अर्घाखाँचीमा बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

सन्धिखर्क एफएम भाद्र २९ अर्घाखाँची :बलात्कारपछि हत्या गरेको अभियोगमा एकजनालाई अर्घाखाँचीको जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । बिहीबार जिल्ला अदालत अर्घाखाँचीले ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलाशले दाङ जिल्ला गडवा गाउँपालिका १ बस्ने ३४ वर्षीय विक्रम रानालाई जन्म कैदको फैसला सुनाएको हो ।

बलात्कारमा सहयोगी बनेका दाङकै राप्ती गाउँपालिका भालुवाङ १ निवासी ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैद गरिएको श्रेष्तेदार मोहनप्रसाद बेल्वासेले जानाकारी दिए । रानाले २०७४ फाल्गुन २० गते राति सितगंगा नगरपालिका ८ सिद्धारा जामुने सामुदायिक वन अर्घाखाँचीमा दाङ जिल्ला राप्ती गाउँपालिका १ बस्ने मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेका थिए । परियारको लाश जगंलमा अर्को दिन फाल्गुन २१ गते नग्न अवस्थामा प्रहरीले फेला पारेको थियो । घटनाको बारेमा मृतकका श्रीमान बसन्त दमै परियारले जाहेरी दिएका थिए । मृतकका छोराछोरीलाई क्षतिपूर्तिवापत दुई लाख तत्काल राज्यबाट उपलब्ध गराउन फैसलामा उल्लेख गरिएको छ ।

Advertisement