विभिन्न निर्णय गर्दै नेवि संघको बैठक सम्पन्न

२०७५  भाद्र ३० : बिष्णु खनाल सन्धिखर्क ।  

नेपाल विद्यार्थी संघ अर्घाखाँचीको बैठक वीपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । ने.वि.संघका जिल्ला सभापति युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णयहरु गरेको छ । १३ औं महाधिवेशनमा जुटेको नेवि संघ अर्घाखाँचीले संगठन विस्तार कार्यलायलाई प्रभावकारी बनाउँदै आगामी जिल्ला अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । यहि आश्विन १५ गतेभित्र उच्च मावि, क्याम्पस र सम्पुर्ण स्थानीय तहरुमा समिति गठन गर्नका लागि विभिन्न व्यक्तिलाई संयोजक तय गरेको छ । जसमा संघका वरिष्ठ उपाध्यक्ष नेत्र मरासिनीलाई शितगंगा नगरपालिका, उपाध्यक्ष सुरज रायमाझीलाई भुमिकास्थान नगरपालिका, सचिव कृष्ण भुसाललाई मालारानी गाउँपालिका, कोषाध्यक्ष गोविन्द भट्टराईलाई छत्रदेव गाउँपालिका, त्यस्तै पाणिनी गाउँपालिकामा कृष्ण पौडेल र भरतमणि भट्टराईको संयोजकत्वमा सन्धिखर्क नगरपालिकामा समिति गठन गर्न जिम्मेवारी बाँडफाड गर्ने निर्णय गरेको छ । यस्तै आश्विन १९ गते बस्ने बैठकले जिल्ला प्रतिनिधि अनुमोदन गरि जिल्ला अधिवेशनको मिति तय गर्ने समेत निर्णय गरिएको छ । कार्यक्रम सचिव कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको सुरज रायमाझीले बताउनु भयो ।

Advertisement

सन्धिखर्कमा गाैतमबुद्धकाे प्रतिमा उद्घाटन

 

हिम जि सी लेकाली :शनिबार ३० भदौ, २०७५ 

भजनमाला भजन खल स्वयम्भू काठमाण्डाैकाे अायाेजनामा सन्धिखर्ककाे शान्ति बगैचामा सनिबार  एक भव्य समाराेह बिच भगवान गाैतम बुद्धकाे प्रतिमा उद्घाटन गरिएकाे छ । मुर्ति निर्माण समितिका संयाेजक तथा भजन समुहका उपाध्यक्ष पुर्णकाजी ज्यापुकाे नेतृत्वमा अर्घाखाँचीमा बाैद्ध भिक्षु सहित डेडसयभन्दा बढिकाे संख्यामा उपस्थिति बाैद्ध धर्मावलम्बी हरूकाे उपस्थिति मा मुर्तिकाे उद्घाटन गरिएको हाे ।

उद्घाटन विशिष्ट अतिथि भिक्षु धर्मानन्दले बाैद्ध संस्कृती अनुसार गर्नु भएकाे छ ।बाैद्ध समाज अर्घाखाँचीका अध्यक्ष खुमलाल शर्मा काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले यस मुर्तिकाे स्थापनाले सन्धिखर्कलाई पर्यटकिय स्थलकाे रूपमा बिकास गर्न र शान्ति काे शन्देश छर्न मदत पुगेकाे बताउदै ,मुर्ति स्थापना गरि सहयाेग पुर्याउनु हुने ज्ञानमाला भजन समुहलाइ धन्यबाद ज्ञापन गर्नु भयाे ।कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न१ का अध्यक्ष युवराज बन्जाडे ,भजन समूह स्वयम्भूका उपाध्यक्ष पुर्णकाजि ज्यापू , लगायतले मन्तब्य राख्नु भएकाे थियाे ।

कार्यक्रममा ज्ञानमाला भजन समुहकाे तर्फबाट सन्धिखर्क नगरपालिका र बाैद्ध समाज अर्घाखाँची लाई मायाँकाे चिनाे प्रदानगरिकाे छभने बुद्ध समाज लाई नगद रू,पचास हजार दुई प्रदान गरियकाे छ ।,काठमाडौ दखि सन्धिखर्क अाउनु हुने धर्मालम्बीहरूलाई सन्धिखर्क नगरपालिका तथा समाजसेवि नारायण बन्जाडे लेभाेजन र अाबासकाे सेवा प्रदान गर्नु भएको थियाे ।उक्तकार्यक्रमकाे सन्चालन सनपा १का वडा सदस्य युवा ब्यक्तितब लक्ष्मण पराजुलि र स्बागत बुद्ध समाजका सहसचिब नारायणअर्याले गर्नु भएकाे थियाे । बिगत बर्ष बुद्ध पुर्णिमाकाे दिन राखियका बुद्ध मुर्ति सात लाख बराबरकाे रहेकाे छ ,उक्त मुर्तिलाइ सन्धिखर्क निबासि लक्ष्मण भुसाल र बिष्णु माया खनालकाे विशेष पहलमा सन्धिखर्कमा ल्याइयकाे हाे