प्रेम नारायण आचार्य भाद्र १७ अर्घाखाँची :पाँच नम्वरकै प्रसिद्ध सुपा देउराली मन्दिरको आसापासको क्षेत्रलाइ मदिरा निशेधित क्षेत्र बनाइने भएको छ । नरपानी र सुपादेउराली क्षेत्रमा कसैले मदिरा बेचबिखन गरेमा तथा मदिरा खाएको भटिएमा कारबाही गरिने भएको छ । जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीमा आईतबार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले सुपा देउराली र नरपानी आसपासको क्षेत्र घुम्टि देखि सितापुरको् बुडिचौर सम्म मदिरा निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
सोमबार देखि लागु हुने गरि घुम्टि देखि बुडिचौर सम्मको क्षेत्रमा मदिरा विक्री वितरण गर्न तथा मदिरापान गर्न रोक लगाइएको हो । सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा सुपादेउराली पुजाको प्रसाद खान पुगेका कपिलवस्तु र सन्धिखर्कका युवाहरु विच शनिबार भएको भिडन्तमा ५ जना गम्भीर र अन्य सामान्य गरि १२ जना घाईते भएका थिए ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा बसेको सर्बदलिय बैठकमा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, शितगंगा नगरपालिकाका उपप्रमुख टीका रेश्मी, प्रहरी निरिक्षक खिम बहादुर घम, नेकपाका नेताहरु पिताम्बर भुसाल , जनार्दन खनाल नेपाली काङ्ग्रेसका सभापति बिष्णुप्रसाद खनाल (मुस्कान), केसब श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष गोपाल पौडेल, उद्योग बाणिज्य सघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसाल , नरपानीका वडा अध्यक्ष कृष्ण प्रसाद आचार्य, सुपा देउराली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पृतम थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसि, प्रदेस सदस्य प्रेम नारायण आचार्य, जिल्ला उपाध्यक्ष गणेश खनाल, अन्तर पार्टी महिला सञ्जालकी शुसिला गैरे लगायतका सरोकारवालाहरुको सर्बपक्षिय बैठकले मदिरा निषेधित क्षेत्र घोषणा गरेको हो ।