नेपाली काङ्ग्रेस सन्धिखर्क १२ को आयोजनामा डिभनार्को झेडीमा तीज गीत प्रतियोगिता सम्पन्न

सन्धिखर्क एफएम भाद्र १६ अर्घाखाँची : नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा सनिबार डिभर्ना झेडीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । १० समूह सहभागी रहेको प्रतियोगितामा परालीखर्क सास्कृतिक समूह परालीखर्क प्रथम , रानी टोला महिला समूह रानीटोला द्वितीय , लुम्बिनी महिला बिकास समूह कल्लाबोट तृतीय र कोलमाथीको महिला समूह सान्त्वना भएका छन पुरस्कृत हुने समूह प्रथम ,द्वितीय , तृतीय , सान्त्वनाहरुलाई क्रमस ७००० , ५००० , ३००० र २००० नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।

कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु खनाम मुस्कानको प्रमुख आतिथ्य्ता , त्यस्तै सन्धिखर्क नगरपाली प्रमुख कमल प्रसाद भुसाल , छत्रदेव गाउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल लागायतको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम नेपाली काङ्ग्रेस सन्धिखर्क नगरपालिका १२ का वडा सभापति लिलाधर बस्यालको सभापतित्व , तारा बस्यालको मन्तब्य एवं पहिलो सत्रको कार्यक्रम हरी बहादुर खड्का र दोर्सो सत्रको कार्यक्रमको सन्चालन बिक्रम पाण्डे समान्ताको सन्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

हरी तालीका तिजको अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा सन्धिखर्कमा तिज बिशेष कार्यक्रम सम्पन्न

श्याम घिमिरे भाद्र१६ अर्घाखाँची

हरी तालीका तिज २०७५ को अबसरमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क २ को महिला बिकास उपसमितिको आयोजनामा संस्थाको बार्षीक कार्यक्रम अनुसार आज तिज बिशेष दर खाने कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।

लोक संस्कृतिको जगेर्नागर्ने , एक आपसमा एकता सद्भाब र रमाईलो गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरीएको संस्थाका कार्यकारी प्रमुख तुल्सीराम खनालले बताउनु भयो । संस्थाका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठानका जिल्ला अध्यक्ष एवं पत्रकार सहयोगी बिसी लगायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा मनतब्य राख्दै संस्थाका अध्यक्ष बन्जाडेले सबैको सहयोग र एकताले सहकारीलाई यहाँसम्म ल्याउन सफल भएको भन्दै सबैमा बधाई तथा शुभकामना ब्यक्त समेत प्रदान गर्नुभएको हो । कार्यक्रम महिला बिकास उपसमितिका अध्यक्ष राधा खत्रीको अध्यक्षता बसन्ता पौडेलको स्वागत मनतब्य र माधवा भुसालको सन्चालनमा सम्पन्न भएको हो । २०६८ सालमा स्थापना भएको संस्थामा हाल करीब सातसय शेयर सदस्य रहेका छन ।

अर्घाखाँचीमा दोस्रो APL क्रिकेट टुर्नामेन्ट हुने

श्याम घिमिरे,भाद्र १६अर्घाखाँची
अर्घाखाँची जिल्लाको इतिहाँसमै पहिलोपटक सर्वाधीक पुरस्कार राशीको टि ट्वायन्टी क्रिकेट टुनामेन्ट आयोजना गरिने भएको छ । स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ स्थापीत अर्घाखाँची सामुदायीक बिकास क्लबको मातहतमा संन्चालीत अर्घाखाँची क्रिकेट एकेडेमीको आयोजनामा आगामी २०७५ असौज १२ गते सुक्रबार देखी सन्धिखर्कको टुडीखेल मैदानमा दोस्रो अर्घाखाँची प्रिमियर लिग APl क्रिकेट टुर्नामेन्ट प्रतियोगीता सन्चालन हुने भएको छ ।


खेलको तयारीको बारेमा जानकारी गराउने उद्धेश्यले सन्धिखर्कमा सनिबार पत्रकार सम्मेलन गरीएको हो । पत्रकार सम्मेलनमा मनतब्य राख्दै संस्थाका अध्यक्ष रिषीकेश भट्टराईले जिल्लामा क्रिकेट खेलको बिकास गर्न , खेलकुदको माध्यमबाट ब्यक्तिको सर्बाङगीण बिकासमा महत्वपूर्ण भूमिका खेल्नको साथै अर्घाखाँची जिल्ला र देशलाई अन्तराष्ट्रीय स्तरमा समेत चिनाउन सकिने भन्दै खेलकुद क्षेत्रलाई अझबढी बिकसीत गरी अगाडी बढाउने आफ्नो संस्थाको मुख्य उद्धेश्य रहेको जानकारी दिनु भयो । यस्ता प्रकारका खेलकुद कार्यलाई सबैले सहयोग र समर्थन गर्न भट्टराईले पत्रकारहरु संग आग्रह पनी गर्नु भएको थियो ।


कुल ४ टिमको सहभागीता रहने प्रतियोगीताको बिजेतालाई रु १ लाख ५ हजार र उप बिजेतालाई ५५ हजार नगद सहित ट्रफि प्रमाण पत्र र मेडल को ब्यबस्था गरीएको भट्टराईले जानकारी दिनु भयोे । खेलमा बिभिन्न १३ वटा बिधाहरुमा आर्कषक पुरस्कार,सिल्ड,मेडल र प्रमाणपत्रकोे ब्यबस्था पनी गरीएको अध्यक्ष भट्टराईले बताउनु भयो ।