हिम जि सी लेकाली :शनिबार ३० भदौ, २०७५
भजनमाला भजन खल स्वयम्भू काठमाण्डाैकाे अायाेजनामा सन्धिखर्ककाे शान्ति बगैचामा सनिबार एक भव्य समाराेह बिच भगवान गाैतम बुद्धकाे प्रतिमा उद्घाटन गरिएकाे छ । मुर्ति निर्माण समितिका संयाेजक तथा भजन समुहका उपाध्यक्ष पुर्णकाजी ज्यापुकाे नेतृत्वमा अर्घाखाँचीमा बाैद्ध भिक्षु सहित डेडसयभन्दा बढिकाे संख्यामा उपस्थिति बाैद्ध धर्मावलम्बी हरूकाे उपस्थिति मा मुर्तिकाे उद्घाटन गरिएको हाे ।
उद्घाटन विशिष्ट अतिथि भिक्षु धर्मानन्दले बाैद्ध संस्कृती अनुसार गर्नु भएकाे छ ।बाैद्ध समाज अर्घाखाँचीका अध्यक्ष खुमलाल शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले यस मुर्तिकाे स्थापनाले सन्धिखर्कलाई पर्यटकिय स्थलकाे रूपमा बिकास गर्न र शान्ति काे शन्देश छर्न मदत पुगेकाे बताउदै ,मुर्ति स्थापना गरि सहयाेग पुर्याउनु हुने ज्ञानमाला भजन समुहलाइ धन्यबाद ज्ञापन गर्नु भयाे ।कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न१ का अध्यक्ष युवराज बन्जाडे ,भजन समूह स्वयम्भूका उपाध्यक्ष पुर्णकाजि ज्यापू , लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।
कार्यक्रममा ज्ञानमाला भजन समुहकाे तर्फबाट सन्धिखर्क नगरपालिका र बाैद्ध समाज अर्घाखाँची लाई मायाँकाे चिनाे प्रदानगरिकाे छभने बुद्ध समाज लाई नगद रू,पचास हजार दुई प्रदान गरियकाे छ ।,काठमाडौ दखि सन्धिखर्क अाउनु हुने धर्मालम्बीहरूलाई सन्धिखर्क नगरपालिका तथा समाजसेवि नारायण बन्जाडे लेभाेजन र अाबासकाे सेवा प्रदान गर्नु भएको थियाे ।उक्तकार्यक्रमकाे सन्चालन सनपा १का वडा सदस्य युवा ब्यक्तितब लक्ष्मण पराजुलि र स्बागत बुद्ध समाजका सहसचिब नारायणअर्याले गर्नु भएकाे थियाे । बिगत बर्ष बुद्ध पुर्णिमाकाे दिन राखियका बुद्ध मुर्ति सात लाख बराबरकाे रहेकाे छ ,उक्त मुर्तिलाइ सन्धिखर्क निबासि लक्ष्मण भुसाल र बिष्णु माया खनालकाे विशेष पहलमा सन्धिखर्कमा ल्याइयकाे हाे