एकताका लागि ‘विधि र मान्यता’ बनाएर जाने नेकपाको निर्णय,साम्य होला त पूर्वएमालेभित्रको विवाद ?

भदौ २७, २०७५ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको सांगठनिक र तल्ला तहको एकतालाई आज पनि पूर्णता दिन सकेन। तत्कालीन एमाले र माओवादीको एकतापछि प्रदेश कमिटीको घोषणा गर्ने भनेर बसेको सचिवालय बैठकले एकताका क्रममा देखिएका विवादलाई साम्य पार्न एकीकरणको विधि र मान्यता बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार प्रदेश र सांगठनिक एकतालाई पूर्णता दिन बैठक बस्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  प्रवक्ता श्रेष्ठले आजको बैठकमा सांगठनिक एकीकरणका कामहरूलाई अगाडि बढाउने सन्दर्भमा छलफल भएको बताए। बैठकपछि उनले भने, ‘बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षहरूको परामर्शबाट पारित भएको प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए, जसमा अध्यक्षद्वयले थप कुरा राखेका थिए।’ 

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले कुरा राखेपछि थप छलफल भएको श्रेष्ठले जानकारी दिए। उनले पार्टीको तल्लो तहको एकता पनि टुंगो लाग्नेतर्फ गएको जानकारी दिए। ‘उक्त कुराहरूमाथि छलफल गर्दै त्यसलाई टुंग्याउने दिशामा अगाडि बढ्ने क्रममा आज समय पर्याप्त नभएकाले बिहीबार ३ बजे बैठक बस्ने गरी आजको बैठक सकिएको छ’, उनले भने।  श्रेष्ठका अनुसार प्रदेश र जिल्ला तहको एकताका लागि विधि र मान्यता बनाएर अगाडि बढ्नुपर्ने कुरा सचिवालय बैठकमा उठेको थियो।

आजको बैठकको प्रमुख निर्णय नै ‘विधि र मान्यतालाई समझदारीमा टुंग्याउने र प्रदेश कमिटीलगायत अन्य कमिटी र संगठनको एकतालाई टुंगो लगाउने’ रहेको श्रेष्ठको भनाइ थियो।  पार्टी एकतालाई लिएर नेकपाभित्र शीर्ष तहमा नै असन्तुष्टि चुलिँदै आएको छ। पूर्व एमालेमा यो समस्या बढ्दै गएको सार्वजनिक भएको छ। अध्यक्ष ओलीले नेता नेपालको वर्चश्व रहेका जिल्लाहरूमा विधि र मान्यता मिचेको भन्दै विवाद सार्वजनिक भएको थियो।

नेकपाले संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूलाई पार्टी जिम्मेवारी नदिने र त्यसबाहेकका जिल्ला अध्यक्ष र सचिवलाई मुख्य रूपमा जिम्मेवारी दिने विधि बनाए पनि नेता नेपाल पक्षको वर्चश्व रहेका पश्चिमका कतिपय जिल्लामा अध्यक्ष र सचिवलाई नेतृत्व नदिएर आफूनिकट कनिष्ठलाई नेतृत्वमा प्रस्ताव गरेको भन्ने गुनासा आएका थिए। उक्त विवाद उठेपछि पहिलो पटक बसेको सचिवालय बैठकले उक्त विवाद साम्य पार्न पनि समझदारीमा नै विधि र मान्यता बनाएर अगाडि बढ्ने निर्णय गरेको हो। हाल नेकपाका भ्रातृ संगठनहरू र प्रदेश, जिल्लालगायतका संगठनहरू एकताको प्रक्रियामा रहेका छन्।

यीमध्ये अधिकांशले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइसेका छन्। नेतृत्व नटुंग्याइएका ती प्रतिवेदनमा सहमति जुटाउन दुवै अध्यक्षहरूलाई जिम्मा दिइएको छ।  गठबन्धन बनाएर संघीय र प्रदेशको चुनावमा गएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकता जेठ ३ गते भएको थियो। त्यसपछि तल्लो कमिटी र भ्रातृ संगठनको एकता टुंग्याउने मिति तोकिए पनि पटक पटक सर्दै आएको छ। अहिले भने दुवै अध्यक्ष र सचिवालय पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भनेर छलफलमा जुटेका छन्।
source:thahakhabar.com

Advertisement

भुसाल द्वारा जन्मदिनको खर्च कटाइ सुस्त मनस्थितिका विद्यार्थीहरुलाई सहयोग

 

सन्धिखर्क एफएम भाद्र २७ अर्घाखाँची :

