बालिकाको हत्यारालाई कारवाहीकोे माग गर्दै महोत्तरीको गौशाला बजार बन्द

भदौ १५, २०७५ शुक्रवार महोत्तरी – आठ महिने बालिकाको हत्याराकोे कारवाहीकोे माग गर्दै शुक्रबार महोत्तरीको गौशाला बजार बन्द गरिएको छ । स्थानीय गौशाला सामुदायिक युवा क्लबले हत्याराको पक्राउ गरि कारवाही गर्न माग गर्दै एकदिनको लागि बजार बन्द गराएको हो ।

औरही नगरपालिका १ की ८ महिने बालिका सोनाली चौधरीको हत्या भए पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै शुक्रबार एक दिनको लागि बजार बन्द गरिएको क्लबका अध्यक्ष विटुप्रसाद साहले जानकारी दिनुभयो । 

अध्यक्ष साहका अनुसार शुक्रबार साँझ बालिकाको सम्झनामा गौशाला बजारमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाएको छ । शुक्रबार पनि स्थानीयले औरही बजार बन्द गरेका छन् भने वर्दिवास जलेश्वर सडकखण्डमा सवारीसधान अवरुद्ध भएको छ । विहीबार नेपाल विद्यार्थी संघका पदाधिकारी र स्थानियहरुले जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

गएको आइतबार पसलमा ग्राहकको रुपमा आएका भंगहा ७ का २५ वर्षीय भरत साहले स्थानीय सिद्धान्त फेन्सी स्टोर्सका संचालक सन्तोष चौधरीकी ८ महिने छोरी सोनाली चौधरीलाई अपहरण गरि हत्या गरेको प्रहरीले पुष्टि गरेको थियो । बालिकाको शव सोमबार दिउँसोको समयमा चौरमा फेला परेको थियो ।

source:ujyaaloonlinekhabar

जिल्ला प्रशासन कार्यालय अर्घाखाँची द्धारा सरकारी कार्यालयहरूको छड्के अनुगमन ।

श्याम घिमिरे भाद्र १३ अर्घाखाँची
बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका २२ वटा सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेको छ । यसरी अनुगमन गरीएका सरकारी कार्यालयमा जिल्ला समन्वय समितिको कार्यालय, सन्धिखर्क नगरपालिकाको कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, साविक जिल्ला वन कार्यालय, साविक जिल्ला पशु सेबा कार्यालय, जिल्ला प्राविधिक कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विशेष नापी कार्यालय, सालझण्डि–ढोरपाटन सडक आयोजनाको कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको हो ।

त्यस्तै साविक कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, घरेलु तथा साना उद्योग समितिको कार्यालय, जिल्ला हुलाक कार्यालय, सिंचाई विकास डिभिजन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, नेपाल विद्युत प्राधिकरणको कार्यालय, नेपाल टेलिकम, जिल्ला निर्वाचन कार्यालय र जिल्ला आयुर्वेद कार्यालयको छड्के अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले गरेको आकस्मिक छड्के अनुगमनमा विभिन्न कार्यालयका ४७ जना कर्मचारीहरू विदा स्वीकृत नगरी अनुपस्थित रहेको पाईएको जनाईएको छ । त्यस्तै १ जना कर्मचारी निर्धारित पोशाकमा नभएको पाईएकोले कारवाहिका लागी आवश्यक कदम चालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसैबिच निज कर्मचारीहरूलाई निजामती सेवा ऐन,२०४९ को दफा ४१ विपरित भएको पाईएकोले आवश्यक छानविन गरी नियमानुसार कारवाही गर्न र सो को जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउन निर्देशन समेत दिइएको जनाईएको छ ।

अखिल छैठौं अर्घाखाँचीले सांगठनिक अभियानलाई तिब्र पार्यो

श्याम घिमिरे भाद्र १४ अर्घाखाँची : आसन्न असौजको पहिलो हप्ता जिल्ला र अन्तिम हप्ता हुने राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको अखिल छैठौं अर्घाखाँचीले आज जनप्रिय मावि,बाल शिक्षा आधारभुत विद्यालय असुरकोट र शान्ति मा.वि.खिल्जीमा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

