सन्धिखर्क एफएम भाद्र २२ अर्घाखाँची :
अर्घाखाँचीको पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता सुक्रबार दुर्गाफाटमा सम्पन्न भएको छ । कल्पनाको पाणिनि शिर्षकमा पाणिनि गाँउपालिकाका ८ वटा वडाले सहभागीता जनाएका थिए । प्रतियोगीतामा पाणिनि ४ र ८ प्रथम, पाणिनि ३ द्धितीय र पाणिनि ७ तृतीय भएका छन । उत्कृष्ट परिकल्पनाकारको पुरस्कार पाणिनि १ ले हात पारेको छ ।
प्रतियोगीतामा प्रथम हुनेलाइ २० हजार, दोस्रो हुनेलाइ १६ हजार , तृतीय हुनेलाइ १३ हजार तीन सय र उत्कृष्ट परिकल्पनाकारलाइ चार हजार प्रदान गरिएको छ । कार्यक्रममा मन्तब्य राख्दै प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरेले चाडवाडमा देखिएका विकृति र विसंगती हटाएर सभ्य समाजको निर्माण गर्नु पर्ने बताउनु भएको छ ।
गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले सस्कृति र परम्पराको जर्गेना गर्न तीज गितको आयोजना गरेको बताउनु भयो । गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतमले महिलाहरुलाइ लक्षित गरि तीज गित प्रतियोगिता आयोजना गरेको बताउनु भयो । कार्यक्रममा पाणिनि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, नेकपाका नेता जीवनारायण कोइराला लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षता, पशुपति खनालको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।