पाणिनी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउने

भदौ ११ काठमाण्डौ 

 मध्यपश्चिम विश्वविद्यालयले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएको छ । विश्वविद्यालयको आइतबार काठमाडौंमा सम्पन्न आठौं साधारण सभा ९सिनेट बैठक० ले १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । 

विश्वविद्यालयले सुर्खेतको गुर्भाकाटको बहुमुखी क्याम्पस सुर्खेत, चामुण्डा क्याम्पस र कोटदेवल जनआदर्श क्याम्पस दैलेख, सिंजा बहुमुखी क्याम्पस जुम्ला, रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँची, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायणप्रसाद रामापुर क्याम्पस रुपन्देही, शितल बहुमुखी क्याम्पस चौरजहारी,रुकुम तथा चतुर्वेद हिरापूर्ण क्याम्पस मुगुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो । 

विश्वविद्यालयका रजिष्ट्रार डा। महेन्द्रकुमार मल्लले  आइतबारको बैठकले नीति तथा कार्यक्रम पनि पारित गरेको जानकारी दिनुभयो । नीति तथा कार्यक्रममा विशेष गरी संंकायको विस्तार गर्ने र यो वर्षदेखि कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको उहाँले बताउनुभयो । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट ल्याएको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.