अखिल क्रान्तिकारीको सन्धिखर्क नगर सम्मेलन सम्पन्न, अध्यक्षमा बिक चयन

सन्धिखर्क एफएम भाद्र २१ अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भातृ सगठन अनेरास्वियु क्रान्तिकारी अर्घाखाँचीले सन्धिखर्क नगरपालिकाको प्रथम नगर सम्मेलन बिहिबार सम्पन्न भएको छ । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कमल के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्तब्य राख्दै जिल्ला इन्चार्ज के.सीले नेपालमा शिक्षा निशुल्क अनिवार्य हुनुपर्ने भनिएतापनि पुँजीपति र सामन्ती दलालको चपेटामा परी शिक्षामा व्यापारीकरण भएको बताउनुभयो । नेता केसीले परीक्षामा राम्रो नम्वर लिएर पास गरेको विद्यार्थीले आफुले चाहेको विषय पढ्न नपाउदा देशमा शैक्षिक बेरोजगार बढेको र यसले गर्दा देशमा बलात्कार हत्या हिसा को घटना दिनप्रति बढ्दै गएको बताउनुभएको हो ।

कार्यक्रममा क्रान्तिकारीका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज रमेश गैरे, केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज रुपा बूढा मगर , केन्द्रिय सदस्य कुलराज बन्जाडे, पाल्पा अध्यक्ष मुक्ति गैरे नवलपरासीका राजकुमार विष्ट जिल्ला सल्लाहकार टामलाल बस्याल क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष अनिल नेपाली क्रान्तिकारीका संयोजक विष्णु राउत, पत्रकार सागर महत लगायतका बक्ताले शुभकामना मनतब्य राखेको थिए ।

सम्मेलनले अयान विकको अध्यक्षमा ३५ सदस्यीय सन्धिखर्क नगर समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विनोद भट्टाराइर्, सचिब कृष्ण ब नेपाली, कोषाध्यक्ष आकाश वि.क रहेका छन । कार्यक्रम सम्मेलन आयोजक समितिका संयोजक अयान विक को अध्यक्षता धर्मराज नेपालीको स्वागत मनतब्य र पदम विकको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

अखिल छैठौं अर्घाखाँची द्धारा सांगठानीक गतिबिधिलाई तिब्रता

सन्धिखर्क एफएम भाद्र २१ अर्घाखाँची :

सामाजिक अन्धबिस्वास र बिकृतिका बिरुद्ध सचेतना अभियान थालेको अखिल छैठौं अर्घाखाँचीले बिहिबार शान्ति मा.वि. र शिद्ध मा.वि.मालारानी ५ बांगीमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा छैठौंका जिल्ला सह–सचिव सन्देश खनाल,सदस्य आकाश भाट र सिद्धार्थ भाटले समाजमा घटिरहेका सामाजिक कु–प्रथा,बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक मन्तव्य राखेका थिए ।

आसन्न असौजको ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्ने तयारी गरेको अखिल छैठौंले सम्मेलनको पूर्व सन्ध्यामा सांगठानिक गतिबिधिको साथसाथै सामाजिक सचेतना अभियान पनि संचालन गरेको हो । विद्यालयमा बिषयगत प्रशिक्षण पछि आजै सम्पन्न सांगठानिक भेलाले आशिष टन्डनको अध्यक्षतामा ५३ सदस्यीय अखिल छैठौं शान्ति मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा पुजा कुंवर,सचिव आकृति खनाल,सह–सचिव सिता आचार्य र कोषाध्यक्षमा निष्चल बस्नेत निर्बा्चित हुनुभएको छ । यस्तै भेलाले नविन खत्रीको अध्यक्षतामा ३१ सदस्यिय अखिल छैठौं शिद्ध मा.वि. मुल इकाइ समितिको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः अर्जुन घर्ति,सचिन कुंवर,कविता भुसाल र सन्तोष कुंवर चयन हुनुभएको छ ।

छैठौ बार्षिक उत्सवको अबसरमा साथी सहकारीद्धारा खोलाहरु सफाइ

सन्धिखर्क एफएम भाद्र २१ अर्घाखाँची :

