गोपाल प्रसाद भट्टराई भाद्र१४ अर्घाखाँची : मालारानी ७ हंसपुरमा राष्ट्रिय जनमोर्चाले आज वार्ड स्तरिय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।रेसम खत्रीको अध्यक्षता र धर्म खनालको संचालनमा सम्पन्न भएको बिशेष भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य डिल बहादुर खत्री र खिमानन्द मरासिनिले सहजीकरण गर्दै पटक–पटक भएका निर्बाचनमा नेपाली जनता झुक्कीएकै कारण जुनसुकै सरकार आएपनि देश र जनताको अवस्था सुधार हुन नसकेको बताउनुभएको छ ।
मुलुकमा संविधान कार्यान्वयनका निम्ती संघियता बाधक बनेको भन्दै उहांहरुले देशको राष्ट्रियता अब्बल राख्न जनताले अब त्यस्तो गल्ती दोहोराउन नहुने जिकिर गर्नुभएको छ । वडा स्थित राजमोका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न भेलाले रेसम खत्रीको अध्यक्षतामा ११ सदस्यिय हंसपुर वडा समितिको गठन गरेको छ ।जसको उपाध्यक्षमा मान बहादुर खनाल,सचिव सावित्रा खनाल,सह–सचिव लक्ष्मी खनाल र कोषाध्यक्षमा नेत्र खत्री चयन हुनुभएको छ ।नवगठित समितिको सदस्यहरुमा सिता खड्का,सिता खत्री,शान्ता थापा,उजेला खनाल लगायत रहनुभएको थियो।