चालकको आन्दोलनका कारण गाडी नचल्दा यात्रुलाई सास्ती

                                                                                                 फाइल तस्बिर

श्याम घिमिरे ४, असोज अर्घाखाँची :
चालकको आन्दोलनका कारण विहीबार सदरमुकाम सन्धिखर्क बाट छुट्ने लामो तथा छोटो दूरीका गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गर्दै गाडी दुर्घटनामा यात्रुको ज्यान गए चालक जेल जानुपर्ने कडा व्यवस्था गरेपछि चालकहरुले घोषीत रुपमा आन्दोलन थालेका हुन् । उनिहरुले आफूहरुसँग छलफलनै नगरि सरकारले कानुन संशोधन गरेको भन्दै मंगलबार देखिनै आन्दोलन घोषणा गरेका हुन् । सरकारले आफ्नो मागबारे चासो नदेखाए भोलिदेखि अझै शसक्त रुपमा आन्दोलन गर्ने चालकहरुले बताएका छन ।