उद्योग वाणिज्य संघ अर्घाखाँचीका सदस्य, अर्घाखाँची युवा परिषद्का निवर्तमान अध्यक्ष एवं युबाब्यबसायी कृष्ण भुसालले आफ्नो जन्म दिनमा गर्ने खर्च कटाइ सुस्त मनस्थिति भएका बिद्यार्थीरुलाई मिष्ठान भोजनका लागि रकम उपलव्ध गराउनु भएको छ ।

उहाँले प्रत्येक वर्ष सन्धिखर्क स्थित निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरुलाई पाँच हजार उपलव्ध गराउनु हुने भएको हो । उहाँले भदौ २७ गते आफ्नो जन्मदिनको दिन विद्यार्थीहरुलाई मिष्ठान भोजन लगायतका स्वादिष्ट परिकार खुवाउन रकम उपलव्ध गराउने घोषण गर्नु भएको हो ।

यस्तै भुसालले आफ्नी आमाको वार्षिक पुण्य तिथिका दिन गरिव परिवारका विद्यार्थीहरुलाई समेत वार्षिक ५ हजार उपलव्ध गराउँदै आउनु भएको छ । सन्धिखर्क ८ किमडाँडाका स्वर्गिय कृष्ण बहादुर पाण्डेका दुइ छोराहरुकालागि अध्ययनमा सहयोग पु¥याउन रकम उपलव्ध गराउँदै आउनु भएको भुसालले बताउनुभयो ।

भगवती माबी बाल क्लबको आयोजनामा तिज गित प्रतियोगिता सम्पन्न

बिन्दु घिमिरेले भाद्र २७ अर्घाखाँची :

भुमिकास्थान नगरपालाीका वडा नम्बर ९ ढिकुराको भगवती माबी बाल क्लबको आयोजनामा मंगलबार खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । पाँच समुहको सहभागीता रहेको प्रतियोगीतामा न्यु संघर्षशील क्लब डेभा प्रथम , भगवती माबी डेभा ख द्धितिय , देउराली आधारभुत बिद्यालय भेडीखोर तृत्तीय र ढिकुरा नमुना युबा परीषद गैरागोठले शान्तोना स्थान प्राप्त गरेको हुन ।

आन्नद भुसालको अध्यक्षतामा सम्पन्न प्रतियोगीतामा भुमिकास्थान नगरपालीका वडा न ९ का वडा अध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा भगवती माबी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद मरासीनि ,स्रोत ब्यक्ती जेदुप्रसाद खनाल लगायतको उपस्थीति हरेको  थियो  ।

अखिल छैठौं अर्घाखाँची द्धारा सांगठनिक अभियानलाई बिब्रता

श्याम घिमिरे भाद्र २७ अर्घाखाँची :

आसन्न असौज ५ र ६ गते सम्पन्न हुन गईरहेको अखिल छैठौं अर्घाखाँचीको २४ औं जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले सांगठानीक गतिबिधिलाई तिब्रता पारेको छ । सोही क्रममा मंगलबार बाल शिक्षा मा.वि.ढाकावाङ्ग र प्रभाकर मा.वि.धारापानीमा सांगठनिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अखिल छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,कोषाध्यक्ष पुरन नेपाली,सह–सचिव सन्देश खनाल र सदस्य हिम्मत खनालले समसामुहिक बिषयमा प्रक्षिक्षण दिनुभएको हो ।

विद्यालयमा बिषयगत प्रशिक्षण पछि सम्पन्न सांगठानिक भेलाले अमृता खनालको अध्यक्षतामा ५७ सदस्यिय अखिल छैठौं बालशिक्षा मा.वि.मुल इकाई समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा शुसिल खनाल,सचिव मनिषा खनाल,सह–सचिव सिर्जना घ.म.र कोषाध्यक्षमा रन्जिता खनाल निर्बा्चित हुनुभएको छ ।

यस्तै भेलाले घनश्याम नेपालीको अध्यक्षतामा ६१ सदस्यिय अखिल छैठौं प्रभाकर मा.वि.मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः सविता बन्जाडे,देव बहादुर राना,करिना बन्जाडे र देवेन्द्र रेश्मी चयन हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीले“शैक्षिक ब्यापारीकरण र संघियता बिरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मुल नाराका साथ सन्धिखर्कमा २४औं जिल्ला सम्मेलन गर्ने  अखिल छैठौं अर्घाखाँचीका अध्यक्ष गोपाल भट्टराईले  जानकारी दिनुभयो ।