सहयोगी बिसी भाद्र २२ अर्घाखाँची : नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठक विभिन्न निर्णय गरि सुक्रबार सम्पन्न भएको छ । बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान ठिक ९ः३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ ।
बैठकले संस्थाका सदस्य बिजुला रायमाझी का श्रीमान शिक्षाप्रेमी बुद्धि बहादुर रायमाझी र संस्थाका आजिबन सदस्य चुरामणी भुसालको छोरिको अर्बुद सम्बन्धि काठमाडौं र दिल्लीमा उपचार चलेकोले स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुको साथै सन्धिखर्क नगरपालिका ४ टुनिपोखरा निवासी स्काउट प्रशिक्षक तथा सेवा निबृत शिक्षकको उपचारको सिलसिलामा भएको निधन प्रती श्रद्धाञ्जली सहित परिबारमा समबेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठक संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता र सचिब कुशल भुसालको संचालनमा सम्पन्न भएको हो ।