धारापानी औवलमा शोक सभा सम्पन्न

सिद्धार्थ केसी आश्विन १ अर्घाखाँची :भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानी औवल निवासी नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्ता एवं मुक्ति समाज अर्घाखाँचीका नेता बिक्रम सुनार र राजेश सुनारका पुज्यनिय पिता, नेकपाका शुभ चिन्तक पबित्रा सुनारका पति नेकपाका पुराना कार्यकर्ता तथा पार्टीका संरक्षक इन्द्रबहादुर सुनारको ७३ बर्षको उमेरमा दुखद निधन भएकोमा धारापानी औवल स्थित उहाको घरमा पुगेर नेकपा अर्घाखाँचीका नेताहरुले सोमबार श्रद्धाञ्जली तथा समबेदना व्यक्त गरेका छन ।

उनीहरुले एउटा दलित गरिब परिवारमा जन्मेर पनि स्वर्गीय इन्द्र बहादुर सुनारले नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाल कम्युनिस्ट पार्टीको संरक्षण तथा बिकास बिस्तारमा महत्वपूर्ण योगदान पुरयाउनु भएको भन्दै उहाँको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए । नेकपा अर्घाखाँचीको तर्फबाट भएको शोकसभामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक,नेकपाका नेता प्रेम नारायण गैरे, छमकुमारी खनाल चिनारी, ठाकुर सौराग, हरि बहादुर केसी, अनेरास्ववियुका नेता नारायण भुसालको सहभागिता रहेको हो ।

Advertisement

शान्ति बगैचामा बुद्धको मुर्ती अनावरण,पर्यटकीय स्थल बन्दै शान्ती बगैचा

शान्ति बगैचामा  बुद्धको मुर्ती अनावरण

प्रेमनारायण आचार्य १ असोज अर्घाखाँची : लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुँदै सन्धिखर्कमा ल्याउनका लागि शान्ति बगैचामा  भगवान गौतम बुद्धको मुर्ती अनावरण गरिएको छ । शान्ती बगैचामा गएको बर्ष बुद्ध पुर्णिमाको दिन राखिएको बुद्धको मुर्ती वुद्ध धर्मको पुजा आजाका साथ अनावरण गरिएको हो। बुद्धको मुर्ती सात लाख बराबरको रहेको छ । भजनमाला भजन खल स्वयम्भू काठमाण्डौका उपाध्यक्ष पूर्णकाजी ज्यापुको नेतृत्वमा अर्घाखाँचीमा बौद्ध भिक्षुसहित  डेडसयभन्दा बढीको संख्यामा उपस्थिति बौद्ध धर्मावलम्बीहरूले पुजाआजा गरेर  मुर्तिको उद्घाटन गरिएको हो । भिक्षु धर्मानन्दले बौद्ध संस्कृती अनुसार पुजाआजा गराएका थिए।

बौद्ध समाज अर्घाखाँचीका अध्यक्ष खुमलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले यस मुर्तिको स्थापनाले सन्धिखर्कलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न र शान्तिको शन्देश छर्न सहयोग पुगेको बताउदै, मुर्ति स्थापना गरि सहयोग पुर्‍याउने ज्ञानमाला भजन समुहलाई धन्यवाद दिए।

 अर्घाखाँचीको जिल्ला सदरमुकामको मुटुमा रहेको शान्ती बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । अभियान सुरु भएको केही महिनामै बगैंचाको मुहार नै फेरिएको छ । पहिलो चरणमा शान्ती बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको हो ।
पर्यटकहरुलाई आकर्षित गर्नका लागि बगैचालाई व्यवस्थित र थकान तथा पिडामा रहेका मानिसहरुको थकाइ र पिडा पार गर्ने खालको शान्ती बगैचा बनाउन नगरपालिका र स्थानीयहरु लागि परेका छन् ।  

सन्धिखर्क बजारको बिचमा रहेको शान्ती बगैचामा आपका रुखमात्र रहेका थिए । यसलाई नयाँ योजनाका साथ आपका रुखहरुसँगै  व्यवस्थित गरेर प्रमुख पर्यटकीय शान्ती क्षेत्रको रुपमा विकास गर्न  थालिएको हो। शान्ती बगैचामा बुद्धको मुर्ती राखिएको छ ।  सबै क्षेत्रमा फुल, पानीका फहरा, तथा उद्यान पार्कको रुपमा विकास गर्न थालिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए । उनले शान्ती बगैचालाई व्यवस्थित गरेर नयाँ संरचनाका साथ निर्माण गरेर अशान्ती भएको समयमा बगैचामा आएपछि मन शान्त हुने खालको बनाउन थालिएको बताए।

पानीको फोहरा, गणेश  मन्दिर, बालयुवा तथा वृद्धवृद्धामैत्री पूर्वाधार विकास गर्ने, हरितमार्ग, बालबालिकाको मनोरञ्जनका लागी पिङ्ग, झुला बनाउने, वरीपरी तारजाली लगाएर सुरक्षित गर्ने गरी कार्य अगाडी बढाएकोे नगर प्रमुख भुसालको भनाइ छ  ।  फुलबारी, वाल उद्यान, बस्ने तथा बसेर आनन्द लिने स्थानको रुपमा विकास गर्नका लागि सन्धिखर्क नगरपालिकाले गत वर्ष ३५ लाख रकम विनियोजन गरेर काम गरेको थियो । रकम अभावले सोचे अनुसारको काम नहुने भएपछि यस बर्षको लागि १० लाख रकम विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकले बताए।

