सन्धिखर्क एफएम भाद्र १७ अर्घाखाची
विवेकशील साझा पार्टीले नरपानी घटनाका दोशीलाई पहिचान गरी कडा कारवाही गर्न माग गरेको छ । अर्घाखाँची जिल्लाको पर्यटकीय स्थल नरपानीमा शनिवार भएको घटना समग्र जिल्लावासीको लागि दुखद रहेको भन्दै यस्तो घटनामा सहभागी सवैको पहिचान गरी कारवाहीको लागि पार्टीले माग गरेको हो ।
विवेकशील साझा पार्टीका नेता हरिप्रसाद भुसालले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विगतमा भएका घटनाका दोशीहरुलाई कारवाही नभएका कारण उस्तै घटनाको पुनरावृती भएको भन्दै दोशीलाई कारवाही गर्नुको साटो उम्काउने खेलमा लाग्नु कमजोरी रहेको उल्लेख गरेका छन् । साथै पार्टीले घुम्तीदेखी सितापुर सम्मको क्षेत्रमा गरिएको मदिरा निषेधको निर्णय स्वागतयोग्य रहेको भन्दै दोशीलाई कारवाही नहुँदासम्म मदिरा निषेध मात्रै समस्याको समाधान नहुने प्रष्ट पारेको हो ।
धार्मिक तथा पर्यटकीय क्षेत्रमा हुलदंगा मच्याउने, लडाई झगडा गर्नेलाई कारवाही नगरिए यस्ता घटना दोहोरीरहने र यस्ता घटना पटक पटक दोहोरिदा ऐतिहाँसिक महत्व बोकेको सुपा देउराली मन्दिर र नरपानीलाई मात्र नभई समग्र जिल्लालाई नै अतुलनिय क्षेती हुनेमा पार्टीले सरकोकारवाला सवैको ध्यानाकर्षण गराएको छ ।