संघिय संरचनाको कारण मुलुकमा कर बृद्धि भएको हो -महामन्त्री सिंह

श्याम घिमिरे भाद्र २२ अर्घाखाँची :

नेपका मसालका महामन्त्री मोहन विक्रम सिंहले संघिय संरचनाको कारण मुलुकमा कर बृद्धि भएको बताउनु भएको छ । संघिय ब्यबस्था घोषणा गरेको सरकारले प्रदेश र स्थानिय तहको बजेट कटौती गरेकै कारण कर बृद्धि भएको उहाँको भनाइ रहेको छ । कार्यकर्ता भेटघाटको सिलशिलामा सुक्रबार सदरमुकाम सन्धिखर्क आउनुभएका महामन्त्री सिंहले कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो बताउनु भएको हो ।

देश भित्रका दक्षिणपंन्थी,मधेसवादी र राजावादीहरुले संविधान असफल पार्ने खेल खेलिरहेको भन्दै महामन्त्री सिंहले यसबाट बच्नको निम्ती संविधानमा उल्लेखित संघियता खारेज गर्नु पर्ने बताउनु भयो । संघीयताले विकासमा बाधा ल्याउने र वर्तमान समयमा कर वृद्धिका कारण जनता संघीयता विरुद्ध स्वतस्फूर्त रूपमा सडकमा आउने बताउदै यतिबेला आफ्नो पार्टी आठौँ महाधिवेशनमा केन्द्रित रहेकाले जिल्लाहरूमा संघीयता विरोधी कार्यहरू गर्दै आएको पनि जानकारी दिनुभयो ।

वर्तमान सरकारले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको भन्दै सिंहले सरकारको आलोचना समेत गर्नुभयो । उहाँले वर्तमान सरकारले आफ्नो वाचा पूरा गर्न नसकेकोले विश्वास गुमाउँदै गएको भन्दै नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकीकरण हुनु राम्रो भएपनि उनीहरू माक्र्सवादी सिद्धान्तबाट विचलित भएको बताउनु भयो ।

Advertisement

ढिकुरा स्रोत केन्द्र अन्र्तरगतका आधारभुत तह एक पाँचको तिज गित प्रतियोगिता सम्पन्न

बिन्दु घिमिरे भाद्र २२ अर्घाखाँची :

भगवती माबी ढिकुरा स्रोत केन्द्र अन्र्तरगतका आधारभुत तह एक पाँचको तिज गित प्रतियोगिता सुक्रबार सम्पन्न भएको छ । १३ वटा बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा देउराली आधारभुत बिद्यालय प्रथम , भगवती माबी डेभा द्धीतिय , जनसेबा आधारभुत बिद्यालय तृतीय र दिपेन्द्र आधारभुत बिद्यालयले शान्तोना स्थान प्राप्त गरेका थिए ।

स्रोत केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद मरासीनिको अध्यक्षता नगर प्रमुख रेशम थापाको प्रमुख आतित्यता नगरउपप्रमुख खडानन्द बेल्बासे र वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद खनालको बिशेष आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम कृष्ण खनालको स्वागत मनतब्य र पिताम्बर खनालको सन्चालनमा सम्पन्न भएको  हो।

नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठक सम्पन्न

सहयोगी बिसी भाद्र २२ अर्घाखाँची : नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठक विभिन्न निर्णय गरि सुक्रबार सम्पन्न भएको छ । बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान ठिक ९ः३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ ।

बैठकले संस्थाका सदस्य बिजुला रायमाझी का श्रीमान शिक्षाप्रेमी बुद्धि बहादुर रायमाझी र संस्थाका आजिबन सदस्य चुरामणी भुसालको छोरिको अर्बुद सम्बन्धि काठमाडौं र दिल्लीमा उपचार चलेकोले स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुको साथै सन्धिखर्क नगरपालिका ४ टुनिपोखरा निवासी स्काउट प्रशिक्षक तथा सेवा निबृत शिक्षकको उपचारको सिलसिलामा भएको निधन प्रती श्रद्धाञ्जली सहित परिबारमा समबेदना प्रकट गर्ने निर्णय गरेको छ । बैठक संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता र सचिब कुशल भुसालको संचालनमा सम्पन्न भएको  हो ।

आदर्श मा.वि.खनदहमा अखिल छैठौं

सन्धिखर्क  एफएम भाद्र २२ अर्घाखाँची :

आसन्न असौजको पहिलो हप्ता जिल्ला सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज आदर्श मा.वि.खनदहमा प्रशिक्षण भेला सम्पन्न गरेको छ । भेलामा अखिल छैठौंका जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर,लागुऔषध दुव्र्यसनी, बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिएका हुन ।

भेलाले सविना खनालको अध्यक्षतामा ३१ सदस्यिय अखिल छैठौं आदर्श मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा प्रभा थापा,सचिव मनिषा खनाल,सह–सचिव पुजा थापा र कोषाध्यक्षमा बविता खनाल निर्बा्चित हुनुभएको छ । अखिल छैठौंले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको छैठौं अर्घाखाँची अध्यक्ष गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम भाद्र २२ अर्घाखाँची :

अर्घाखाँचीको पाणिनि गाँउ पालिकाको आयोजनामा पालिका स्तरिय तीज गित तथा नृत्य प्रतियोगिता सुक्रबार दुर्गाफाटमा सम्पन्न भएको छ । कल्पनाको पाणिनि शिर्षकमा पाणिनि गाँउपालिकाका ८ वटा वडाले सहभागीता जनाएका थिए । प्रतियोगीतामा पाणिनि ४ र ८ प्रथम, पाणिनि ३ द्धितीय र पाणिनि ७ तृतीय भएका छन । उत्कृष्ट परिकल्पनाकारको पुरस्कार पाणिनि १ ले हात पारेको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाइ २० हजार, दोस्रो हुनेलाइ १६ हजार , तृतीय हुनेलाइ १३ हजार तीन सय र उत्कृष्ट परिकल्पनाकारलाइ चार हजार प्रदान गरिएको छ । कार्यक्रममा मन्तब्य राख्दै प्रदेस सभा सदस्य रामजी प्रसाद घिमिरेले चाडवाडमा देखिएका विकृति र विसंगती हटाएर सभ्य समाजको निर्माण गर्नु पर्ने बताउनु भएको छ ।

गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले सस्कृति र परम्पराको जर्गेना गर्न तीज गितको आयोजना गरेको बताउनु भयो । गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतमले महिलाहरुलाइ लक्षित गरि तीज गित प्रतियोगिता आयोजना गरेको बताउनु भयो । कार्यक्रममा पाणिनि गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, नेकपाका नेता जीवनारायण कोइराला लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतमको अध्यक्षता, पशुपति खनालको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।