शिक्षा दिवसमा विभिन्न कार्यक्रम, शिक्षामा कलम चलाउने पत्रकार आचार्य सम्मानित

प्रेमनारायण आचार्य अर्घाखाँची २३ भदौ :
३९ औ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा भब्य रुपमा मनाइएको छ । पाणिनि गाँउपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने ब्यक्ति , शिक्षक तथा विद्यार्थीलाइ सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा आधारभुत तह, माध्यमिक तह तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अध्यापन गराउने शिक्षक, राम्रो काम गर्ने विद्यालय ब्यबस्थापन समिति, विद्यालय कर्मचारीलाइ सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले शिक्षाको गुणस्तर बृद्धि गरि ब्यवहारिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा विना देसको विकास सम्भव नभएको बताउनु भयो । गाँउपालिकाको अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतम, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, गाँउ शिक्षा समितिका अध्यक्ष गुणखर अधिकारी, नेरामाविका प्रधनाध्यापक पुस्करराज पोख्रेल, स्रोत ब्यक्ति यादव प्रसाद घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम पाणिनि गाँउ पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेलको स्वागत र स्रोत ब्यक्ति ठाकुर गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।
 येसैबिच शिक्षा दिवसको अबसरमा अर्घाखाँचीको पाणिनि गाँउपालिकाको शिक्षा क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै पत्रकार प्रेमनारायण आचार्य सम्मानित भएका छन । अर्घाखाँचीमा रहि बिगत १२ बर्ष देखि पत्रकारिता गरिरहेका पत्रकार आचार्य राष्ट्रिय, प्रादेसिक तथा स्थानीय सञ्चार माध्यममा कार्यरत छन । पाणिनि गाँउपालिकाको शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, र गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले सम्मानपत्र, दोसल्ला र शैक्षिक सामाग्रीले सम्मान गर्नु भएको थियो ।

Advertisement

टुविन्स ब्रदर्स सामाजीक बिकास केन्द्र अर्घाखाँचीको आयोजनामा धरमपानीमा तिज गित प्रतियोगीता सम्पन्न


श्याम घिमिरे भाद्र २३ अर्घाखाँची :
मौलिक गित सस्कृतिको जगेर्ना गरौ, भन्ने मुल नाराका साथ टुविन्स ब्रदर सामाजीक बिकास केन्द्र अर्घाखाँचीको आयोजना र साैगात फिल्म प्रालि अर्घाखाँचीकाे ससअायाेजनामा शनिबार सन्धिखर्क १० धरमपानीमा बिशाल सांस्कृतिक तथा खुल्ला तिजगित प्रतियोगीता सम्पन्न भएको छ ।

कुल ४ समुहको सहभागीता रहेको प्रतियोगीतामा रचना महिला कृषक समुह मालारानी ५ बाँगी प्रथम,भगबति बाल क्लब सनपा ८ द्धतिय,किशोरी समुह सनपा ८ तृतिय र मिलिजुली बाल समुह सनपा २ ले शान्तोना स्थान प्रात्त गरेका छन । बिजयी समुहलाई नगद तथा प्रमाणपत्र प्रदान गरीएको हो । कार्यक्रम वडानम्बर १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुँदालीको प्रमुख आतिथ्यता संस्थाका प्रमुख युबराज थापाको अध्यक्षता र रमेश बिकको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

शिक्षा दिबसको अबसरमा सन्धिखर्क नगरपालिका द्धारा बिभिन्न बिधामा पुरस्कार तथा सम्मान प्रदान

बिक्रम पाण्डे भाद्र २३ अर्घाखाँची :

“समाजवाद उन्मुख राष्ट्र निर्माणको आधार , दक्ष जनशक्ति बिकास एवं दिगो शैक्षिक पुर्वधार “ भन्ने मुल नाराका साथ ३९ औं रास्ट्रीय शिक्षा तथा अन्तरास्ट्रिय साक्षरता दिवस अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसको अबसरमा आज सन्धिखर्क नगरपालिकाको आयोजनामा सन्धिखर्क नगर भित्र रहेका २०७४ सालको एसईई परीक्षा र आधारभुत तह अन्तर्गत कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा सस्थागत बिद्यालय, बिद्यार्थी एव बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई सम्मान गरीएको छ ।

