श्याम घिमिरे अशोज ५ अर्घाखाँची :
राजमो निकट अखिल नेपाल ट्रेडयुनियन महासंघ अन्टुक अर्घाखाँचीको बिशेष बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । राजमो केन्द्रीय सदस्य झबिलाल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले सन्धिखर्क नगरपालीका र भुमिकास्थान नगरपालीकामा नगर भेला सम्पन्न गर्नको लागी एक समितिको गठन समेत गरेको छ । जसअन्तरगत सन्धिखर्क नगरपालीकामा कमलप्रसाद घिमिरे संयोजक र तुल्सी गैरे सहसंयोजक रहेको समिति गठन गरेको छ ।
त्यस्तै भुमिकास्थान नगरपालीकामा ईन्द्रमणी भुसाल संयोजक र खिमप्रसाद खनाल सहसंयोजक रहेको समितिको गठन गरेको अन्टुकले जनाएको छ । बैठकले संगठन बिस्तार,प्रकाशन,मजदुर आन्दोलन लगायतका बिषयहरुमा छलफल गरेको छ । बैठक समितिका अध्यक्ष शिद्धि प्रसाद भट्टराईको अध्यक्षता र सचिब ईन्द्रमणी भुसालको सन्चालनमा सम्पन्न भएको हो ।