एसिया कप छनोटमा नेपालको दोस्रो जित, सिंगापुर चार विकेटले पराजित

भदौ १७, २०७५ काठमाडौं : एसिया कप छनोटको चौथो खेलमा नेपालले जीत हासिल गरेको छ। आइतबार बिहान भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जीत हो। नेपालले शनिबार आयोजक मलेसियालाई १९ रनले पराजित गरेको थियो।

टस हारेर फिल्डिङ पाएको नेपालले सिंगापुरबाट १५२ रनको लक्ष्य पाएको थियो। जसलाई भेट्ने क्रममा नेपालका अनिलकुमार साहले ४३, दीपेन्द्र ऐरी ३३, उपकप्तान ज्ञानेन्द्र मल्ले २९, सुवास खकुरेलले १४, कप्तान पारस खड्काले ११, सागर पुनले १४ रनमा आउट भएका थिए। नेपालको पाँच विकेट पतन भएको थियो। जसमा अनन्त कृष्ण र सेलाडोर विजयकुमारले दुई दुई विकेट लिएका थिए।  कार्तिकेय सुवर्मन्यम, र शरन स्वामिनाथनले एक-एक विकेट लिएका थिए। मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा १५१ रनमा अलआउट भएको थियो।

सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेका थिए। सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हाबी भए। पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन।  त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो। सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन्। चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए। तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे।

अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो। एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए। उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो। नेपाली बलरसँग संघर्षगरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले। बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिएका थिए।
source:thahakhabar.com

Advertisement

रेन्बो मन्टेश्वरी जोन द्धारा कृष्ण जन्माष्टमीको अवसरमा विरामीहरुलाई फलफुल वितरण

FB_IMG_1535900644029सन्धिखर्क एफएम,भाद्र १७ अर्घाखाँची

सन्धिखर्कमा रहेको रेन्बो मन्टेश्वरी जोनले कृष्ण जन्माष्टमीको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका विरामीहरुलाई आईतबार फलफुल वितरण गरेको छ । जिल्ला अस्पतालमा रहेका करीव ४ दर्जन विरामीहरुलाई फलफुल वितरण गरिएको जोनका प्रिन्सिपल कृष्ण हमालले जानकारी दिनुभयो । हमालका अनुसार फलफुल वितरण कार्यक्रममा जोनका प्रबन्धक रमेश चुदाली, अस्पतालका डा सन्तोष न्यौपाने, डा. उमेश जयसवाल सहित विद्यालयका शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।

डिभर्नामा आइतबार कृष्ण पुजा गरीयो, सोमबार कलस र रथ यात्रा हुने

बिक्रम पाण्डे भाद्र १७ अर्घाखाँची
श्रीकृष्णजन्माष्ठमीको अबसर पारी विगतको वर्ष जस्तै यस वर्ष पनि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १२ झेडी स्थित राधा कृष्ण मन्दिरमा आईतबार कृष्ण पुजा गरीएको छ । त्यस्तै सोमबार श्रीकृष्णजन्माष्ठमीको अबसर पारी राधा कृष्ण मन्दिर समिति तथा श्री सिद्देश्वर गुफा डिभर्नाको आयोजनमा कलस , रथ यात्रा एव रोपाई जात्रा हुने भएको छ । जात्रामा सहभागी हुन सम्पुर्ण श्रदालु भक्तजन ,आमा समूह , महिला समूह ,क्लव , एवं संघ सस्था तथा जनसमुदायहरुलाई आह्वान गरीएको छ ।

कलस यात्रा रथ यात्रा तथा रोपाई जात्रा भाद्र १८ गते बिहान ११ बजे देखि सुरु हुने बताईएको छ । यस्तै सोेमबारनै अर्घाखाँची युबा परीषद चुत्राबेसीको आयोजनामा रोपाई जात्रा निकालीने आयोजकले जनाएको छ । सोमबार बिहान ठिक ११ बजे शिद्धेश्वर शिबालय मन्दीर भक्तिटोलबाट रोपाई जात्रा निकाली बजार परीक्रमा गरीने आयोजकले जनाएको छ ।

नरपानी घटनाका दोशीलाई कडा कारवाही गर्न विवेकशील साझाको माग

सन्धिखर्क एफएम भाद्र १७ अर्घाखाची

विवेकशील साझा पार्टीले नरपानी घटनाका दोशीलाई पहिचान गरी कडा कारवाही गर्न माग गरेको छ । अर्घाखाँची जिल्लाको पर्यटकीय स्थल नरपानीमा शनिवार भएको घटना समग्र जिल्लावासीको लागि दुखद रहेको भन्दै यस्तो घटनामा सहभागी सवैको पहिचान गरी कारवाहीको लागि पार्टीले माग गरेको हो ।

विवेकशील साझा पार्टीका नेता हरिप्रसाद भुसालले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै विगतमा भएका घटनाका दोशीहरुलाई कारवाही नभएका कारण उस्तै घटनाको पुनरावृती भएको भन्दै दोशीलाई कारवाही गर्नुको साटो उम्काउने खेलमा लाग्नु कमजोरी रहेको उल्लेख गरेका छन् । साथै पार्टीले घुम्तीदेखी सितापुर सम्मको क्षेत्रमा गरिएको मदिरा निषेधको निर्णय स्वागतयोग्य रहेको भन्दै दोशीलाई कारवाही नहुँदासम्म मदिरा निषेध मात्रै समस्याको समाधान नहुने प्रष्ट पारेको हो ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा हुलदंगा मच्याउने, लडाई झगडा गर्नेलाई कारवाही नगरिए यस्ता घटना दोहोरीरहने र यस्ता घटना पटक पटक दोहोरिदा ऐतिहाँसिक महत्व बोकेको सुपा देउराली मन्दिर र नरपानीलाई मात्र नभई समग्र जिल्लालाई नै अतुलनिय क्षेती हुनेमा पार्टीले सरकोकारवाला सवैको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सन्धिखर्कमा बिरोध पर्दशन गर्ने

FB_IMG_1535900567587गोपाल प्रसाद भट्टराई भाद्र १७ अर्घाखाँची

संघियता खारेजि नभए मुलुक अप्ठ्यारोमा पर्ने निष्कर्ष सहित राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमबार र मंगलबार सन्धिखर्कमा बिरोध प्रर्दशन गर्ने भएको छ । नेपाल र नेपालीको इच्छा बिपरित जर्बजस्त लादिएको संघिय ब्यबस्थाले देशको अर्थतनन्त्र अस्तब्यस्त हुनुको साथै राष्ट्रियता समेत खतरामा पर्दै गएको हुनाले संघियता खारेजिको माग गर्दै बिरोध गर्न लागेको राजमो अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।

राजमो जिल्ला सचिवालय समितिको सन्धिखर्कमा सम्पन्न बैठकले संघिय ब्यबस्थामा बनेका सरकारका प्रतिनिधि पाल्न कर बृद्धि गरिएको,मुलुकमा संविधान कार्यान्वयनपछि पनि पछिल्लो समय बलत्कार,हत्या,हिंसा,भ्रष्टचार जस्ता बिकृति जन्य घटना बढ्दै जादा सरकारले शसक्त कदम चाल्न नसकेको र जनताका दैनिक सरोकार राख्ने बिषयमा सरोकारवालाले सहज सेवा दिनुपर्ने निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउन सोमबार मसाल जुलुस र मंगलबार बिरोध सभाको आयोजना गरिएको अध्यक्ष केसीले बताउनु भयो ।