अर्घाखाँचीमा संबिधान दिबस मनाईयो, संबिधान कार्यान्बयनकोलागी सबैको सहयोग आबस्यक रहेको बक्ताहरुको भनाई

Image may contain: 5 people, people standing and suit

Image may contain: 2 people

श्याम घिमिरे आश्विन ३ अर्घाखाँची : नेपालको संविधान जारी भएको आज तिन वर्ष पूरा भएको छ । दुईवटा संविधानसभाको चुनावपछि निकै लामो रस्साकस्सीबिच संविधानसभाका ९० प्रतिशतभन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । यसै दिनलाई मध्यनजर गर्दे आज देशभर संबिधान दिबस मनाईएको छ । तर संविधान जारी भएकै दिनदेखि यसको कार्यान्वयन पक्षका बारेमा अनेकौं आशंका समेत गरिएको थियो । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबिचको बेमेलले निर्धारण गरिएका काम तिन वर्ष भित्र पूरा हुन्छ कि हुँदैन भन्ने अन्यौलता रहेको थियो ।

Image may contain: 2 people, including Ram Chandra Paudel

यसैबिच  बुधबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पनि संबिधान दिबसको अबसरमा प्रभातफेरी तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ । संबिधान दिबस जिल्ला समारोह समितिको आयोजनामा बिहान सन्धिखर्कमा बाजागाजा सहित प्रभातफरी गरी जिबिसको सभाहलमा प्रबचन कार्यक्रम तथा कबिता बाचन कार्यक्रम सम्पन्न भएको हो ।

Image may contain: 2 people

कार्यक्रममा मनतब्य राख्ने बक्ताहरुले संबिधानको कार्यन्वयन तिब्र गतिले अगाडी बढी रहेको हुनाले यसको सफल कार्यान्बयनकोलागी सबैको सहयोग र सद्भाबको आबश्यकता रहेको बताउनु भयो ।

Image may contain: 1 person, indoor

यसरी मनतब्य राख्नेहरुमा जिल्ला न्यायाधिस रामचन्द्र पौडेल,जिल्ला समन्वय समितिका उपप्रमुख टिका पुलामि मगर ,सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिक , प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेकपाका प्रतिनिधि जिबनारायण कोईराला,नेपाली काँग्रेसका सभापति बिष्णु प्रसाद खनाल मुस्कान, राजमो उपाध्यक्ष गोपाल पौडेल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी लेकाली, प्रहरी नायब उपरीक्षक नबराज मल्ल,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष शिद्धिप्रसाद भुसाल लगायत रहनुभएको थियो ।

Image may contain: 1 person

कार्यक्रममा मनतब्य राख्दै उहाँहरुले नेपालमा राजनितिक आन्दोलन पुरा भैसकेको हुनाले अबका दिन भनेका बिकास निर्माण र आर्थीक क्रान्तीको भएकोले सोही अनुसार अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा बिभिन्न महानुभाबहरुले कबिता बाचन समेत गर्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षता बिशेष नापी कार्यालयका प्रमुख खिमबहादुर रानाको स्वागत मनतब्य र शेषकान्त घिमिरेको सन्चालनमा सम्पन्न भएको हो । यसअघि मंगलबार  मैत्रिपुर्ण फुटबल प्रतियोगीता समेत सम्पन्न भएको थियो ।

Image may contain: 2 people

Image may contain: 3 people, people sitting

Image may contain: 1 person, standing and indoor

Image may contain: one or more people, people walking, crowd, sky and outdoor

Image may contain: one or more people, people walking and outdoor

Image may contain: one or more people, sky and outdoor

Image may contain: 12 people, people smiling, people standing, crowd and outdoor

Image may contain: 7 people, including Laxman Khadka, outdoor

Image may contain: 4 people, people smiling, people standing

Image may contain: 6 people, tree, crowd, plant and outdoor

Image may contain: 2 people, people sitting and indoor

Image may contain: 8 people, including Laxman Khadka, people standing, crowd, tree and outdoor

Image may contain: 5 people, people standing and suit

Advertisement

अखिल छैठौ सन्धिखर्क नगर समितिको अध्यक्षमा खनाल निर्बाचित

सन्धिखर्क एफएम आश्विन ३ अर्घाखाँची : अखिल छैठौ सन्धिखर्क नगर समितिको अध्यक्षमा सन्देश खनाल निर्बाचित हुनुभएको छ । जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा बुधबार सन्धिखर्क मसाल बजारमा सम्पन्न दोस्रो नगर भेलाले सन्देश खनालको नेतृत्वमा १९ सदस्यिय सन्धिखर्क नगर समितिको चयन गरेको हो ।

जसको उपाध्यक्षमा शारदा नेपाली,सचिव नविन बन्जाडे,सह–सचिव मिलन खनाल र कोषाध्यक्षमा पुजा खनाल निर्बिरोध निर्बाचित हुनुभएको छ भने संकल्प पुन र सपना नेपाली सचिवालय सदस्यमा चयन हुनुभएको छ ।

नगरका निर्वतमान अध्यक्ष बिष्णु के.सी.को अध्यक्षता,आकाश भाटको स्वागत मन्तव्य र सन्देश खनालको संचालनमा सम्पन्न भेलामा अखिल छैठौंका केन्द्रिय सदस्य गोपाल प्रसाद भट्टराई,राष्ट्रिय जनमोर्चा प्रदेश ५ का सदस्य शेर बहादुर बि.सी.,जिल्ला अध्यक्ष थम्मन केसी.,उपाध्यक्ष गोपाल पौडेल,सन्धिखर्क नगर अध्यक्ष पशुपति ढकाल, किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खनाल,महिला संघ नगर अध्यक्ष मिना बि.सी.,युवक संघ जिल्ला कोषाध्यक्ष बसन्त खड्का लगायतले शुभकामना मन्तव्य राख्दै उर्जावान युवा शक्ति कुलतमा फसेमा समाज नै दुर्गन्धित हुने भन्दै सबैखाले सामाजिक बिकृतिका बिरुद्ध एकजुट हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

नगरका १२ वटै वडाबाट छैठौंका प्रतिनिधिहरुको सहभागिता रहेको भेलामा अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना,अन्टुक केन्द्रिय उपाध्यक्ष गोविन्द वि.सी.,जनजाती सम्मेलन केन्द्रिय सदस्य उषा पुन,अखिल नेपाल शिक्षक संघ नगर सदस्य महेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

यहि असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको अखिल छैठौंले सांगठानिक अभियान संगसंगै सामाजिक अन्धविस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियानलाई तिब्र पारेको छ ।