श्याम घिमिरे आश्विन २ अर्घाखाँची : संबिधान दिबस २०७५को अबसरमा मंगलबार सन्धिखर्कमा मैत्रिपुर्ण फुटबल खेल सम्पन्न भएको छ । जनप्रतिनिधि,राजनितिकदल पत्रकार र राष्ट्रसेबक कर्मचारीहरुको दुई समुहमा सम्पन्न भएको मैत्रीपुर्ण खेलमा राष्ट्रसेबक कर्मचारीले जनप्रतिनिधिको समुहलाई ३–१ को गोलले पराजीत गरेको हो । दुई समुहमा सम्पन्न खेलमा जनप्रतिनिधिको समुहको तर्फबाट टिमक्याप्टेन जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल र राष्ट्रसेबक कर्मचारीको तर्फबाट टिम क्याप्टेनको रुपमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल रहनु भएको थियो । यस्तै फुटबल खेलपछी मंगलबार साँझ सन्धिखर्कको शान्ती बगैचा र चुत्राबेसीको पुरानो बसपार्कमा दिपाबली समेत गरीएको हो ।
Day: September 18, 2018
प्रहरी द्वारा जिल्लामा रोक
सहयोगी बि. सि. असौज २ अर्घाखाँची :
भारतका विभिन्न शहरबाट अर्घाखाँची जिल्लामा आएर हातहेर्ने ,ग्रहदशा हेर्ने नाममा सोझासोझा जनतालाई ठगिगर्ने पंहेलो बस्त्रधारिलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सम्झाई बुझाई जिल्ला आगमनमा रोक लगाएको छ । विभिन्न ब्यक्तिहरुलाई हजारौं रुपैया ठगी गरेको सूचनाका आधारमा निजहरुलाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा निजहरुले विभिन्न नाममा ठगी गरेकोले एकपटकको लागी सम्झाई बुझाई जिल्ला आगमनमा रोक लगाएको जिल्ला कार्यालय अर्घाखाँचीले जनाएको छ ।
सोझासाझा ब्यक्तिको भबिस्यबाणी गरिदिने नाममा उनिहरुले ठग्दै आएका र विभिन्न कार्यालय ,संघ संस्था बाट प्रमाणपत्र समेत लिएर हिडि सामान्य मानिसलाई समेत भ्रममा पारेका थिए। देख्दा सामान्य जोगि सन्यासी जस्ता लाग्ने निजहरुको बिश्वासमा नपर्न समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ।साथै कुनैपनी अपरिचित ब्यक्ती आएमा जिल्ला प्रहरी कार्यालयमा जानाकारि दिन समेत अनुरोध गरेको छ। यसभन्दा पहिला पनि झन्डै २ दर्जन महिला बालबालिका लाई समेत भारत पठाइएको थियो।
अखिल छैठौं अर्घाखाँचीले सांगठनिक अभियानलाइ तिब्रता दियो
सन्धिखर्क एफएम आश्विन २ अर्घाखाँची : आसन्न असौजको पहिलो हप्ता जिल्ला सम्मेलन गर्ने तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले सोमबार शिव मदन मा.वि.अड्गुरी र आदर्श मा.वि.खांचिकोटमा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।
बिषय केन्द्रित प्रशिक्षण पछि सम्पन्न भएको संगठनको भेलाले भिमा पल्लीको अध्यक्षतामा ५१ सदस्यिय अखिल छैठौं शिव मदन मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः अन्जली थापा क्षेत्री,सिर्जना दर्लामी,सुजन बिष्ट र गरिसा थापा चयन हुनुभएको छ ।
यस्तै भेलाले बिनोद थापाको अध्यक्षतामा २९ सदस्यिय आदर्श मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्षमा विशाल रायमाझी,सचिव गिर बहादुर बस्नेत,अन्जली राजकोटी र अस्मिता गैरे निर्बा्चित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्दे छ ।
प्रेस युनियन अर्घाखाँचीको अधिवेशन असौज ७ गते हुने
सन्धिखर्क एफएम आश्विन २ अर्घाखाँची :नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको अधिवेशन यही असौज ७ गते गर्ने निर्णय भएको छ । सन्धिखर्कमा सोमबार बसेको बैठकले युनियनको छैठौ जिल्ला अधिवेशनको मिती तय गरेको छ । युनियनले अधिवशेन सम्पन्न गर्नका लागी विभिन्न समितीहरुको निमार्ण समेत गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष सूर्यप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले विपी स्मृति भवन सन्धिखर्कमा सम्पनन गर्ने अधिवेशनको लागी केन्द्रीय अध्यक्ष बद्री सिग्देल, बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, बरिष्ठ नेता शिव लम्साल, महासचिव अजयबाबु शिवाकोटी लगायतका केन्द्रीय नेताहरु अधिवेशनको लागी अर्घाखाँची आउँने प्रेस युनियनले जानकारी दिएको छ ।
बैठक पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्यको प्रमुख आतिथ्यता र सहसचिव रुद्रमणि भुसाल, कोषाध्यक्ष अशोक पौडेल, सदस्यहरु घनश्याम पौडेल, विष्णु खनाल, लक्ष्मण घिमिरे लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
असुरकोटमा नवनिर्मित स्वास्थ चौकी भवन को उद्घाटन
अशोक पौडेल आश्विन २ अर्घखाँची : भुमिकास्थान नगरपालिका वडा न ५ असुरकोटमा रहेको स्वास्थ चौकी को नवनिर्मित भवन को सोमबार एक समारोहका बिच उद्घाटन भएको छ । उद्घाटन समारोहमा भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले स्वास्थ्थ क्षेत्रमा नगरले धेरै लगानी गरेको हुदा यस वाट कोहि पनि बन्चित हुन नपर्ने बताउनु भयो । यस्तै नगर उपप्रमुख खडानन्द बेल्वासेले स्वास्थ्थको पहुँच नपुगेकाहरु सम्म पनि स्वास्थ को पहुँच पुराउने र यसका निम्ति नगर ले उचित बजेट छुट्टाउदै स्वास्थ्थमा लगानी गर्ने बताउनु भएको हो ।
कार्यक्रममा नेकपाका प्रतिनिधि भवानी घम, नेपाली काँग्रेसका बिष्णु श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका हिमलाल बन्जाडे स्वयंसेविका कमला बन्जाडे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा अध्यक्ष तुल्सिराम बेल्वासेको अध्यक्षता धन बहादुर पुनको स्वागत मन्तव्य र स्वास्थ चौकी इन्चार्ज शिशिर रिजालको संचालमा सम्पन्न भएको हो ।