श्याम घिमिरे भाद्र २२ अर्घाखाँची :अर्घाखाँची जिल्ला अदालतका न्यायाधीस रामचन्द्र पौडेलले निजामती कर्मचारीले जनतालाई शासकको व्यवहार नगरि शुसासन कायम गर्न तर्फ उन्मुख हुन आग्रह गर्नुभएको छ । निजामती सेवा दिवस २०७५ को अबसरमा निजामती सेवा दिवस समारोह समिति अर्घाखाँची द्वारा आयोजित पुरस्कार बितरण तथा प्रबचन कार्यक्रममा प्रमुख अतिथिको रूपमा मनतब्य राख्दै पौडेलले यस्तो आग्रह गर्नु भएको हो । न्यायाधीश पौडेलले साबिकको निजामती ऐनले कामगर्न सक्ने अबस्था नरहेको भन्दै यसलाई परिमार्जित गर्नुपर्ने धारणा राख्नु भएको हो । पछिल्लो समयमा कर्मचारीलाई काम गर्न अफ्ठारो परेकोले यो समस्यालाई हटाउन सम्बन्धित निकायको ध्यान जानू पर्ने बताउनु भयो ।
दिवस मुल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षता,कर्मचारी मिलन केन्द्रका अध्यक्ष खिम बहादुर रानाको स्वागत मनतब्य र शेष कान्त घिमिरे को सन्चालनमा सम्पन्न कार्यक्रममा आधिकारिक ट्रेड युनियन का जिल्ला उपाध्यक्ष बलराम मिश्र,पेसागत संगठनका केन्द्रीय सदस्य कबिसिंह कठायत ,पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकालि,जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसाल लगायतले शुभकामना मनतब्य राख्नु भएको हो ।
कार्यक्रममा कर्मचारी मिलन केन्द्रका संस्थापक अध्यक्ष दलबहादुर केसिलाई सम्मान समेत गरिको हो । यस्तै दिवसको अबसरमा सन्चालित जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सफल टिमलाई पुरस्कार पनि बितरण गरिएको हो । यस अघि बिहान प्रभातफेरि तथा अस्पतालका बिरामीलाई फलफूल बितरण गरिएको हो।