यसरी सम्मानित हुनेमा यसरी सामुदायिक बिद्यालय तर्फ २.७८ औसत जिपिए ल्याई युवावर्ष जनता र विचित्र माबी हटारीनेटा र सस्थागत तर्फ ३.३४ जिपिए ल्याई सनराईज ईङ्ग्लिस बोर्डिङ्ग हाई स्कुल डिभर्ना प्रथम भएका छन् ।त्यस्तै एस ई ई परीक्षा २०७४ सालमा नगरपालिका भित्रबाट छात्रबाट सनराईज ईङ्ग्लिस बोर्डिङ हाई स्कुल डिभर्नाका कमल कुवर छात्र नगर प्रथम भए भने छात्राबाट ग्रीन बोर्डिङ स्कूलकी सोनिया भुसाल र युवावर्ष जनता रबिचित्र माबी हटारीकी सन्ध्या वाग्ले छात्रा नगर प्रथम भए । त्यस्तै जनजाती तर्फ युवावर्ष जनता रविचित्र माबिका महोन मुखिया नगर प्रथम भए भने दलित तर्फ गौरी शंकर ईङ्ग्लिस बोर्डिङका सफल पन्थी सुनार नगर प्रथम भए ।


त्यस्तै आधारभुत तह अन्तर्गत कक्षा ८ को परीक्षामा सामुदायिक तर्फ युवावर्श जनता रविचित्र माबिकि गङ्गा रोका प्रथम सोही बिद्यालयका सुरेश चन्द्र यादव र सुशील खनाल द्वितीय भए भने सस्थागत तर्फ न्यू नेपाल ईङ्ग्लिस बोर्डिङ्ग डिभर्नाकी सृजना आचार्य प्रथम , सनराईज ईङ्ग्लिस बोर्डिङ हाई स्कुल डिभर्नाकी सुम्निमा क्षेत्री र अर्घाखाँची आवाशिय माबिकी सन्ध्या बन्जाडे द्वितीय भए । त्यस्तै नगरपालिकाले बिद्यालयको शैक्षिक सुधारमा योगदान दिएको भन्दै नगर भित्रका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुलाई पनि सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा जनता आधारभुत बिद्यालयका शिव प्रसाद पोख्रेल , ज्ञान प्रकाश माबी सल्लिकोटका काशिराम बस्याल , युवा वर्ष जनता रविचित्र माबिका धर्मराज अधिकारीलाई उत्कृष्ट बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष भनी सम्मान र्गयो ।


त्यस्तै , शिक्षकहरुमा प्रारम्भिक बाल्बिकास तर्फ लिला राना जन शान्ती बालबिकास केन्द्र , आधारभूत तर्फ हर्क बहादुर खत्री जीवनज्योती माबी , बिष्णु दर्जी गङ्गा आधारभुत , दिलिप पुरी चन्द्रप्रभा माबी , दुर्गा भुसाल अरनिको माबी ,यसैगरी सामुदायिक बिद्यालय तर्फ पुरस्कृत हुने शिक्षकहरुमा शालिक राम भुसाल अर्घा रजस्थल माबी सस्थागत तर्फ चोपनारायण बन्जाडे अर्घाखाँची आवाशिय माबी र विशाल खनाल सन्धिखर्क ग्रीन बोर्डिङ्ग स्कुललाई सम्मान गरिएको थियो ।


पुरस्कृत हुने बिद्यालय , बिद्यार्थी , शिक्षक एव बिद्यालय ब्यबस्थापन अध्यक्षहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल , प्रहरी नायव उपरीक्षक नवराज मल्ल , नगर प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक लागायतले नगद , प्रसम्सा पत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।


कार्यक्रम सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता , जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,नेपाली काङ्ग्रेसका जिल्ला सभपती बिष्णु मुस्कान , शिक्षक चोपनरायण बन्जाडे , नगरपालिका सामाजिक बिकास समिती सम्योजक ईस्वरी प्रसाद भुसाल , नगरपालिका शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मणिराम पराजुली , शिक्षक शालिकराम भुसाल , पत्रकार महा संघ अध्यक्ष हिम बहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम निमित्त प्रमुख प्रसासकिय अधिकृत गोबिन्द केसीको स्वागत मन्तब्य तथा श्रोत ब्याक्ती युवाराज भुसालको सन्चालनमा सम्पन्न भएको थियो ।