ज्ञानपुञ्ज रेडियो श्रोता समुहको बैठक सम्पन्न ।।

सन्धिखर्क एफएम भाद्र,१९ अर्घाखाँची :ज्ञानप्रकास माध्यमिक बिद्यालय सन्धिखर्क नगरपालिका १२ डिभर्ना सल्लिकोटमा बुधबार ज्ञानपुञ्ज रेडियो श्रोता समुहको बैठक सम्पन्न भएको छ । बैठकमा बोल्दै ज्ञानपुञ्ज रेडियो श्रोता समुहका अध्यक्ष तारा कुवँरले साझाबोली कार्यक्रम सुनेर आफुहरुले नगर प्रमुख, उपप्रमुख , वडा अध्यक्ष ,प्रमुख प्रसासकिय अधिकृत लगायतको भुमिका काम कतब्र्य अधिकार लगायतका बिषयमा जानकारी लिने अबसर पाएको बताउनु भएको छ ।

समाजमा भएका शिक्षा, स्वास्थ्य कृर्षि, जोखिम व्यवस्थापन र सुशासन , जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउने उदेश्यका साथ रेडियो श्रोता समुह गठन गरि नियमित कार्यक्रम साझाबोली बोली सुने र आफ्ना टोल , गाउँबस्ती वडामा भएका समस्याको बारेमा वडा कार्यालय र नगरपालिकामा योजना माग गर्ने गरेको सहजकर्ता दिपक खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची शाखा अधिकृत बसन्त श्रेष्ठ र सामुदायिक सञ्चारकर्मी रुद्धमणि भुसालले सजिकरण गनु भएको थियो । बैठक सचिव अस्मिता श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

अखिल छैठौं अर्घाखाँची द्वारा बिजय मा.वि.र ज्ञान प्रकाश मा.वि. डिभर्नामा प्रशिक्षण भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई, भाद्र १९ अर्घाखाँची :

आसन्न असौजको पहिलो हप्ता जिल्ला र अन्तिम हप्ता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले बुधबार बिजय मा.वि.र ज्ञान प्रकाश मा.वि.सन्धिखर्क डिभर्नामा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

भेलामा अखिल छैठौंका जिल्ला सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले सामाजिक कु–प्रथा र अन्धबिश्वासले पारेको असर,लागुऔषध दुव्र्यसनी, बलत्कार,हत्या तथा लैङ्गिक हिंसा बिरुद्ध सचेतना मुलक प्रशिक्षण दिंदै सामाजिक बिकृति र कुलतका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

भेलाले मन्जु खनालको अध्यक्षतामा ४१ सदस्यिय अखिल छैठौं बिजय मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अनिल सेजवाल,सचिव बिष्णु खनाल,सह–सचिव बिजय सेजवाल र कोषाध्यक्षमा सिता गैरे निर्बाचित हुनुभएको छ भने समिक्षा आचार्य सचिवालय सदस्यमा चयन हुनुभएको छ ।यस्तै भेलाले अनुप बस्यालको अध्यक्षतामा ३५ सदस्यिय अखिल छैठौं ज्ञान प्रकाश मा.वि.डिभर्ना सल्लीकोट मुल इकाइ समितिको पनि गठन गरेको छ ।

जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः भरत नेपाली,सन्ध्या श्रेष्ठ,विकास बस्याल र सुरज जि.सी.चयन हुनुभएको छ । अखिल छैठौंले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्दे छ ।

सन्धिखर्क नगरपालिकाको आयोजनामा भाद्र २३ गते राष्ट्रिय शिक्षा दिवस मनाइने

अर्जुन भुसाल भाद्र १९ अर्घाखाँची :
सन्धिखर्क नगरपालिका कार्यालयले भाद्र २३ गते राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । नगर प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा बुधबार बसेको वैठकले दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।

दिवसको दिन सन्धिखर्क नगरपालिकाको सभाहलमा अन्र्त्क्रिया तथा पुरस्कार वितरणको कार्यक्रम तय गरिएको छ । नगरभित्रका उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई पुरस्कृत गरिने भएको छ । वैठकमा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द केसी, नगरपालिकाका सामाजिक विकास शाखा संयोजक इश्वरी प्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका श्रोत व्यक्ति युवराज भुसाल लगायतको सहभागिता रहेको थियो ।

संघीय समाजवादी फोरम नेपाल पार्टी अर्घाखाँचीमा पनि गठन,अध्यक्षमा नेत्र थापा मगर चयन

