सिद्धार्थ केसी आश्विन १ अर्घाखाँची :भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी औवल निवासी नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ता एवं मुक्ति समाज अर्घाखाँचीका नेता बिक्रम सुनार र राजेश सुनारका पुज्यनिय पिता, नेकपाका शुभ चिन्तक पबित्रा सुनारका पति नेकपाका पुराना कार्यकर्ता तथा पार्टीका संरक्षक इन्द्रबहादुर सुनारको ७३ बर्षको उमेरमा दुखद निधन भएकोमा धारापानी औवल स्थित उहाको घरमा पुगेर नेकपा अर्घाखाँचीका नेताहरुले सोमबार श्रद्धाञ्जली तथा समबेदना व्यक्त गरेका छन ।
उनीहरुले एउटा दलित गरिब परिवारमा जन्मेर पनि स्वर्गीय इन्द्र बहादुर सुनारले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाल कम्युनिस्ट पार्टीको संरक्षण तथा बिकास बिस्तारमा महत्वपूर्ण योगदान पुरयाउनु भएको भन्दै उहाँको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । नेकपा अर्घाखाँचीको तर्फबाट भएको शोकसभामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक,नेकपाका नेता प्रेम नारायण गैरे, छमकुमारी खनाल चिनारी, ठाकुर सौराग, हरि बहादुर केसी, अनेरास्ववियुका नेता नारायण भुसालको सहभागिता रहेको हो ।