अर्घाखाँची चेम्बर अफ कमर्स द्धारा पत्रकार सम्मेलन,उपभोक्तालाई सर्बसुलभ रुपमा सेबा प्रदान गर्न ब्यबसायीलाई नगरप्रमुख भुसालको आग्रह


श्याम घिमिरे भाद्र १९ अर्घाखाँची
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले उपभोक्तालाई सर्बसुलभ रुपमा सेबा प्रदान गर्न र सबै ब्यबसायीहरुलाई समेटेर अगाडी बढ्न ब्यबसायीहरुलाई आग्रह गर्नु भएको छ । सन्धिखर्क नगर चेम्बर अफ कमर्सको आयोजनामा मंगलबार गरीएको पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै प्रमुख भुसालले यस्तो बताउनु भएको हो ।

प्रमुख भुसालले हराभरा नगरपालिका बनाउने अभियानमा आफुहरु लागेको बताउदै निजि क्षेत्र को ठूलो सहयोग को अपेक्षा गरेको पनि बताउनु भयो । संस्था खोल्नु भन्दापनि त्यसलाई निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौती भएको बताउदै प्रमुख भुसालले उधोगि तथा ब्यापारीलाई नगरबासिको पक्षमा काम गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कानले उधोगि ब्यापारीहरुको हकको पक्षमा काम गर्ने बलियो संस्था बनाउनु पर्नेमा जोड दिनुभयो । मुस्कानले जिल्ला को समग्र बिकासका लागि सहमति सहकार्य र एकता बाट आफुहरु अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा बिबेकसिल साझा पार्टिका अध्यक्ष हरि प्रसाद भुसाल,सनपा १ का वार्ड अध्यक्ष युवराज बन्जाडे,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसि लेकालि लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रम नगर चेम्बर अफ कमर्सका नगर अध्यक्ष देबराज श्रेष्ठको अध्यक्षता कोषाध्यक्ष मन्जु केसि को स्वागत मन्तब्य र महासचिब ज्ञान बहादुर बिकको सन्चालनमा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा संस्थाले गर्ने काम कर्तब्य अधिकार र संस्थाको विधि बिधानका बारेमा अध्यक्ष देवराज श्रेष्ठले पत्रकार हरुलाई जानकारी समेत गराउनु भएको हो ।


यसैबिच अर्घाखाँची चेम्बर अफ कमर्स जिल्ला शाखाको आयोजनामा आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी संस्था स्थापनाको बारेमा जानकारी गराईएको छ । अर्घाखाँची चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता, बरीष्ठ उपाध्क्ष मुम बहादुर सेजवालको स्वागत मनतब्य र सदस्य हरी प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा मनतब्य राख्दै संस्थाका अध्यक्ष अशोक कुमार श्रेष्ठले आफुहरुले ब्यपारीको हकहित र अधिकारको पक्षमा काम गर्ने बताउदै, जिल्लाका सबै संघस्ांस्थाहरुसंग हातेमालो गरी अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले अर्घाखाँची चेम्बर अफ कमर्स उद्योगी ब्यबसायीहरुको छाता संगठन भएकोले समग्र जिल्लाको बिकासको लागी संस्था लागी पर्ने कुरामा जोड समेत दिनुभयो ।

Advertisement

संघियता खारेजी नभए मुलुक अप्ठ्यारोमा पर्ने राजमो नेता थापाको भनाई


श्याम घिमिरे भाद्र १९ अर्घाखाँची :
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले संघियता खारेजी नभए मुलुक अप्ठ्यारोमा पर्ने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँची द्धारा मंगलबार सदरमुकाम सन्धिखर्कमा आयोजित गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौ,संघियता चाहीदैन ,कर बढाउन पाईदैन भन्ने मुल नारा सहीत सम्पन्न भएको बिरोध सभालाई सम्बोधन गर्दे नेता थापाले उक्त कुरा बताउनु भएको हो । नेपाल र नेपालीको इच्छा बिपरित जर्बजस्त लादिएको संघियताले देशको अर्थतन्त्र अस्तब्यस्त हुनुको साथै राष्ट्रियता समेत खतरामा पर्ने भएकोले संघियतालाई खारेज गर्नुपर्ने बताउनु भएको हो ।


