शोभाखर पन्थी भाद्र २५ अर्घाखाँची : पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले व्यक्तिगत स्वार्थ तथा दलगत स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माणको अभियानमा जुट्न सबैपक्षलाई आग्रह गर्नु भएको छ ।
मालारानी गाउँ पालिका वार्ड नं १ का वार्ड अध्यक्ष बालकृष्ण आचार्यकी स्वर्गीय माता साबित्रा आचार्यको ११ औं पुण्य तिथिको अबसरमा आइतबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले स्वर्गीय आमा साबित्राको सम्बृद्धिको चाहनालाई पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । रायमाझीले आमजनता र कार्यकर्ताको चाहना अनुसार पार्टी एकता भएको भन्दै पार्टीको निर्णय र एकताको पक्षमा दृढता पुर्बक उभिन कार्यकर्ता लाई निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का , प्रदेशसभा सदस्य चेतनाराणय आचार्य,नेकपाका नेता नरेन्द्र कुमार क्षत्री ,जनार्दन खनाल ,नेपाल कम्युनिस्ट पार्टीका प्रस्ताबित जिल्ला अध्यक्ष पिताम्बर भुसाल ,सचिव तोज बहादुर रायमाझी ,नेता दलबहादुर भट्टराई ,मालारानी गाउँपालीकाका अध्यक्ष बालकृष्ण आचार्य ,सालिकराम आचार्य,लिल बहादुर बि.क.,कृष्णप्रसाद भुसाल लगायतले मन्तव्य राख्दै स्वर्गीय आमाले गणतन्त्र र प्रजातको लागि खेलेको भुमिका निक्कै प्रसंसनीय भएको बताए ।