सहयोगी बि. सि. असौज २ अर्घाखाँची :
भारतका विभिन्न शहरबाट अर्घाखाँची जिल्लामा आएर हातहेर्ने ,ग्रहदशा हेर्ने नाममा सोझासोझा जनतालाई ठगिगर्ने पंहेलो बस्त्रधारिलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सम्झाई बुझाई जिल्ला आगमनमा रोक लगाएको छ । विभिन्न ब्यक्तिहरुलाई हजारौं रुपैया ठगी गरेको सूचनाका आधारमा निजहरुलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा निजहरुले विभिन्न नाममा ठगी गरेकोले एकपटकको लागी सम्झाई बुझाई जिल्ला आगमनमा रोक लगाएको जिल्ला कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सोझासाझा ब्यक्तिको भबिस्यबाणी गरिदिने नाममा उनिहरुले ठग्दै आएका र विभिन्न कार्यालय ,संघ संस्था बाट प्रमाणपत्र समेत लिएर हिडि सामान्य मानिसलाई समेत भ्रममा पारेका थिए। देख्दा सामान्य जोगि सन्यासी जस्ता लाग्ने निजहरुको बिश्वासमा नपर्न समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ।साथै कुनैपनी अपरिचित ब्यक्ती आएमा जिल्ला प्रहरी कार्यालयमा जानाकारि दिन समेत अनुरोध गरेको छ। यसभन्दा पहिला पनि झन्डै २ दर्जन महिला बालबालिका लाई समेत भारत पठाइएको थियो।