साथै नेता थापाले तलबमा बस्ने तलबेहरुले जनतालाई दमन गर्न खोजे त्यो दुस्साहस हुने भन्दै जनतालाई आक्रोसित नबनाउन सम्बन्धीत निकायको ध्यानकार्षण गराउनु भयो । नेता थापाले सोमबारको शाक्तिपुर्ण मसाल जुलुसमा स्थानिय प्रशासनले जुलुसमाथी दमन गरेको र राजमो केन्द्रीय सल्लाहकार यमलाल पोख्रेललाई नियन्त्रणमा लिएको भन्दै उक्त कदमको बिरोध समेत गर्नु भयो । त्यस्तै नेता थापाले मनतब्य अबधिभर धेरै समय स्थानिय प्रशासनको चर्को आलोचना समेत गर्नभयो ।


संघिय ब्यबस्थामा बनेका सरकारका प्रतिनिधि पाल्न कर बृद्धि गरिएको,मुलुकमा संविधान कार्यान्वयनपछि पनि पछिल्लो समय बलत्कार,हत्या,हिंसा,भ्रष्टचार जस्ता बिकृति जन्य घटना बढ्दै जादा सरकारले शसक्त कदम चाल्न नसकेको र जनताका दैनिक सरोकार राख्ने बिषयमा समेत सरकारको ध्यानाकर्षण पुग्न नसकेको भन्दै सरकारलाई सचेत समेत गराउनु भयो ।

Image may contain: 7 people, including Mina Bc, people smiling, people standing and outdoor
कार्यक्रममा राजमो ५ नम्बर प्रदेश सदस्य शेरबहादरु बिसी,अनेम संघकी केन्द्रीय उपाध्यक्ष सकुन्तला राना,अनेकि संघका केन्दीय महासचिब कृष्ण केसी,राजमो सन्धिखर्क नगरका अध्यक्ष पशुपति ढकाल लगायतले मनतब्य राख्नु भएको हो । कार्यक्रम राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता उपाध्यक्ष गोपाल पौडेलको स्वागत मनतब्य र सचिब बाबुराम सुनारको सन्चालनमा सम्पन्न भएको हो ।

Image may contain: 4 people, people standing

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 4 people, including Thamman Kc, people sitting and outdoor

अर्घाखाँची युबा परीषदको आयोजनामा हिजो रोपाई जात्रा सम्पन्न

IMG_20180903_152647.jpg

श्याम घिमिरे भाद्र १९ अर्घाखाँची : श्रीकृष्ण जन्माष्ठमीको अबसरपारी अर्घाखाँची युबा परीषद चुत्राबेसीको आयोजनामा सोमबार जिल्ला सदरमुकाम सन्धिखर्कमा रोपाईजात्रा सम्पन्न गरीएको छ । प्रशिद्ध धार्मिक स्थल शिद्धेश्वर शिबालय मन्दीर भक्तिटोलबाट सुरुगरीएको रोपाई जात्रा चुत्राबेसीका बिभिन्न गल्दी र सन्धिखर्क बजार परीक्रमा गरी पुनः शिद्धेश्वर शिबालयमा आई समापन भएको हो । जात्रामा श्रदालु भक्तजनहरुको बाक्लो उपस्थीति रहेको थियो । यस्तै १०८ गणेश पाञ्चायङ् मन्दीर सनपा १ को आयोजनामा पनी रोपाईजात्रा निकालीएको थियो ।

समता स्कुलको अभिभाबक भेला सम्पन्न -शिक्षाको बिकाशनै राष्टको बिकास भएको नगरप्रमुख भुसालको भनाई

श्याम घिमिरे भाद्र १९ अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षा क्षेत्रको बिकासनै राष्ट्रको बिकास भएको बताउनु भएको छ । शिक्षा क्षेत्रमा आमुल परीबर्तनको आबश्यकता रहेको बताउदै प्रमुख भुसालले यसको उचीत ब्यबस्थापन गर्न राज्यले महत्वपुर्ण भुमिका निर्बाह गर्नुपर्ने बताउनु भएको हो । समता स्कुल सन्धिखर्क २ अर्घाखाँचीको अभिभाबक भेलाको सोमबार उद्घाटन गर्दै प्रमुख भुसालले शैक्षिक गुरणस्तर लाई उकास्ने गरि सरकारि तथा निजि बिधालयहरुले नाफा भन्दा सेवा मुलक काममा ध्यान दिन आग्रह गर्नु भयो ।