भेलामा छैठौंका जिल्ला उपाध्यक्ष बिष्णु के.सी.,सह–सचिव सन्देश खनाल र सदस्य आकाश भाटले समाजमा घटिरहेका बलत्कार,हत्या,लैङ्गिक हिंसा तथा सामाजिक कु प्रथा बिरुद्ध सचेतना मुलक मन्तव्य राख्दै सामाजिक बिकृतिका बिरुद्ध युवा बिद्यार्थीहरु एक हुनुपर्ने बताउनुभएको छ ।

भेलाले निमकला रानाको अध्यक्षतामा ७१ सदस्यिय अखिल छैठौं जनप्रिय मा.वि.मुल इकाइ समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा सरोज घ.म.,सचिव सम्झना पुलामी,सह–सचिव ब्रमाण्ड श्रेष्ठ र कोषाध्यक्षमा सरिता श्रेष्ठ निर्बाचित हुनुभएको छ भने आशिष थापा,सन्दिप बन्जाडे,राजेश के.सी. र सन्दिप श्रेष्ठ सचिवालय सदस्यमा चयन हुनुभएको छ ।यस्तै भेलाले सन्दिप पोख्रेलको अध्यक्षतामा ९१ सदस्यिय अखिल छैठौं शान्ति मा.वि.खिल्जी मुल इकाइ समितिको पनि गठन गरेको छ ।

जसको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः बिपना वेल्वासे,सपना पोख्रेल,सविता थापा र रन्जित दमासे चयन हुनुभएको छ ।अखिल छैठौं अर्घाखाँचीले यहि असौज ५ र ६ गते सन्धिखर्कमा २४ औं जिल्ला सम्मेलन गर्न लागेको छैठौंका जिल्ला सह–सचिव सन्देश खनालले जानकारी दिनुभएको छ ।

मालारानी ७ हंसपुरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

गोपाल प्रसाद भट्टराई भाद्र१४ अर्घाखाँची : मालारानी ७ हंसपुरमा राष्ट्रिय जनमोर्चाले आज वार्ड स्तरिय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।रेसम खत्रीको अध्यक्षता र धर्म खनालको संचालनमा सम्पन्न भएको बिशेष भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य डिल बहादुर खत्री र खिमानन्द मरासिनिले सहजीकरण गर्दै पटक–पटक भएका निर्बाचनमा नेपाली जनता झुक्कीएकै कारण जुनसुकै सरकार आएपनि देश र जनताको अवस्था सुधार हुन नसकेको बताउनुभएको छ ।

मुलुकमा संविधान कार्यान्वयनका निम्ती संघियता बाधक बनेको भन्दै उहांहरुले देशको राष्ट्रियता अब्बल राख्न जनताले अब त्यस्तो गल्ती दोहोराउन नहुने जिकिर गर्नुभएको छ । वडा स्थित राजमोका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न भेलाले रेसम खत्रीको अध्यक्षतामा ११ सदस्यिय हंसपुर वडा समितिको गठन गरेको छ ।जसको उपाध्यक्षमा मान बहादुर खनाल,सचिव सावित्रा खनाल,सह–सचिव लक्ष्मी खनाल र कोषाध्यक्षमा नेत्र खत्री चयन हुनुभएको छ ।नवगठित समितिको सदस्यहरुमा सिता खड्का,सिता खत्री,शान्ता थापा,उजेला खनाल लगायत रहनुभएको  थियो।

मालारानी गाउँपालिका प्रबक्तालाई मातृशोक

Image may contain: 10 people, outdoor

नबिन केसी भाद्र१४ अर्घाखाँची :मालारानी गाउँपालिकाका प्रबक्ता तथा वडा नम्वर १ का वडा अध्यक्ष बालकृष्ण आचार्यलाई मातृशोक परेको छ । आचार्यकी माता साबित्रा आचार्यको बुधबार राती ११ बजे १०३ बर्षको उमेरमा निधन भएको छ । साबित्रा आचार्यको निधनले पालिका शोक मन्न भएको भन्दै गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले शोक बक्तव्य जारी गर्दै दिबंगत साबित्रा आचार्यप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबारजनप्रति गहिरो सम्बेदना प्रकट गर्नु भएको छ ।