सवारी चेक जाँच लाई तिब्रता दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँची ।

लक्ष्मण घिमिरे, ११ भाद्र   अर्घाखाँची
सवारी चेक जाँच  लाई तिब्रता दिदै जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सडकमा  राखिएका निर्माण सामग्री हटाउने भएको छ । जथाभावी सडकमा राखिएका निर्माण सामग्रीले सवारि आवागमनमा कठिनाई भएपछी सडकमा राखिएका निर्माण सामग्री हटाउने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रिका चौधरीले जानकारी दिनुभयो । 
त्यस्तै जिल्लाको सडकमा रहेका घुम्तीहरुमा ऐना राख्ने , खालटाखुल्टी पुर्ने र आवश्यक स्थानमा सिसिटिभी क्यामेरा जडान गरिने भएको छ । जिल्ला भित्र रहेका सबै ट्याक्सीहरुमा १ महिना भित्र अनिवार्य रुपमा मिटर जडान गर्नुपर्ने पनी जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सन्धिखर्कको बजार एरियामा मालवाहक ट्रकहरुलाई बिहान ९ बजेदेखी साढे १० र दिउँसो साढे तिनदेखी ५ बजेसम्म निषेध गरिनेछ । 

त्यस्तै मिडियाचोकको बाटोलाई वन वे बनाईएको छ । अब शान्ती बगैंचाबाट बसपार्क जाने गाडी मिडियाचोक हुँदै जानुपर्नेछ भने फर्कदा बैंकरोड हुँदै शान्ती बगैंचा जानु पर्नेछ । मेलापर्व नजिकिएको र अव्यवस्थित यातायातले दुर्घटनाको खतरा भएकाले व्यवस्थित गर्न लागीएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.