरिल्याण्डमा भएको गोलीकाण्डमा पर्वतकी ४१ वर्षीया गिरीको ज्यान गयो

unn.prixa.net

असोज ६, २०७५ शनिवार :अमेरिकाको मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा बिहीबार भएको गोली काण्डमा ज्यान गुमाउने ४ जनामध्ये एक जना नेपाली महिला भएको प्रहरीले जनाएको छ ।  

गोली लागेर ज्यान गुमाउनेमा पर्वत घर भएकी ४१ वर्षीया वृन्दा गिरी रहेकी छिन् । त्यस्तै गोली लागेर घाइते हुनेमा पूर्ण आचार्य रहेका छन् । घाइते आचार्यको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मृतक गिरी साढे पाँच महिना अघि मात्र अमेरिका आएकी उनको आफन्तले जनाएका छन् । उनका १४ वर्षीया छोरी र ११ वर्षीय छोरा रहेको अमेरिकाबाट सञ्चालन हुने नेपलिज डायस्पोरा डट कमले जनाएको छ । 

बाल्टिमोरभन्दा ३५ माइल उत्तर पूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको वितरण केन्द्रभित्र बिहीबार गोली चलेको थियो । केन्द्रमा पार्ट टाइम काम गर्ने २६ वर्षीया महिला स्नोचिया मोज्लीले गोली चलाएको प्रहरीले जनाएको छ । 

अरुलाई गोली हानेर उनले आफैलाई पनि गोली हानेको र उपचारका क्रममा अस्पतालमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । source:ujyaaloonline
 

शर्माद्वारा नेकपा कर्णालीको सचिव अस्वीकार

असोज ६, २०७५ सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले नेकपा कर्णाली प्रदेश संगठन कमिटीको सचिव पदमा नरहने जनाएका छन्। नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी तोकेको थियो। तर, जिम्मेवारी पाएलगत्तै शर्माले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने कुराको जानकारी गराउँछु।’ पार्टी नेतृत्वले आफूप्रति गरेको निर्णय स्वीकार गर्ने खालको नभएको भन्दै शर्माले सचिव पद अस्वीकार गरेको उनी निकटकको स्रोतले बतायो।

 

source:thahakhabar.com

दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु, पहिलो दिन नै १८९५ टिकट बुकिङ

unn.prixa.net

                                                             फाइल फाेटाे

काठमाडौं – दसैँको लागि अग्रिम टिकट बुकिङ भैरहेको सरकारले दावी गरेको छ । केही यातायात व्यवसायीले टिकट बुकिङ नखोले पनि दसैँका लागि अग्रिम टिकट बुकिङ सुरु भैसकेको सरकारले जनाएको छ । 

टिकट बुकिङ खोलेको पहिलो दिन हिजो काठमाडौंको नयाँ बसपार्कबाट १८ सय ९५ वटा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार अहिले समितिसम्बद्ध थोरै र प्रालि सम्बन्ध सबै व्यवसायीले दसैँको लागि अग्रिम टिकट बुकिङ गरिरहेका छन् ।

सरकारले चैतमा सिन्डिकेट अन्त्यको घोषणा गरेपछि धेरै व्यवसायी प्रालिमा दर्ता भैसकेका छन् । प्रालि सम्बद्ध ११ सय ९ व्यवसायीका ४ हजारको हाराहारीमा गाडी रहेका विभागले जनाएको छ । अहिले पनि २ सय ४५ समिति छन् । समिति मार्फतका केही व्यवसायीले पनि हिजोदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ खुलाएका छन् । गोगंबु बसपार्कमा प्रालि र समितिका २४ वटा काउण्टर छन् । जसअन्तर्गत प्रालि सम्बद्ध व्यवसायीले टिकट बुकिङ सहज गरेका विभागले जनाएको छ । 

प्रवक्ता उपाध्यायका अनुसार समिति सम्बद्ध व्यवसायीले पनि छिट्टै टिकट बुकिङ खोल्नेछन् । यसअघि गएको भदौ ३१ गते विभाग र व्यवसायीबीच शुक्रबारदेखि दसैँको लागि अग्रिम टिकट बुकिङ गर्ने सहमति भएको थियो ।

तर समिति सम्बद्ध व्यवसायीले सोमबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाउ नघटाएसम्म टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । उनीहरुलाई सहमतिमा ल्याउन विभागले छलफल गरिरहेको छ । 

source :ujyaaloonline