सन्धिखर्क एफएम आश्विन २ अर्घाखाँची : शान्ति माध्यमिक बिद्यालय मालारानी ५ बाँगीको आयोेजनामा सोमबार पुर्व शिक्षक तथा बिद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै राष्ट्रिय सभाका सदस्य चन्दबहादुर खड्काले बाँगिको शिक्षा क्षेत्रमा योगदान पुराएका व्यतिलाई सम्मान गर्न पाएकोमा खुसी व्यत गर्नुभयो ।
बिद्यालयका प्रअ मानबहादुर पाण्डेको अध्यक्षता सहायक प्रअ तारा प्रसाद भुसालको स्वागत मनतब्य र सहायक प्रअ माधव पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल,जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख मणिराम पराजुलीे लगायले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विधालयबाट सेवानिवृत भएका शिक्षक तथा उकृष्ट विद्यार्थी सम्मान गरिएको हो ।