आर्घाखाँचीका सामुदायिक विद्यालयहरुमा पठनपाठन बन्द

अर्जुन भुसाल भाद्र २६ अर्घाखाँची :
विभिन्न मागहरु राख्दै राहत शिक्षक समितिले गरेको तिन दिने शैक्षिक हडतालका कारण आर्घाखाँचीका सामुदायिक विद्यालयहरुमा मंगलबार पठनपाठन बन्द भएको छ । समितिले भदौ २६ गते देखि २८ गते सम्म हडताल गर्ने जनाएको छ । राहत काटामा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई एकमुष्ट स्थायी गर्नु पर्ने लगायतका माग राख्दै समितिले आम शैक्षिक हडतालको आव्हान गरेको हो । राहत शिक्षक संघर्ष समिति अर्घाखाँचीका सचिब मणिराम आचार्यले तिन दिन सम्मको हडतालमा शैक्षिक संस्था बन्द गरेर सहयोग पु¥याउन आग्रह गर्नु भएको छ । उहाँले माग पुरा नगरे आन्दोलनलाई झनै सशक्त बनाएर लैजाने बताउनु भयो ।

Advertisement

अर्घाखाँचीमा नरभक्षी चितुवा मार्न ८० जना सुरक्षाकर्मी परिचालन

प्रेमनारायण आचार्य भाद्र २६ अर्घाखाँची:
अर्घाखाँचीको किमडाँडा क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो । सोमबार दिउँसो साढे तीन बजे सन्धिखर्क नगरपालिकाको वडा नम्बर–८, किमडाँडाको नेपाली चौरमा नरभक्षी चितुवाको आक्रमणबाट ५ वर्षीया बालिकाको ज्यान गएपछि चितुवा मार्न विशेष सुरक्षा टोली परिचालन गरिएको हो ।
चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले चितुवा मार्नका लागि नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र शसस्त्र प्रहरीको १५ जना गरी ८० जनाको विशेष टोली परिचालन गरिएको छ । सेना र प्रहरीसँगै जिल्ला वन कार्यलयको टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दा मिलेर चितुवाको खोजी गरिरहेका छन् ।

पटक पटक बालबालिकालाई चितुवाले आक्रमण गरेपछि स्थानीयहरु सारै आतंकित बनेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, धरम्पानी करनढुंगा निवासी रिखीराम रानाकी छोरी ५ वर्षीय सदीक्षा रानाको तीजको समयमा मामाघर जाँदै गर्दा चितुवाको आक्रमणबाट मृत्यु भएपछि चितुवा मार्न किमडाँडा क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

बालिकालाई चितुवाले आक्रमण गरेपछि प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी नायब उपरीक्षक नवराज मल्ल र जिल्ला वन कार्यलयका प्रमुख दिपक पण्डितसहितको टोली घटनास्थल पुगेर बालिकाका आफन्तसँग भेटेर समवेदना व्यक्त गर्दै आफूहरु चितुवा मार्न लागिपर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । नरभक्षी चितुवाले पछिल्लो ३ वर्षमा डेढ दर्जन बालबालिकालाई आक्रमण गरेका कारण १२ जनाको ज्यान गएको छ भने ६ जना घाइते उपचार पछि निको भएका छन् ।

अर्घाखाँचीको किमडडामा चितुवाको आक्रमण, ६ बर्षीय बालिकाको मृत्यु

tiger imageको लागि तस्बिर परिणाम

श्याम घिमिरे भाद्र २६ अर्घाखाँची :
जिल्लाको सदरमुकाम  नजिकै रहेको सन्धिखर्क ८ किमडाँडमा चितुवाको आक्रमणबाट सोमबार दिउस एक बाललिकाको ज्यान गएको छ । सन्धिखर्क १० धरमपानीका रिखिराम राना र पुष्पा रानाकी छ वर्षिया छोरी सदिक्षा रानालाई चितुवाले शिकार बनाएको हो ।

पुष्पा तिन छोरी लिएर घरबाट माइत जान हिडेकी थिइन । बहिनिको घरमा एकरात बसेर मंगलबार दर खान सन्धिखर्कको पकलेमा रहेको माइती घर जाने योजना उनको रहेको थियो । तिन बहिनि सँगै नजिकैको पसलबाट चाउचाउ किनेर फर्कदै गर्दा कान्छी बहिनी सदिक्षालाई चितुवाले आक्रमण गरेको हो । बहिनिलाई चितुवाले लगेपछि अन्य दुई दिदिबहिनी रुँदै चिच्याउँदै घर पुगेका थिए ।

स्थानीयले आधा शरिर खाएको अबस्थामा जङ्गलमा बालिकाको शब फेला पारेका हुन । घटना भए लगत्तै प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, जिल्ला वन कार्यालयका प्रमुख दिपक ज्ञवाली, जिल्ला न्ययाधीवक्ता हरि घिमिरे लगायतका सरकारी अधिकारीको टोली घटनास्थल पुगेको थियो । जिल्लामा पछिल्लो पाँच-छ वर्ष देखि निरन्तर रुपमा चितुवाले बालबालिकाको ज्यान लिने गरेको छ । अहिले सम्म जिल्लाका बिभिन्न ठाउमा करिव डेढ दर्जन बालकालिकाको चितुवाको आक्रमणबाट ज्यान गईसकेको छ ।