भर्ना गरेर फर्केका मन्त्रीले बालबालिकाको वास्ता गरेनन्

shakti_qY1frThJTe

भदौ २५, २०७५ जाजरकोट : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख १२ गते जाजरकोट भेरी नगरपालिका–१ स्थित शिव माध्यमिक विद्यालय कालेगाउँमा एक बालक र एक बालिकालाई भर्ना गरेर भर्ना अभियानको शुरु गरेका थिए।

मन्त्री बस्नेतले भेरी नगरपालिका–१ का प्रमोद रावतलाई कक्षा  १ र शर्मिला बिकलाई कक्षा ७ मा विद्यालयमा भर्ना मात्र गरेन्न, अभिभावक भएको घोषणा समेत गरे। ती बालबालिकालाई पाठ्यपुस्तक र शैक्षिक सामग्री उपलब्ध गराएका थिए। त्यसबेला मन्त्री बस्नेतले प्रत्येक व्यक्तिले एक विद्यार्थीलाई अनिवार्य भर्ना गर्नुपर्ने सामाजिक दायित्व भएको बताएका थिए। उनले एक÷दुई जना विद्यार्थी भर्ना गर्नमा मात्र अभियान सीमित नभई गुणस्तरीय शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित नहुने प्रतिवद्धता व्यक्त गरेका थिए। पढ्न नपाएकालाई पढाउने र रोजगारीको ग्यारिण्टी गर्ने काम सरकारको भएको दावी गरेका थिए।

तर, विद्यार्थी भर्ना गरी काठमाडौं गएका मन्त्री बस्नेतले पुनः जाजरकोट आएर ती विद्यार्थीलाई भेटेका छैनन्। न ती बालबालिकालाई उनले कापी, कलम र पोसाक नै किनिदिएका छन्। बीचमा आएर भेटेको र शैक्षिक सामग्री अथवा केही दिएको जानकारी नपाएको विद्यालयका प्रधानाध्यापक तिलक खत्रीले बताए। 
source:thahakhabar.com

Advertisement

नेपाल पुस्तक व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा

unn.prixa.net

भाद्र  २५ काठमाडौं – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा काठमाडौंको अध्यक्षमा महेश शर्मा चयन हुनुभएको छ । शाखाको छैठौँ अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मानकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण दाहाल सचिवमा श्रीधर आचार्य, कोषाध्यक्षमा देवका आचार्य र सहसचिवमा गोकुल घिमिरे चयन हुनुभएको छ ।

यस्तै, सदस्यमा खगेन्द्र पौडेल, गणेश पौडेल, द्रोणप्रसाद न्यौपाने, वासुदेव रेग्मी, कृष्णप्रसाद न्याैपाने,धिरेन्द्र पण्डित, दिलिप पुरी, विष्णु गिरी, राजन फुयाल, मधुकुमार क्षेत्री, गरिमा रिजाल, गोविन्द शर्मा, रमेशप्रसाद लामिछाने चयन हुनुभएको छ । 
 

फुजेल घटनाका मुख्य योजनाकार भनिएका छविलाल पौडेलसहित १२ जना रिहा

unn.prixa.netभाद्र २५ काठमाडौं – फुजेल घटनाका मुख्य योजनाकार भनिएका आरोपि छविलाल पौडेल रिहा भएका छन् । 

आइतबार चितवन जिल्ला अदालतले न्यायको मान्य सिद्धान्त र प्रमाण तथा ऐनको दफा २५ को दायित्व नेपाल सरकारले गर्न नसकेको मुद्दामा कानुनी रुपले प्रमाण अभाव देखिँदा दावी स्थापना हुन सक्ने आधार एवं कारण नदेखिएको भन्दै आरोपी पौडेलसँगै १२ जनालाई सफाई दिएको हो ।

चितवन जिल्ला अदालतमा मुद्दा रहे पनि काठमाडौँ सदरखोरमा रहेका पौडेललाई सोमबार बिहान जेल प्रशासनले रिहा गरेको छ । बिहानै डिल्लीबजार पुगेका परिवारका सदस्य तथा आफन्तले पौडेललाई माला लगाएर र बाजा बजाएर स्वागत गरेका थिए । आइतबार चितवन जिल्ला अदालतले आफ्नो फैसलामा “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादी उपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” भनिएको छ ।

साथै फैसलामा “प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ” भनिएको छ । अदालतको फैसलाले आरोपी भनिएका पौडेल सँगै “अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार देखिँदैन ।” साथै “प्रतिवादीले मृतकलाई कर्तव्य गरी मारेको भन्ने शङ्कारहित प्रमाणबाट माग दाबी पुष्टि हुन आएको नदेखिँदा आरोपित कसूरबाट सफाइ हुने ठहर्छ”, फैसलामा भनिएको छ । 

आज रिहा भएका छविलाल पौडेलसँगै गोरखा फुजेल बस्ने सीता अधिकारी, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालिप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले पनि सफाइ पाएका छन् । रिहाइ भएपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आरोप लगाउनेले घटनाबारे नबुझेर आफूविरुद्ध उजुरी हालेको बताए ।

हत्या गरिएको भनिएका कृष्णप्रसाद अधिकारीको तत्कालीन माओवादीले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मृतक कृष्णप्रसादका बाबु आमा  नन्दप्रसाद अधिकारी र गंगामाया लामो समय अनसनमा बसेका थिए । अनशनकै क्रममा  नन्दप्रसादको मृत्यु भएको थियो भने गंगामायाले केही समय अघि अनसन तोड्नु भएको थियो ।source:ujyaaloonline

सल्यानमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

unn.prixa.net

 भाद्र २५ सल्यान – सोमबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा बागचौर नगरपालिका—१० निबासी ५५ वर्षीया हुकुमी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

लु १ च ५६६४ नम्बरको जीप शारदा नगरपालिक वडा नम्बर १३ स्यानीखाल अत्तरकाडा नजिक जीप दुर्घटना भएको हो । दुर्घटना परेर विकको घटनास्थलमै ज्यान गएकोे हो ।

सोही दुर्घटनामा परी हुकुमकीका श्रीमान ६५ बर्षीया बलबहादुर बिक र जीप चालक बागचौरकै कमल बिक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइते बलबहादुर र कमलको श्रीनगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै घटना कसरी भएको हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभयो ।

तरुण दलका नेताको हत्या गरिएको विरोधमा रोल्पा बन्द

unn.prixa.net

भाद्र २५ रोल्पा – नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले सोमबार रोल्पा बन्द गरेको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिनुभयो । बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।

तरुण दलका नेता पुनको आइतबार सुलिचौरको एक रेष्टुरेन्टमा बोलाई छातीमा तीन गोली हानेर हत्या गरिएको थियो ।

गोली हानेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य फरार अभियुक्तहरुलाई तत्काल फक्राउ नगरे अनिश्चितकालीन रोल्पा बन्द गरी आन्दोलन चर्काेउने समेत तरुण दल रोल्पाले जनाएको छ ।

source:ujyaaloonline