पालिका केन्द्र खनदहबजारमै हुने पर्ने भन्दै बाजारबासी आन्दोलित

नबिन के.सी,भाद्र १४ रेडियो मालारानी अर्घाखाँची
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको केन्द्र दह बजारमा नै राख्नु पर्ने माग गर्दे खनदहबजार बासी आन्दोलमा उत्रिएका छन । आज खनदहबजार बन्द गरि पालिका कार्यालयमा कालो झण्डा राखी आन्दोलनन गरेका छन । भने पालिका अध्यक्ष तथा उपाध्यक्षको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए । बजार बासीहरुले ईश्वरी खनाल र शोभाखर खनाल संयोजक रहेको संघर्ष समिति गठन गरेका छन ।

समितिका अध्यक्ष ईश्वरी खनालले पालिकाको केन्द्र खनदहमानै राख्नु पर्ने जनताको माग रहेको बताए । । ‘ जनप्रतिनिधीले जे भन्यो जनताले त्यो मान्न पर्दछ भन्ने छैन । केन्द्र खनदहबजारमै हुनु पर्दछ ’ । नेपालि काग्रेसका पालिका संयोजक तथा संघर्ष समितिका समेत संयोजक शोभाखर खनालले पालिका केन्द्र बजारमै राख्नु पर्ने बताए । ‘ एक राते भन्दा ढुङ्गाडे बजार केन्द्र राख्ने हिसबाले उपयुक्त छ ।

यसमा राजनैतिक भन्दा पनि बजार बासीको आबाजलाई बोकेर आन्दोलन गरेका छौ । ’ पालिकाको बुधबार बसेको गाउँ सभाको बैठकले पालिका केन्द्र राख्ने बिषयमा सहमति नभई सकेपछि बहुमतको आधारमा एक राते पालिका केन्द्र तोकिएको छ । लामो समय सम्म पनि सहमति हुन नसकेपछि प्रक्रियाबाट केन्द्रको तोकिएको पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले बताए । ‘ मैले एक रातेमा र ढुङ्गाडे मध्येका एक स्थानमा सभाहल र कार्यालय राख्ने प्रस्ताब गरेको थिए ।

तर गाउँ सभाका सदस्यहरुको बहुमतले त्यसलाई नमाने पछि प्रक्रियामा गएर टुङ्गो लगाईएको छ । ’ आन्दोलनका कार्यक्रम घोषणा भए संगै खनदहमा रहेको आर्दश मा.बि समेत बन्द भएको छ । मालारानी गाउँपालिका शिक्षा शाखा प्रमुख रमेश पन्थीले स्थलगत निरिक्षण गर्दा बिद्यालयमा ताला लगाएको भेटिएको बताए । ‘ शिक्षण संस्था बन्द रहेको भन्ने सुनेर आर्दशमाबिमा पुग्दा शिक्षक बिद्यार्थी नभएको भेटिएको र बिद्यालय व्यबस्थापन समितीका अध्यक्ष लाई बिद्यालय खोलन निर्देशन दिएको छु । र आन्दोलमा बिद्यालय बन्द नगर्न आन्दोलनरत पक्षलाई आग्रह समेत गरेको छु । ’

अहिले पालिका केन्द्र राख्ने भनिएको एक राते र ढुङ्गाडे भन्ने स्थान १.५ किलोमिटरको दुरीको फरकमा रहेको छ । केन्द्र ढुङ्गाडेहुनु पर्नेमा १२ मत र एकराते हुनु पर्दछ भन्नेमा २३ मत रहेको पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन । ‘पालिका केन्द्र कता राख्ने भन्ने पक्ष बिपक्षमा हात उठाउँदा बहुमत एक रातेको पक्षमा भयो । म , अध्यक्ष ,वडा न ३ र ७ को अध्यक्ष तटस्थ बस्यौ । ’पालिकाको केन्द्र उपयुक्त स्थानमा तय भएको वडा नम्वर ५ का वडा अध्यक्ष शोभाखर भुसालले बताए ।पालिका केन्द्र गाउँपालिकाको बिच भागमा राख्नु पर्ने भएकाले अहिले राखिएको केन्द्र उपयुक्त रहेका बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.