IMG_20180903_135631.jpg

उहाँले नगरपालिका भित्रका सबै बिधालयको आफुहरुले अनुगमन गरिरहेको भन्दै सरकारि बिद्यालय र निजि बिद्यालयहरुको मुल्याङ्कन गरेर शैक्षिक गुणस्तरमा बृद्धिगर्नका लागि नगरपालिकाबाट आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । भुसालले सरकारि बिद्यालयहरु पनि निजि बिद्यालय जस्तै अङग्रेजि माध्यमबाट पठनपाठन सुरु गरि बैज्ञानिक शिक्षालाई ध्यान दिएर अगाडि बढन आग्रह गर्दे बिद्यार्थीहरुलाई स्कुलमा मात्र नभई घरमा पनि अभिभावकले ध्यान दिएर बिद्यार्थीको गुणस्तरीयता मापन गर्नु पर्नेमा जोडदिनु भयो । नगरपालिकाले शैक्षिक क्षेत्रमा ठूलो लगानि गर्ने तैयारी गरेको खुलासा गर्दै नगरप्रमुख भुसालले पठनपाठनमा हेलचक्राई नगर्न शीक्षकहरुलाई समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा मनतब्य राख्दै नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले प्राबिधिक र व्यवहारिक शिक्षा अहिलेको मुख्य आबश्यताा भएको बताउनु भयो ।

IMG_20180903_135729.jpg

उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बिद्यालयहरुले शैक्षिक गुणस्तरलाई ध्यान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा सनपा १ र २ का वडाअध्क्ष युबराज बन्जाडे,मोतिजंग रायमाझी,स्कुलका केन्द्रीय डाईरेक्टर दिपक सन्जेल,प्रशासकिय प्रमुख शुर्दसन पौडेल,त्यस्तै सन्धिखर्क श्रोत ब्यक्ति युवराज भुसाल , पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी लेकाली,स्कुलका ब्यबस्थापक भेषबहादुर केसी,लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मन्जु आचार्यको अध्यक्षता शिक्षिका गरीमा बिसीको स्वागत मनतब्य र शिक्षिका पबित्रा खनालको सन्चालनमा सम्पन्न भएको हो । जिल्लामा २०७४ सालमा स्थापना गरीएको स्कुलमा हाल १ सय ५० जना बालबालीकाहरुले अध्ययन गरीरहेका छन । बिद्यालयले मासीक एकसय रुपैयाँमा बिद्यार्थीलाई पढाउदै आईरहेको छ । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधीकारीहरुलाई समेत सम्मान गरीएको थियो ।

राजमो अर्घाखाँची द्धारा मसाल जुलुस ,प्रहरी द्धारा हस्तक्षेप

श्याम घिमिरे भाद्र,१९ अर्घाखाँची :संघियताको खारेजि,करबृद्वि,बलात्कार र हत्या हिंसाको बिरोधमा राजमो अर्घाखाँची द्धारा सोमबार साँझ आयोजित मसाल जुलुसमा प्रहरीले बल प्रयोग गरी प्रर्दशनकारीलाई तितरबितर पारेको छ । प्रहरीको बल प्रयोगका बाबजुत पनी मसाल जुलुस सम्पन्न भएको राजमोले जनाएको छ । मसाल जुलसु पछी कोण सभालाई सम्बोधन गर्दे राजमोका जिल्ला अध्यक्ष थम्मन केसीले शान्तीपुर्ण आन्दोलनमा पुलिस प्रशासनले दमन गरेको भन्दै आपत्ती ब्यक्त गर्नु भएको हो । उहाँले नेपाली जनताका हक अधिकारलाई सरकारले कुन्ठीत गर्न खोजेको भन्दै आक्रोस समेत ब्यक्त गर्नुभयो । यसैबिच राजमोले मंगलबार सन्धिखर्कमा बिरोध सभा गर्ने समेत जनाएको छ ।