नबिन केसी भाद्र१४ अर्घाखाँची :मालारानी गाउँपालिकाका प्रबक्ता तथा वडा नम्वर १ का वडा अध्यक्ष बालकृष्ण आचार्यलाई मातृशोक परेको छ । आचार्यकी माता साबित्रा आचार्यको बुधबार राती ११ बजे १०३ बर्षको उमेरमा निधन भएको छ । साबित्रा आचार्यको निधनले पालिका शोक मन्न भएको भन्दै गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले शोक बक्तव्य जारी गर्दै दिबंगत साबित्रा आचार्यप्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिबारजनप्रति गहिरो सम्बेदना प्रकट गर्नु भएको छ ।