बगैचामा लगाउनका लागि भैरहवावाट अशोका, क्रिसमस ट्रि, धुपी सल्लालगायतका बिरुवाहरु ल्याएर लगाउन थालिएको निर्माण समितिका अध्यक्ष नारायण बन्जाडेले बताए । उनले भने,‘ पर्यटकीय स्थल बनाउन सबै लागि परेका छौ । देशकै नमुना बगैचा बनाउने हाम्रो योजना छ ।’ सुपा देउराली मन्दिरमा आएका पर्यटकहरुलाई आकर्षित गर्नका लागि बगैचाको नयाँ व्यवस्थापन गर्न थालिएको हो । यहाँ दैनिक रुपमा झण्डै ५ सय मानिसहरुले अवलोकन गर्ने गरेका छन्।

अर्घाखाँचीमा न्यु होल्याण्ड ट्याक्टरको सोरुम सन्चालन

श्याम घिमिरे ,असौज १ अर्घाखाँची  :
बिश्वकर्मा पुजाको दिन पारेर अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका वडानम्बर १ स्थित मेनरोडमा ब्यबसायिक कृषि प्रयोजनको लागी अत्यावश्यक कृषि टयाक्टर बिक्री कक्ष सोमबार देखी संचालनमा आएको छ ।


सन्धिखर्क १ निवासी युबा ब्यबसायी एवं सन्धिखर्क नगरपालीका वडानम्बर १ का वडासदस्य लक्ष्मण पराजुलीले, पराजुली मेशिनरी स्टोर्स नामको सोरुम संचालनमा ल्याउनु भएको हो । सोरुममा ट्याक्टर ,जेसिबी लगायत कृषि संग सम्बन्धित बिभिन्न सामाग्रीहरुको बिक्री बितरण र मर्मत गरिने पराजुलीले बताउनु भयो ।

यसैबिच नेपाल सरकारले कृषि ब्यबसाय गर्नेलाई अनुदान तथा सहुलियत दरमा कृषि सामाग्रीहरु उपलब्ध गराउने नीति लिएको समयमा अर्घाखाँची बासीहरुले जिल्लामै सामान खरिद गर्न पाइने भन्दै खुसी ब्यक्त समेत गरेका छन ।

नेपाल अर्बुद रोग निवारण संस्था अर्घाखाँचीको आयोजनामा चेतनामुलक कार्यक्रम सम्पन्न

श्याम घिमिरे अशोज १ अर्घाखाँची :

नेपाल अर्बुद रोग निवारण संस्था अर्घाखाँचीको आयोजनामा म सक्छु, हामी सक्छौ भन्ने मुल नाराका साथ  आइतबार संस्थाको ३६ औ स्थापना दिबस सन्धिखर्कमा मनाईएको छ । बार्षिक स्थापना दिबसको अबसरमा संस्थाले सन्धिखर्क स्थित बडा नं २ को भक्तिटोल चोकमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले स्थापना कालदेखि क्यान्सर रोग लाग्न नदिन र लागिसकेपछि यसबाट वच्नकालागि सचेतनाका मुलक कार्यक्रम, रोगिहरूलाई मनोसामाजिक परामर्श ,आर्थिक सहयोग लगायतका सेबाहरु उपलब्ध गराउदै आएको छ ।

संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख तथा संस्थाका सल्लाहकार कमल प्रसाद भुसालले स्वास्थ्य सम्बन्धि यस्ता कार्यक्रम बडा स्तर सम्म पु¥याउन आफ्नो सहयोग रहने बताउदै क्यान्सर रोग निवारण संस्थाको प्रगतिको लागि आफ्नो तर्फ बाट मासिक रू पाँच हजार दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । उहाले क्यान्सर रोग लागेकाहरूलाई राज्यले रू एक लाख सहयोग गर्ने बताउदै यो रोगबाट बच्न नियमित स्वास्थ्य जाँच र समयमै उपचार गर्न सबैलाई अनुरोध गर्नु समेत गर्नुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका बडा नं.१ का अध्यक्ष युबराज बन्जाडे ,२ का वडा अध्यक्ष मोतिजंग रायमाझी ,१० का वडा अध्यक्ष लक्ष्मी नारायण चुदाली,उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ ,खानेपानि उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ ,लुहेस्को अध्यक्ष कृष्ण प्रसाद बन्जाडे,लगायत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि ,संस्थाका आजीवन सद्स्य,पत्रकार,समाजसेवि लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका सचिव कुसल भुसालको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थीत सर्बसाधारणहरुलाई क्यान्सर सम्बन्धी पम्लेट,लिफ्लेटहरू समेत बितरण गरिएको थियो ।

आज विश्वकर्मा पूजा र वास्तु दिवस

 

आश्विन १, २०७५  – आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । 

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् । आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।