सन्धिखर्क एफएम भाद्र १९ अर्घाखाँची :संघीय समाजवादी फोरम, नेपालको अर्घाखाँचीमा संगठन विस्तार गरिएको छ । बुधबार सन्धिखर्कमा आयोजित भेलाले नेत्र थापामगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । भेलामा ५ नम्बर प्रदेश सह -ईञ्चार्ज नवीन कुमार सुनुवार, प्रदेश अध्यक्ष अशोक यादवका साथै प्रदेश सदस्यद्वय रामु यादव र नीलम कुमारी यादवको उपस्थिति रहेको थियो ।

भेलामा बोल्दै भेलाका प्रमुख अतिथि प्रदेश सहईञ्चार्ज नवीन कुमार सुनुवारले मगर जातिको बाहुल्यता रहेको ५ नम्बर प्रदेश सभामा रहेका ८७ सभासदमा जम्मा ७ जना मगर जातिका सभासद रहनु बिडम्वना भएको प्रस्ट्याए । उनले प्रदेशको नामाकरण मगरात रहने डरका कारण एमालेले आफ्ना ४१ जना सांसदमा एकजना पनि मगर जातिबाट नसमेटेको पनि दाबी गरे ।

प्रदेश सदस्य नीलम कुमारी यादवले महिलालाई ३३ हैन ५१ प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने जिकिर गरिन् । त्यसैगरी प्रदेश सदस्य रामु यादवले नेपाललाई भौगोलिक रुपमा पृथ्वीनारायण शाहले एकीकरण गरेको भएपनि भावनात्मक रुपमा आफ्नो पार्टी संघीय समाजवादी फोरम, नेपालले एकताबद्ध गरिरहेको जनाए । त्यसैगरी प्रदेश अध्यक्ष अशोक यादवले नेपालमा भएका सबै आन्दोलन र क्रान्तिपछि उत्पीडित वर्गलाई कुनै फाईदा नपुगेको र देश अझैपनि एकखाले शासकवर्गको अधीनमा परिरहेको बताए ।

समितिमा अध्यक्ष नेत्र थापामगर, उपाध्यक्ष भिमबहादुर दर्लामी, सचिव जितबहादुर दर्लामी, सहसचिव सञ्जय थापा, कोषाध्यक्ष यमुना थापा, सदस्यहरूमा नन्दबहादुर कब्दार, झबिन्द्र थापा, शान्ति राना, लक्ष्मी पल्ली, सरिता पल्ली र डेमबहादुर झाँक्री रहेका छन् ।

कला संस्कृतीको संरक्षणमा जनप्रतिनिधिको चासो

नबिन के.सी,भाद्र २० अर्घाखाँची :
जिल्लाको मालारानी गाउँपालिकाका जनप्रतिनिधीहरु कला संस्कृती संरक्षण गर्न चासो दिएका छन । मालारानी गाउँपालिका वडा नं ३ बाट निर्बाचित जनप्रतिनिधीहरु यति बेला पुरानो संस्कृतिलाई संरक्षण गर्न लागी परेका छन । मगंलबार वडा नं ३ मा रहेका १८ वटा महिला स्वास्थ्य आमासमूहरु बिच तिज गित आयोजना सम्पन्न गरेको छ । तीज गितमा पछिल्लो समय डेग बजाएर नाच्ने चलन बढेपछि त्यसलाई रोक्नको लागी वडाले उक्त कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष दिपा पोख्रेलले बताईन ।

तीज गितमा सहभागी भएर आमासमूहका दिदी बहिनीहरुले पुरानो भाकामा छमछमी नचाएका थिए । सहभागी १८ वटै समूहलाई वडा कार्यालयले एक –एक वटा मादल उपहार प्रधान गरेको छ । महिला दिदीबहिनीहरुलाई प्रोत्साहन तथा पुराको संस्कृतीको संरक्षण गर्नकोलागी उक्त साम्रागी बितरण गरिएको वडा सदस्य जनार्दन खनालले बताए । वडा कार्यालयले मंगलबार वडामा दर्ता भएका फागु समूहलाई बाजा सेट तथा भदने समूलाई भदनकालागी आव्यसक पर्ने साम्रागी समेत हस्तान्तरण गरेको छ ।

मालारानी गाउँपालिकाको तीन नम्वर वडा कार्यालयले आर्थिक बर्ष ०७५÷०७६ को कार्यक्रम संस्कृती संरक्षण गर्ने नबिन कार्यबाट सुरुवात गरेको मालारानी गाउँपालिकाका योजना अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी नेत्र खनालले बताए ।