जिल्लामैै उत्कृष्ट सहकारीको रुपमा रहेको साथी सहकारीले आफ्नो छैठौ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरेर मनाउन सुरु गरेको छ । सन्धिखर्कका युवाहरुले सञ्चालन गरेको साथी सहकारीले बिहिबार देखि तीन दिन सम्म विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन थालेको हो । सन्धिखर्कका बागीखोला, घोचेखोलार भद्री खोलामा सरसफाइ कार्यक्रम आज विहान सम्पन्न गरेको छ ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, भुमिकास्थान गरपालिकाका प्रमुख रेशम थापा, सन्धिखर्कका नगर उपप्रमुख ठाकुर कुमार विक, सन्धिखर्कका वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझि, लक्ष्मीनारायण चुँदाली लगायतले मन्तब्य राख्दै साथी सहकारीले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रम साथी सहकारीका अध्यक्ष धर्म भुसालको अध्यक्षता र कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो । सहकारीले सुक्रबार सुस्थ मनस्थीति विद्यालयका वालवालिकालाइ शैक्षिक सामाग्री वितरण गर्ने र शनिबार तीज गित सहित दर खाने कार्यक्रम राखेको कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनु भयो ।

पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुँदै

Ujyaalo Online
भदौ २१, २०७५ बिहिवार कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीको भेला चलिरहेको छ । 

सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदानलगायतका विषयमा मुख्यमन्त्रीहरुको भेलामा छलफल चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा भेला भएको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, र प्रदेश ७ काम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भेलामा सहभागी हुनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही केही समयपछि उपस्थित हुने कार्यक्रम रहेको छ । 

अन्तर प्रदेश परिषदको बैठकको पूर्व सन्ध्यामा हुन लागेको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन बिहीबार १ दिन मात्र भेला हुनेछ । source:ujyaaloonline

श्रीमान हत्याको अारोपमा महिला पक्राउ

भदौ २१, २०७५ अर्घाखाँची : श्रीमानको हत्या गरेको आरोपमा कपिलवस्तु, वाणगंगा नगरपालिका–७, पिपरा धैरनीडाँडाकी राधा घर्ती मगर न्यौपानेलाई प्रहरीले प्रक्राउ गरेको छ। उनले प्रेमी रुकुम निवासी रमेश बिकसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकारेकी प्रहरीले बताएको छ।

पिपरा धैरनीडाँडाका धनबहादुर घर्तीमगर सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा रहेको ससुराली गएका बेला भदौ १३ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा जंगलमा भेटिएको थियो। राधा र रमेशले राति हत्या गरी बोरामा हालेर फ्याँकेको स्वीकारेको प्रहरीको भनाइ छ। उनीहरुले धनबहादुरको शव फ्याँकेर १४ गते बिहान घर फर्केको बताइएको छ।

प्रहरीसँगको वयानमा रमेशले कुटपिट गरी मारेको राधाले बताएकी प्रहरीले बताएको छ। राधा र रमेश चार वर्षदेखि प्रेम सम्बन्धमा रहँदै आएको वयानमा राधाले स्वीकारेको प्रहरीले बताएको छ। रुकुम निवासी रमेश भदौ ९ मा साउदी अरबबाट सिधै राधाको घरमा गई तीन दिन बसेको अनुसन्धानका क्रममा खुलेको निमित्त प्रहरी प्रमुख खिमबहादुर घर्ती मगरले बताए।  मृतक धनबहादुर बाग्लुङ्गको एक कम्पनी काम गदै आएका थिए।

घरबाट श्रीमती एक युवकसँग हिँडेको थाहा पाएपछि कपिलवस्तुको घरमा आई भदौ १३ साँझ ससुराली गएको प्रहरी निरिक्षक गम्भिरजंग थापाले बताए। अनुसन्धानको क्रममा शव पहिचाहन गर्न राधालाई बोलाएर सोधपुछ गर्दा उनले आफ्नो श्रीमान नभएको बताइकी थिइन्।
source:thahakhabar.com