नबिन के.सी,भाद्र २२ अर्घाखाँची
शरिरिक रुपमा अपाङ्गता भएका बालबालिकाको पहिचान गरि उपचारको लागी पहल गर्ने मालारानी गाउँपालिकाका २९ बिद्यालयका प्रधानाध्यापकहरुले प्रतिबद्धता जनाएका छन । सक्षम परियोजनाले बिहिबार मालारानी गाउँपालिकाको आर्दश मा.बिमा अपाङ्गता अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनिहरुले उक्त प्रतिबद्धता जनाएका हुन ।
सक्षम परियोजनाले मालारानी गाउँपालिकाका ३५ जना बालबालिकालाई उपचार गरिरहेको सक्षम परियोजनाका अर्घाखाँचीका संयोजक लेखनाथ आचार्यले जानकारी गराए । ‘ मालारानी गाउँपालिका भित्रका शारिरिक रुपमा अपाङ्गता भएका बालबालिका खुट्टा फर्किएका , घुडा जोडिने जस्ता समस्या भएकाहरुलाई उपचार गरिरहेका छौ । ’ उक्त परियोजनाले बिपन्न बालबालिकालाई नि.शुल्क रुपमा उपचार गर्ने र आर्थिक भएका व्याक्तिहरुबाट सहयोगको रुपमा केही पैसा लिने गरेको आचार्यले बताए ।
अपाङ्गगता सम्बन्धी बनेका ऐन कानुन र नेपालको संबिधान २०७२ मा उल्लेख भएका अपाङ्गता अधिकार को बिषयबस्तुको बारेमा आचार्यले जानकारी गराएका थिए । आर्दश मा.बिका प्रधानाध्यापक भेषराज खनालले शारिरिक अपाङ्गता भएका बालबालीकालाई खोजी गरि उपचारको लागी सक्षम परियोजना सम्म पुयाउने प्रतिबद्धता जनाए । श्रोत व्याक्ति बिष्णु पोख्रेलले परियोजनाले राम्रो काम गरेको भन्दै यसले बालबालिकाको जिबननै परिर्बतन गर्ने बताए ।
मालारानी गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेश पन्थीले बालबालिकाको उपचार संगै नियमित रुपमा फलोअप गर्ने गरि परियोजनाले काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै परियोजना सफलताको शुभकामना दिएका थिए । परियोजनाले जिल्ला भर ३ सय ५ जना १८ बर्ष मुनिका बालबालिकालाई उपचारकोलागी पठाई सकेको छ । काठमाण्डौको बनेपामा रहेको विकालाङ्ग मित्र ÷अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रमा शारिरिक रुपमा अपाङ्गगता भएका बालबालिकाको उपाचार हुने गरेको छ । उक्त कार्यक्रम सक्षम परियोजना पुनस्थापना साहयक नारायण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।